राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री


काठमाडौँ
प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताएकी छन् ।
नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा आज प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचनमा जान ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रिय हितका सवालमा सबै एकताबद्ध हुनुपर्ने धारणा राखेकी हुन् ।
उनले भनिन्- ‘चुनावमा भाग लिन ११४ दल दर्ता भएका छन्, फरक विचार भएर नै यति धेरै दल दर्ता भएका होलान् । विचारमा विविधता हुनु र आफ्ना विचारको पैरवी गर्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो। तर यति हुँदाहुँदै पनि राष्ट्रिय हितका निम्ति देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ।’
निर्वाचनको पक्षमा पनि अहिले सबै यसैगरी एक ठाउमा उभिने बेला आएको उनले बताइन् । उनले भनिन्- ‘विषम परिस्थितिमा हामी सबै सम्हालिएर अगाडि बढ्नुपर्नेछ । सबैको विचार एउटै हुँदैन। मेरो विचार मात्र ठिक भन्नु पनि लोकतन्त्रसम्मत हुँदैन। आफ्ना विचार जनतामा लिएर र जनताबाट अनुमोदित भएर आउने अवसर निर्वाचन हो। त्यसैले निर्वाचनलाई सफल पारौँ। देशलाई अफ्ठ्यारो अवस्थाबाट जोगाउन तपाईँहरू सबै एक ठाउँमा आउनुपर्छ।’

उनले चुनाव सफल बनाउन सरकार आफ्नो तर्फबाट सम्पूर्ण रूपले तयारी गरिरहेको जानकारी दिँदै सुरक्षाका सवालमा पनि शंका नगर्न आग्रह गरिन् । उनले भनिन्- ‘तपाईँ–हामी सबै एक ठाउँमा हुने हो भने कसैले केही गर्न सक्दैन। हतियार, कैदी धेरै फिर्ता भइसकेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि स्रोतसाधन उपलब्ध गराइसकिएको छ। निर्वाचनका लागि छुट्टै प्रहरी भर्तीको प्रक्रिया अघि बढेको छ। ठूलै भूकम्प वा आँधी–तुफान आए मात्र चुनाव रोकिएला। नत्र फागुन २१ गतेको चुनाव कुनै हालतमा सर्दैन। तपाईँहरू पनि तयारी गर्नुहोस्।’

कुनै विषयमा मत–मतान्तर र छलफल हुनु सामान्य भए पनि देशले ठूलो क्षति बेहोरिसक्दा पनि आत्मसमीक्षा नगर्ने प्रवृत्तिबाट भने आफू आश्चर्यचकित भएको उनको भनाइ थियो । उनले अगाडी भनिन्- ‘अहिले हेर्नुहोस्, दक्षिण एसियाका साना मुलुकहरू प्रताडित भइरहेका छन्। हामी कस्तो मुलुक बन्ने, कस्तो बनाउने भनेर पनि एकपटक मनन गरौँ। कुनै विषयमा मत–मतान्तर र छलफल हुनु एउटा कुरा हो। तर, देशै तहसनहस हुँदा पनि नचेत्ने प्रवृत्ति भने अनौठो छ । यो तत्व र त्यो तत्वले खेल्यो भन्छन्। तर, त्यस्ता तत्वलाई खेल्ने ठाउँ कसले बनाइदियो? कसले निम्त्यायो? हामी बाहिरियालाई दोष दिन्छौँ, आफैँतिर फर्केर भने हेर्दैनौँ।’

अहिले मुलुकमा पुरानो र नयाँ विचारबीच द्वन्द्व भइरहे पनि यो हाम्रो एक घरभित्रको मामिला रहेकाले पारिवारिक वातारणमा मिलाउनुपर्ने उनले भनाई छ ।

यो सरकार चुनाव गराउन आएकाले त्यसमा आफू दृढ रहेको पनि उनले दोहोर्याएकी थिइन् । उनले भनिन्- ‘हामी चुनाव गराउनै आएका हौँ। यो सरकारको गठन गर्दा नै फागुन २१ को मिति तोकेर चुनाव गराउने कार्यादेश दिइएको हो। यसबाट दायाँबायाँ गर्ने छुट हामीलाई छैन।’

नागरिक बचाउ दल, नेपालका तर्फबाट अध्यक्ष माधव कल्पितले प्रधानमन्त्री कार्कीसमक्ष ५ सूत्रीय ज्ञापनपत्र पनि बुझाएका थिए ।

छुटाउनुभयो कि ?

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटे...
शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

काठमाडौँनेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५ दशमलव ४४ अंकले बढेर २५३८ दशमलव ११ विन्दुमा पुगेर रोकिएको छ ।आज ३५४ कम...
बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलबुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा हरेक महिनाको पहिलो शनिबार क्यान्सर रोगको परीक्षण तथा उपचार हुने गर्दछ।नेपालक...
कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...