कुलमान र बालेनबीच भेटवार्ता, रास्वपाको प्रस्तावमाथि छलफल


काठमाडौं
काठमाडौं महानगरका मेयर बालेन शाह र कुलमान घिसिङबीच छलफल भएको छ ।
शनिबार भएको छलफलमा बालेनले रास्वपाबाट आएको प्रस्तावका बारेमा कुलमानलाई जानकारी गराएका थिए । स्रोतका अनुसार बालेनले रास्वपाको प्रस्ताव बारे ब्रिफिङ गर्दै बाहिर आए जस्तो सहमति नभएको स्पष्ट गरेका थिए । बालेन र कुलमानबीच यसअघि नै एक साथ देश विकास पार्टीलाई अगाडी बढाउने सहमति भएको थियो ।
यस बिचमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भएपछि अहिले कार्यदल स्तरमा छलफल जारी रहेको छ । बालेन निकट र रास्वपामा रवि लामिछानेका निकटहरुले हाल सांगठानिक भागबण्डा र चुनाव चिन्हका विषयमा कुरा नमिलेको बताएका छन् । बालेनले कुलमान घिसिङ, सिके राउत, हर्क साम्पाङ र विभिन्न जेनजी समुहहरुलाई समेट्नुपर्ने भन्दै रास्वपाको अहिलेको सांगठनिक अवस्थामा आफ्नो स्पष्ट भूमिका खोजेका छन् ।
अर्कोतर्फ लामिछानेले भने बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि संगठनमा आफ्नो पकड कायम रहनुपर्ने र रास्वपाको नाम र चुनाव चिन्हबाटै अगाडी बढ्नुपर्ने अडान राखेको बुझिएको छ । यद्यपि यो विषय हाल रास्वपाबाट शिशिर खनाल र असिम शाह तथा बालेनका तर्फबाट कुमान बेन र भूपदेव शाहबीच छलफल भइरहेको छ । उनीहरु सहमत भएपछि मात्र आज बालेन र रविबीच अन्तिम छलफल हुने बताइएको छ ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...