आजदेखि रास्वपाको समानुपातिकका लागि उम्मेदवारको मतदान


काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारका लागि आज बिहान ७ बजेदेखि आइतबार साँझ ७ बजेसम्म आन्तरिक मतदान गर्दैछ ।
रास्वपाले फागुन २१ गतेको प्रतिनिधि सभाको मानुपातिक तर्फका ११० उम्मेदवार छनोट गर्न गत कात्तिक २२ गतेदेखि नै प्रक्रिया शुरु गरेको थियो । समानुपातिकमा उम्मेदवार बन्न ३८० जनाले आवेदन दिएका छन् र उनीहरुको ब्लुप्रिन्ट, शून्य समयमा प्रस्तुतिपछि मतदान गर्न लागिएको छ । मतदानका लागि ३६ घण्टाको समय निर्धारण गरिएको छ ।
रास्वपाले ६ क्लस्टर खसआर्य, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी र थारू बनाएर मतदान गर्न लागेको छ । जस अनुसार खसआर्यबाट ३३ जना, आदिबासीबाट ३२ जना, मधेसीबाट १८ जना, दलितबाट १५ जना, थारुबाट ८ जना र मुस्लिमबाट ५ जना उम्मेदवार चयन गर्दैछ ।
आन्तरिक मतदानमा अधिकतम ११० जनालाई मतदान गर्न सकिने र न्युनतम ५७ जना महिला उम्मेदवारलाई मत दिनुपर्ने व्यवस्था गरिएको छ । मतदातालाई कुनैपनि क्लस्टर खाली छोड्न नपाइने कम्तिमा १० प्रतिशत मतदान गर्नैपर्ने भनिएको छ ।

रास्वपाले यसअघि पनि उम्मेदवार छान्न प्राइमरी इलेक्सन गराएको थियो । नेपालमा अन्य दलले भन्दा फरक अभ्यास गरेपनि यस प्रक्रियाको पारदर्शितामा भने प्रश्न उठ्ने गरेको छ । उम्मेदवारले कति मत पाए, कति मतदान भयो भन्ने विवरण सार्बजनिक नगरिएकाले प्रश्न उठाउने गरिएको छ ।

साथै काठमाडौँ महानगरका प्रमुख बालेन शाह, कुलमान घिसिङ र जेनजी समुहहरुसँग सहकार्य गर्ने प्रयास जारी रहेकाले यस प्रक्रियामा रहेका कति जना उम्मेदवार बन्न पाउछन् भन्ने अनिश्चित नै रहेको बताइएको छ ।

छुटाउनुभयो कि ?

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...