पत्रपत्रिका

बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना सम्पर्कविहीन

बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना सम्पर्कविहीन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँअविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको हो। असोज ८ देखि हालसम्म बाढी, पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् । उनका अनुसार ७ जना सम्पर्कविहीन रहेका छन्। पाल्पामा एक जना, बागलुङमा चार र म्याग्दीमा दुई जना गरी बेपत्ता हुनेको संख्या ७ पुगेको हो । मौसम पूर्वानुमान महाशाखाले वर्षा तथा सम्भावित जोखिमबारे पूर्वानुमान गरेपछि प्राधिकरणले सोही आधारमा तयारी गरेको उनको भनाइ छ। जोखिमका आधारमा रेड, एम्बर र यलो अलर्ट भएका क्षेत्र पहिचान गरी स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई पूर्वतयारी र उद्धारका लागि टोली परिचालन गरिएको उनले बताइन् ।विशेषगरी हिमाली क्षेत्रमा भ...
सत्ताशिन दल रास्वपाकै झन्डै दुईतिहाइ सदस्य भएको प्रतिनिधिसभामा कोरम पुग्नै मुस्किल

सत्ताशिन दल रास्वपाकै झन्डै दुईतिहाइ सदस्य भएको प्रतिनिधिसभामा कोरम पुग्नै मुस्किल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँप्रतिनिधिसभा बैठकमा सांसदहरूको अनुपस्थितिलाई आलोचना हुन थालेको छ । सांसदको प्रमुख काम कानुन निर्माणकै लागि बसेको बैठकमा अधिकांशको अनुपस्थिति देखिएपछि संसद्को प्रभावकारितामाथि समेत प्रश्न उठेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या पुगेन । दिउँसो १ बजे बैठक सुरु हुँदा २ सय २३ सांसद उपस्थित थिए । राति सवा ८ः०५ मा सभामुख डीपी अर्यालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । विचार गरियोस् भन्ने प्रस्ताव पारित गरियोस् भन्ने पक्षमा रहेका सांसदले हात उठाएर ‘हुन्छ’ भनिसकेका थिए । जब विपक्षमा रहेका सांसदहरूको धारणा माग गरियो, प्रमुख प्रतिपक्षी कांग्रेसका सचेतक निश्कल राईले गणपूरक संख्या यकिन हुनुपर्ने भन्दै संवैधानिक प्रश्न उठाए । सभामुखले तीन मि...
आजदेखि सोह्र श्राद्ध शुरुवात

आजदेखि सोह्र श्राद्ध शुरुवात

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंप्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद्...
तिनाउ तटिय क्षेत्र बुटवल–११ मा पाँच घर बगे , १२ गते साँझसम्म उच्चसतर्क हुन आग्रह

तिनाउ तटिय क्षेत्र बुटवल–११ मा पाँच घर बगे , १२ गते साँझसम्म उच्चसतर्क हुन आग्रह

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, स्थानीय
बुटवलतिनाउ नदी बाढीका कारण बुटवल उपमहानगरपालिका–११ टप मझुवा क्षेत्रमा पाँच घर बगेका छन्। राति १२ : ४५ बजेतिर घर बगेपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। लगातारको वर्षासँगै तिनाउ नदीमा जलसतह बढेर सतर्कता तह पार गरेको थियोे । बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेको रोहवरमा ९ सय जनालाई उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार असोज १० गते राति ८ बजे बुटवल जलमापन केन्द्रमा तिनाउ नदीको जलसतहले सतर्कता तह पार गरेको हो। जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। तिनाउमा आएको बाढी र नदी कटानका कारण बुटवल–११ टप मझुवाका पाँच घर बगेका हुन्। घरमा क्षति पुगेपछि त्यहाँ रहेका परिवारलाई जोखिमबाट जोगाउन सुरक्षित स्थानमा सारिएको बुटवल ११ का जनप्रतिनिधि नकुल...
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंपूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ ।उनीविरुद्धको कसुर भने खुलाइएको छैन ।तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए ।उनीमाथि विभिन्न २१ अभियोग लगाइएको थियो । तत्कालीन संसदले महाअभियोग टुंगो लगाउन सकेको थिएन । तर पनि उनी सर्वोच्च फर्किन पाएनन् ।नेपालको खानदानी राणा परिवारका सदस्य चोलेन्द्र शमसेर जबरा राणा प्रधानमन्त्री वीरशमशेर जबराका चौथो पुस्ताका सन्तान हुन् । उनी वीर शमशेरका छोरा ईन्द्र शमशेरका नाति हुन् । चोलेन्द्रका बाबु युवराज शमशेर तत्कालिन राजसभा स्थायी समितिका सदस्य थिए । तर, चोेलेन्द्र राजनीतिमा लागेनन् । वकालत पेशा गर्दाग...
चार प्रदेशका तराई भूभागमा भीषण हावाहुरी, रातमा पनि चल्ने सम्भावना

चार प्रदेशका तराई भूभागमा भीषण हावाहुरी, रातमा पनि चल्ने सम्भावना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
काठमाडौँलुम्बिनीदेखि मधेसप्रदेशसम्मका तराई भूभागमा अहिले ठूलो हावाहुरी चलिरहेको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज राति पनि ती क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार सवा ३ बजेतिर जारी गरेको सूचनाअनुसार मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा ठूलो हावा चलेको छ। राति पनि ती प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि दिउँसो भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको सूचनामा उल्लेख छ। महाशाखाकै मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिले मधेसदेखि लुम्बिनीसम्मका तराईका भूभागमा हावाको गति सामान्यभन्दा बढी छ। अहिले हावाहुरी मुख्य रूपमा मधेश प्रदेशदेखि लुम्बिनी प्रदेशसम्मका तराई भूभागमा बढी चलेको छ। पहाडी...
‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन

‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
बुटवलरुपन्देहीमा उत्पादन भएको ‘साई कृपा गोल्ड चिया’ उपभोग गर्न अयोग्य (दूषित) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ।विभाग तथा मातहतका निकायले गरेको बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य पदार्थ दूषित पाइएपछि विभागले सम्बन्धित उत्पादकलाई उक्त ब्याचका सम्पूर्ण चिया बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको हो।विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम महानिर्देशकको निर्णयअनुसार यस्तो आदेश जारी गरेको जनाएको छ। साथै ऐनको दफा ३८ को उपदफा (४) बमोजिम उक्त चियाको बिक्री तथा वितरण नगर्न र नगराउन समेत निर्देशन दिइएको छ।विभागको आदेशअनुसार साई कृपा चिया उद्योग प्रालि, रुपन्देहीले उत्पादन गरेको १ हजार ग्रामको ‘साई कृपा गोल्ड चिया’ फिर्ता गर्नुपर्नेछ। फिर्ता गर्न भनिएको चियाको ब्याच ...
निरन्तर वर्षा: लुम्बिनी प्रदेशका सडकको के कस्तो छ अवस्था?

निरन्तर वर्षा: लुम्बिनी प्रदेशका सडकको के कस्तो छ अवस्था?

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
बुटवलअविरल वर्षाका कारण पहिरो खस्ने, सडक भासिने र बाढी आउने क्रम बढेपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक यातायात प्रभावित भएको छ । लगातारको वर्षाले प्रदेशका मुख्य राजमार्ग, सहायक मार्ग तथा ग्रामीण सडकहरू अवरुद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन तथा मौसम पूर्वानुमानअनुसार भारी वर्षाको जोखिम बढिरहेका बेला लुम्बिनी प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार अविरल परिरहेकाे बर्षासंगै अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा र प्युठानका विभिन्न सडक खण्ड प्रभावित भएका छन् । कार्यालयबाट प्राप्त विवरणअनुसार सडक अवरुद्ध भएका १० स्थानमध्ये नौ स्थानमा यातायात पूर्ण रूपमा ठप्प छ भने पाल्पाको एउटा सडक खण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । सन्...
मौसम पूर्वानुमान: भोलि रातिदेखि क्रमश: सुधार हुँदै पर्सिदेखि देशभर सफा हुने

मौसम पूर्वानुमान: भोलि रातिदेखि क्रमश: सुधार हुँदै पर्सिदेखि देशभर सफा हुने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँबंगालको खाडीबाट विकसित न्यूनचापीय प्रणाली कमजोर बन्दै गएको छ । पछिल्लो एक घण्टामा नेपालका धेरै भागमा वर्षा हटिसकेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा मात्र हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो २४ घण्टामा भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको तराई भूभागमा भारी र धेरै भारी वर्षा भएको थियो । सबैभन्दा बढी पाल्पाको अर्चले वर्षा मापन केन्द्रमा १९६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २४ घण्टाभित्र ५० देखि १०० मिलिमिटरसम्म वर्षा भए भारी, १०० देखि २०० मिलिमिटरसम्म भए धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी परे अति भारी वर्षाका रूपमा लिइन्छ । 'पछिल्लो १ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा भएको छ। बागमतीदेखि पूर्वका कोशी र मधेशका तराई भूभागमा पानी परेको छैन,' म...
देशभर मनसुनी र पश्चिमी वायु सक्रिय , कुन कुन प्रदेशमा हुनेछ अति भारी वर्षा ?

देशभर मनसुनी र पश्चिमी वायु सक्रिय , कुन कुन प्रदेशमा हुनेछ अति भारी वर्षा ?

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
काठमाडौँहाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिक...