पत्रपत्रिका

एकतापछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने सहमति

एकतापछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने सहमति

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच एकता गर्ने सहमति भएको छ।सहमतिअनुसार दुई पक्षबीच एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी तथा सभापति लामिछाने नै रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने समझदारी भएको छ। ‘पहिलो पक्ष र दोस्रो पक्षबीच बृहत् एकता भएपश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बीचमा निलो रङको घण्टीको आकृति, दलको चुनाव चिह्न ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने’, ‘सहमपति पत्रमा भनिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह ह...
बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा शनिबार एकै दिन पुगे ७५ हजार अवलोकनकर्ता

बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा शनिबार एकै दिन पुगे ७५ हजार अवलोकनकर्ता

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा जारी औद्योगिक प्रदर्शनीको नवौं दिन शनिबार मात्रै करिब ७५ हजार अवलोकनकर्ताले भ्रमण गरेका छन् । पुस ३ गतेदेखि १७ गतेसम्म रुपन्देही उद्योग संघले बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा शनिबार अहिलेसम्मकै एकैदिनमा धेरै अवलोकनकर्ताको सहभागिता भएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिए । प्रदर्शनीका लागि छुट्टाइएका नियमित काउन्टरहरुमा सहभागीको दिनभर भीड थेग्न नसकेपछि अतिरिक्त काउन्टरको व्यवस्थापन गरेर दिनभर टिकट बिक्री गरिएको र प्रदर्शनी सुरु भएको ९ दिनमध्ये एकैदिन ठूलो संख्यामा सहभागी आएको र स्टलहरुमा पनि त्यतिकै धेरै कारोबार भएको संघका कोषाध्यक्ष विशाल बेल्वासेले बताए ।पुसको पहिलो सातादेखि नै बुटवलमा हुस्यु तथा शीतलहर सुरु भए पनि त्यसको बाबजुत अवलोकनकर्ताको घुइँचो लागेको हो । शुक्रबार दिनभरजसो घाम लागेपनि शनिबार बि...
गौतमद्वारा लिखित ‘शब्दका छर्रा’ लोकार्पण

गौतमद्वारा लिखित ‘शब्दका छर्रा’ लोकार्पण

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीकृतिकार नारद गौतमद्वारा लिखित शब्दका छर्‍रा नामक कृतिको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।शनिबार श्री जनजागृति माध्यमिक विधालय योगीकुटी रुपन्देहीमा लेखक, साहित्यकार , शैक्षिक, सामाजिक व्यक्तिहरूको सहभागितामा पुस्तक लोकार्पण गरिएको हो।राजनैतिक, सामाजिक,शिक्षा, प्रेम, वेदना लागतका विषयमा खरो कलम चलाउने साहित्यकार गौतमका धेरै कृतिहरु प्रकाशित भईसकेका छन्।गुल्मीको रुरुक्षेत्रमा जन्मिएका गौतम लामो समय नेपाली र व्याकरण विषय प्राध्यापन गरेका थिए भने नेपाली भाषा, साहित्य र व्याकरण कमजोर हुंदै गएकोमा आवाज उठाउंदै आएका छन्। लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा भएको लोकार्पण कार्यक्रममा स्वागत मन्तव्यका क्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयले कृतिकारलाई बधाई र कृतिको सफलताका लागि शुभकामना दिँदै उपस्थित सम्पूर्ण साहित्यकारलाई स्वागतका शब्दसहित प्रतिष्ठान...
कुलमान र बालेनबीच भेटवार्ता, रास्वपाको प्रस्तावमाथि छलफल

कुलमान र बालेनबीच भेटवार्ता, रास्वपाको प्रस्तावमाथि छलफल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकाठमाडौं महानगरका मेयर बालेन शाह र कुलमान घिसिङबीच छलफल भएको छ ।शनिबार भएको छलफलमा बालेनले रास्वपाबाट आएको प्रस्तावका बारेमा कुलमानलाई जानकारी गराएका थिए । स्रोतका अनुसार बालेनले रास्वपाको प्रस्ताव बारे ब्रिफिङ गर्दै बाहिर आए जस्तो सहमति नभएको स्पष्ट गरेका थिए । बालेन र कुलमानबीच यसअघि नै एक साथ देश विकास पार्टीलाई अगाडी बढाउने सहमति भएको थियो ।यस बिचमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भएपछि अहिले कार्यदल स्तरमा छलफल जारी रहेको छ । बालेन निकट र रास्वपामा रवि लामिछानेका निकटहरुले हाल सांगठानिक भागबण्डा र चुनाव चिन्हका विषयमा कुरा नमिलेको बताएका छन् । बालेनले कुलमान घिसिङ, सिके राउत, हर्क साम्पाङ र विभिन्न जेनजी समुहहरुलाई समेट्नुपर्ने भन्दै रास्वपाको अहिलेको सांगठनिक अवस्थामा आफ्नो स्पष्ट भूमिका खोजेका छन् ।अर्कोतर्फ लामिछानेले भने बालेनलाई प्रधानमन्त्रीक...
मदिरा उद्योगमा विष्फोट: १ जनाको मृत्यु,६ जना घाइते

मदिरा उद्योगमा विष्फोट: १ जनाको मृत्यु,६ जना घाइते

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रौतहट रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । कटहरिया नगरपालिका–९ मा रहेको ज्योती डिस्टिलरी उद्योगमा आज बिहान बोइलर विष्फोट भएको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीका अनुसार विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ । साथै, बिगन राय, बलिराम राय, रहमत मियाँ, कैलाश माली, प्रेमजित राय र जगदिश राय घाइते भएका छन् । बिहान अचानक ठूलो आवाजसहित डिस्टिलरीको बोइलर विष्फोट भएको थियो । घटनामा गम्भीर घाइतेहरूलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको एसपी कार्कीले बताए । विष्फोटको कारणबारे अनुसन्धान भइरहेको र प्रहरी टोली घटनास्थलमै रहेको उनले जानकारी दिए । ...
लुम्बिनीमा आजदेखि न्युज फेस्टिबल

लुम्बिनीमा आजदेखि न्युज फेस्टिबल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीलुम्बिनी प्रेस क्लब रुपन्देहीले आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना गर्दैछ । पुस १२, १३ र १४ गते बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा आयोजना गरिने कार्यक्रममा पत्रकारिता, लुम्बिनीको प्रबर्द्धन र यस क्षेत्रका मुद्दाहरुलाई राष्ट्रिय–अन्तर्राष्ट्रियकरण गर्न फेस्टिबल गर्न लागिएको क्लबका उपाध्यक्षसमेत रहेका कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले जानकारी दिए ।लुम्बिनी न्युज फेस्टिबल कार्यक्रममा ‘मोफसल’ को समग्र पत्रकारिता, संघीयतामा प्रेसको संरचना, आर्थिक विकास र पर्यटन प्रबद्र्धनमा पत्रकारको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाको विषयमा नेपालमा अग्रज पत्रकार, सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सिर्जना गरिने उनको भनाइ छ । कार्यक्रमले मोफसलको पत्रकारितालाई उचाइ प्रदान गर्ने विश्वास लिइएको अध्यक्ष कमल रायमाझी बताउँछन् । ‘यससँगै यस क...
राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताएकी छन् ।नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा आज प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचनमा जान ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रिय हितका सवालमा सबै एकताबद्ध हुनुपर्ने धारणा राखेकी हुन् ।उनले भनिन्- ‘चुनावमा भाग लिन ११४ दल दर्ता भएका छन्, फरक विचार भएर नै यति धेरै दल दर्ता भएका होलान् । विचारमा विविधता हुनु र आफ्ना विचारको पैरवी गर्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो। तर यति हुँदाहुँदै पनि राष्ट्रिय हितका निम्ति देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ।’निर्वाचनको पक्षमा पनि अहिले सबै यसैगरी एक ठाउमा उभिने बेला आएको उनले बताइन् । उनले भनिन्- 'विषम परिस्थितिमा हामी सबै सम्हालिएर अगाडि बढ्नुपर्नेछ । सबैको विचार एउटै हुँदैन। मेरो विच...
आजदेखि रास्वपाको समानुपातिकका लागि उम्मेदवारको मतदान

आजदेखि रास्वपाको समानुपातिकका लागि उम्मेदवारको मतदान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारका लागि आज बिहान ७ बजेदेखि आइतबार साँझ ७ बजेसम्म आन्तरिक मतदान गर्दैछ ।रास्वपाले फागुन २१ गतेको प्रतिनिधि सभाको मानुपातिक तर्फका ११० उम्मेदवार छनोट गर्न गत कात्तिक २२ गतेदेखि नै प्रक्रिया शुरु गरेको थियो । समानुपातिकमा उम्मेदवार बन्न ३८० जनाले आवेदन दिएका छन् र उनीहरुको ब्लुप्रिन्ट, शून्य समयमा प्रस्तुतिपछि मतदान गर्न लागिएको छ । मतदानका लागि ३६ घण्टाको समय निर्धारण गरिएको छ ।रास्वपाले ६ क्लस्टर खसआर्य, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी र थारू बनाएर मतदान गर्न लागेको छ । जस अनुसार खसआर्यबाट ३३ जना, आदिबासीबाट ३२ जना, मधेसीबाट १८ जना, दलितबाट १५ जना, थारुबाट ८ जना र मुस्लिमबाट ५ जना उम्मेदवार चयन गर्दैछ ।आन्तरिक मतदानमा अधिकतम ११० जनालाई मतदान गर्न सकिने र न्युनतम ५७ जना महिला उम्मेदवारलाई मत दिनुपर्ने व्यवस्था गरिएक...
परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् । आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, मन्त्रीहरू लगायत उच्च अधिकारीहरू सहभागी थिए । ...
गृह मन्त्रालयद्वारा १२ जिल्लामा नयाँ सीडीओ खटाउने, ६ सहसचिव पदस्थापित

गृह मन्त्रालयद्वारा १२ जिल्लामा नयाँ सीडीओ खटाउने, ६ सहसचिव पदस्थापित

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ गृह मन्त्रालयले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) खटाउने निर्णय गरेको छ । शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले दोलखा, सिन्धुपाल्चोक, तनहुँ, इलाम लगायत १२ जिल्लामा नयाँ सीडीओ खटाउने निर्णय गरेका हुन् ।निर्णयअनुसार भोजपुरमा राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईं, लमजुङमा उमेश ढुंगाना र दोलखामा रामकृष्ण अधिकारी खटाइने भएका छन् । यस्तै, सिन्धुपाल्चोकमा शिवलाल तिवारी, इलाममा लक्ष्मण ढकाल, कञ्चनपुरमा मदन कोइराला, नवलपरासी पश्चिममा दीपकराज नेपाल र सल्यानमा महेन्द्र कुमार सापकोटा खटाइएको छ । हालै बढुवा भएका सापकोटासहित ७ जना पदस्थापन भएका हुन्, जसमा ६ जना सहसचिव र १ जना उपसचिव छन् । अन्य अधिकारीलाई सरुवा गरिएको छ । कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शशीधर घिमिरेलाई खटाइएको छ । यसअघि उनी नुवाकोटमा प्रमुख जि...