बिज्ञान प्रबिधि

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीको अध्यक्षमा पुन: सुरेन्द्र ज्ञवाली

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीको अध्यक्षमा पुन: सुरेन्द्र ज्ञवाली

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघ प्रदेश समन्वय समिति, लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनबाट सुरेन्द्र ज्ञवालीको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित भएका छन। शनिबार बुटवलमा भएको अधिवेसनबाट महासंघको उपाध्यक्ष भुन बहादुर कुवर मगर, सचिव काशीराम पोखरेल, कोषाध्यक्ष अग्नी कुमार अग्रहरी तथा सदस्यहरुमा मदन कृष्ण आचार्य, सन्दिप ढुगाना सर्वसम्मत निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत ओम बहादुर बस्नेत छन।कार्यक्रमको एक समारोहका बिच नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजेश कुमार अग्रवालले उद्घाटन गर्दै सागठनिक रुपमा सबल बनाउने र प्रदेश संरचनालाई स्वयक्त बनाउने गरि विधान संसोधनको प्रक्रियामा रहेको बताए। संघको आवश्यकता किन छ भन्ने बुझाउदै बढिभन्दा बढि जिल्लालाई समेट्न उनले आग्रह गरे।कार्यक्रममा केन्द्रिय महासचिव सुबेन्द्र जोशी...
भ्रम फैलाउने फेसबुक पेजमाथि कडाइ, नागरिक कति सचेत र मिडिया कति जिम्मेवार ?

भ्रम फैलाउने फेसबुक पेजमाथि कडाइ, नागरिक कति सचेत र मिडिया कति जिम्मेवार ?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँसामाजिक सञ्जाल र केही डिजिटल सञ्चारमाध्यमले धार्मिक-सामाजिक सद्भाव भड्काउने तथा त्रास फैलाउने भ्रामक सामग्री सम्प्रेषण गरेपछि प्रेस काउन्सिल नेपालले कारबाही थालेको छ । अफवाह फैलाएर समाजलाई थप उत्तेजित बनाउने अनलाइन पोर्टल र सामाजिक सञ्जालका पेजहरूमाथि निगरानी बढाउँदै काउन्सिलले अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचारसमेत गरेको छ । काउन्सिलले हालै सार्वजनिक गरेको मिडिया अनुगमन विवरणअनुसार सामाजिक सद्भाव बिथोल्ने खालका सामग्री प्रकाशन तथा प्रसारण गर्ने ११ वटा मिडियाका १४ वटा आपत्तिजनक सामग्री तत्काल हटाउन निर्देशन दिइएको थियो । काउन्सिलको कडा निर्देशनपछि तीमध्ये १० वटा सञ्चारमाध्यमले आफ्ना विवादास्पद सामग्री हटाएका छन् । तर, ‘एचटीपी खबर’ नामक अनलाइनले भने नियामक निकायको निर्देशनलाई अटेर गर्दै सामग्री नहटाएपछि थप कारबाहीको प्रक्रिया अघि बढाइएको काउन्...
लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेश प्रहरीले सार्वजनिक गरेको बार्षिक कार्य प्रगतिमा संसाधनको बृद्धिले सडकमा हुने घटना, दुर्घटनाको अभिलेख राख्न र कामकारवाही अंगाडी वढाउन सहयोग पुगेको वताएको छ ।लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरूमा गत एक वर्षको अवधिमा भएका सवारी दुर्घटनामा परी ५ सय ८५ जनाले ज्यान गुमाएका छन्। नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रूपन्देहीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति विवरण अनुसार प्रदेशभर कुल ४हजार ७ सय ९७ वटा सवारी दुर्घटना भएका छन्। कार्यालयले आयोजना गरेको सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार सवारी दुर्घटना, मृत्यु तथा घाइते हुनेहरूमा पुरुषको संख्या अत्यधिक रहेको छ भने दुर्घटनामा संलग्न सवारी साधनहरूमध्ये मोटरसाइकलको हिस्सा सबैभन्दा धेरै देखिएको छ। रिपोर्ट अनुसार कुल दुर्घटनामध्ये ६८ दशमलव ७ प्रतिश...
निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनिर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७० प्रतिशत रहेको छ। सुरुङभित्र गर्नुपर्ने निर्माण र फिनिरसिङ्गको काम सकेर आगामी कात्तिक मसान्तसम्म सवारी संचालन गर्ने तयारी आयोजनाले गरेको छ । आयोजनाकी इन्जिनियर निशा बेल्वासेका अनुसार अहिले निर्माणको काम तीव्र बनाएर आउने कात्तिक मसान्तसम्म सवारी संचालन गर्ने तयारी छ ।आयोजनाले असोज मसान्तभित्रै सवारी संचालन गर्ने गरी काम गरिरहेको थियो । तर, मौसमका कारण निर्माण सामाग्री केरुङ्ग नाकामा रोकिंदा कामले गति लिन नसक्दा एक महिना थप गरी कात्तिक मसान्तभित्र सञ्चालनको तयारी गरिएको बेल्वासेले जानकारी दिइन् ।पाँच वर्षमा निर्माण सक्नेगरी सिद्धार्थ राजमार्गको तानसेन बुटवल खण्डको दोभान सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग निर्माण सुरु भएको थियो । ...
सरकारको दाबी: अवैधानिक कारोबारमा प्रयोग हुने २ लाख बढी वेबसाइट र एप बन्द

सरकारको दाबी: अवैधानिक कारोबारमा प्रयोग हुने २ लाख बढी वेबसाइट र एप बन्द

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा प्रयोग हुने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द गरेको जनाएको छ । सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) नियन्त्रणलाई प्राथमिकतामा राखेको थियो । कार्यसूचीको ४२औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसँग सम्बन्धित एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो ।सोही निर्णयअनुसार त्यसबेला नेपालमा सञ्चालनमा रहेका सट्टेबाजी वेबसाइट बन्द गरिएका थिए । तर, ती वेबसाइट बन्द भए पनि नयाँ नाम र नयाँ ठेगानामा फेरि सञ्चालनमा आउने क्रम भने रोकिएको थिएन ।प्राधिकरणका अनुसार यो वर्षको फिफा विश्वकप सुरु भएयता मात्रै दुई लाख २३ हजार ५६८ वटा यस्ता एप र वेबसाइट बन्द गरिएका छन् ।विश्वकपका बेला अनलाइन बेटिङको प्रयोग बढ...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको छ। नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत पहिलोपटक नियमित कार्गो रेल सेवा सुरु भएसँगै पूर्वी नेपालका उद्योगी–व्यवसायीले ढुवानी समय र लागत दुवै घट्ने अपेक्षा गरेका छन्।गत शुक्रबार कोलकाता बन्दरगाहबाट छुटेको औद्योगिक कच्चा पदार्थ बोकेको कार्गो रेल सोमबार दिउँसो विराटनगरस्थित भन्सार यार्डमा आइपुगेको हो। पहिलो खेपमा मोरङ–सुनसरी औद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ल्याइएको छ।यसअघि तेस्रो मुलुकबाट आउने सामान भारतको बथनाहासम्म रेल र त्यसपछि सडकमार्फत नेपाल ल्याउनुपर्ने बाध्यता थियो। अब भने रेल नै सिधै विराटनगरको भन्सार यार्डसम्म आइपुग्न थालेपछि ढुवानी प्रक्रिया थप सहज बनेको छ। कार्गो रेल सेवाको औपचारिक शुभारम्भ...
बुटवल कोरा २६ को ५ देखी ६० वर्षसम्मका साईकल राईडर सहभागी प्रतियोगिता सम्पन्न

बुटवल कोरा २६ को ५ देखी ६० वर्षसम्मका साईकल राईडर सहभागी प्रतियोगिता सम्पन्न

Breaking news 3, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलमणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लब र बुटवल साईक्लिङ ग्रुपको आयोजनामा भएको साईकल रयालीमा ५ वर्षका दुई बालकदेखी ६० वर्षसम्मको दुई दर्जन साईकल राईडरहरु सहभागी भएका थिए । मणिमुकुन्द कलेज परिसरबाट बिहान ६ बजे शुरु भएको रयाली देविनगर, बुद्धनगर हुदै नयागाउ स्वामीनारायण मुक्तिनाथ धाममा पुग्दा धामका पिठाधिश श्री १००८ स्वामी लोकानन्द महाराजले विशेष स्वागत गरेका थिए । धाममा श्रावण महिनाभरि चलिरहेको अखण्ड रुद्राभिषेकको साथमा सवाकरोड शिवनाम जप यज्ञमा समेत साईकल राईडरहरु सहभागी भए ।श्री शिशुज्ञानकुन्जमा एलकेजीमा अध्ययरत श्रीनव अर्याल र क्रिस आङ्देम्बेले पुरै साईकल यात्रा चलाए । धामका पिठाधिश श्री १००८ स्वामी लोकानन्द महाराजबाट उनिहरुले आर्शिबाद ग्रहण गरे । रयाली मैनाबगर, गणेशमन्दिर, गोलपार्क, सैनिक आवासिय महाविद्यालय बुटवल हुदै राजमार्ग चौराहामा आएर...
नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात बढाउने सहमति

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात बढाउने सहमति

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने सहमति भएको छ। पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को १३औँ बैठकले अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने विद्युत् प्रवाहको क्षमता बढाउने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बैठकले ढल्केवर–मुजफ्फरपुर र ढल्केवर–सीतामढी ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् आदानप्रदानको क्षमता विस्तार गर्ने सहमति गरेको छ। यसअनुसार विद्युत् आयातको क्षमता हालको १,००० मेगावाटबाट बढाएर १,४०० मेगावाट तथा निर्यात क्षमता १,१०० मेगावाटबाट १,६५० मेगावाट पुर्‍याइनेछ। संयुक्त प्राविधिक टोली (जेटीटी)ले गरेको अध्ययनका आधारमा क्षमता विस्तार गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी र भारत सरकारका विद्यु...
‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत, सामाजिक सञ्जाल देखि एआइ मार्फत हुने विज्ञापन नियमन गर्ने

‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत, सामाजिक सञ्जाल देखि एआइ मार्फत हुने विज्ञापन नियमन गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त नीति स्वीकृत गरेको हाे । उक्त नीतिले परम्परागत सञ्चारमाध्यमसँगै सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, ‘इन्फ्लुएन्सर मार्केटिङ’ तथा कृत्रिम बौद्धिकता (एआई)को प्रयोगबाट हुने विज्ञापनलाई नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याएको छ ।सरकारले विज्ञापन बजारमा बढ्दो अन्तरराष्ट्रिय प्रतिस्पर्धा, बहुराष्ट्रिय कम्पनीको बढ्दाे प्रभाव, डिजिटल प्रविधिको तीव्र विस्तार तथा उपभोक्तालाई सही सूचना उपलब्ध गराउने आवश्यकतालाई ध्यानमा राख्दै नयाँ नीति ल्याइएको जनाएको छ ।नीतिमा स्थानीय उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, विज्ञापन क्षेत्रबाट रोजगारी सिर्जना, राजस्व वृद्धि, उपभोक्ताको अधिकार संरक...
ब्रोकर र धितोपत्र बोर्ड अध्यक्षबिच भेटवार्ता : पूँजीबजार नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

ब्रोकर र धितोपत्र बोर्ड अध्यक्षबिच भेटवार्ता : पूँजीबजार नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टसँग स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । एसोसिएसन अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भट्टकै कार्यकक्षमा शिष्टाचार भेट गरी सफल कार्यकालको शुभकामना दिएको छ । भेटका क्रममा अध्यक्ष भट्टले नेपालको पूँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।उनले नेपाल सरकारको बजेट तथा नीति–कार्यक्रमले तय गरेका उद्देश्य र प्राथमिकताअनुरूप पूँजी बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक सबै पहल गर्ने प्रतिबद्धता जनाए ।उनले पूँजी बजारको दिगो विकासका लागि नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता तथा अन्य सरोकारवालाबीच आपसी समन्वय र सहकार्यलाई थप सुदृढ बनाइने उल्लेख गर्दै, बजारको पारदर्शिता, सुश...