पत्रपत्रिका

जेष्ठ नागरिकको स्वास्थ्य जाँच्न बुटवलका घरदैलोमा शिविर

जेष्ठ नागरिकको स्वास्थ्य जाँच्न बुटवलका घरदैलोमा शिविर

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा जेष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण र उपचारको उदेश्य सहित बाआमासँग नगरप्रमुख कार्यक्रम सञ्चालित छ। २०८० माघमा बुटवलमा शुरु भएको बाआमासँग नगरप्रमुख कार्यक्रमअन्तरगत चालु आर्थिक वर्षमा समेत निरन्तर छ।ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनका अनुसार बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन तय गरेका योजनाहरु कार्यान्वयन गरिएको हो।चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवद्र्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमितरूपमा सञ्चालन भइरहेको उनले बताए। उनले घरबाहिर निस्किन नसक्ने र फरक क्षमत...
एमालेबाट अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवारहरु

एमालेबाट अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवारहरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचनको वातावरण बनेको छैन र प्रतिनिधि सभाको पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको नेकपा एमाले चुनावमा होमिएको छ ।एमालेले सबै क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न दिएको निर्देशन अनुसार उम्मेदवारहरु सिफारिस हुनेक्रम जारी रहेको छ । यसैक्रममा अहिलेसम्म एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित दुई दर्जन नेताहरु एकल सिफारिस भएका छन् । जसमा केपी शर्मा ओली: झापा–५, विष्णु पौडेल: रुपन्देही–२, शंकर पोखरेल: दाङ–२, लेखराज भट्ट: कैलाली–४, महेश बस्नेत: भक्तपुर–२, प्रदीप ज्ञवाली: गुल्मी–१, ईश्वर पोखरेल: काठमाडौँ–५, लीलानाथ श्रेष्ठ: सिरहा–३, अजय गुप्ता: रौतहट–१, हरि उप्रेती: सर्लाही–३, तिलक महत: नवलपुर–२, मिलन गुरुङ: गोरखा–२, बद्री मैनाली: नुवाकोट–१, सूर्य ढकाल: बाँके–१, दलबहादुर सुनार: बाँके–३, विश्राम चौधरी: कपिलवस्तु–१, सुहाङ नेम्वाङ: इलाम–२, लक्ष्मी महतो कोइरी: महोत्तरी–१, ध्रुव शाही: सुर्ख...
आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय

आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले इजरायल सरकारसँगको श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलसँग श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने, जेनजी शहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी शहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए । त्यस्तै सरकारले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र स्वीकृत गर्ने, पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने, वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने र नेपाल लेखा परीक्षण सेव...
प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने मागसहितको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने मागसहितको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंनेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर भएको रिटमा सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत २४ जना द्वन्द्व पीडितहरूले दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो । प्रचण्डले २०७६ माघ १ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार मध्ये पाँच हजार हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए । सोही अभिव्यक्तिका आधारमा निवेदकहरूले आफ्ना परिवारका सदस्य मारेको अभिव्यक्ति दिने दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन माग गर्दै रिट दायर गरेका थिए । ...
रास्वपाले बालेनसहित २६ जना केन्द्रीय सदस्य मनोनित गर्‍यो

रास्वपाले बालेनसहित २६ जना केन्द्रीय सदस्य मनोनित गर्‍यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन शाहसहित २६ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका २६ जनालाई केन्द्रीय समितिमा समेटेको हो । यसअघि आजै विवेकशील साझा पार्टी एकीकरण भएर आएका ७ जनालाई पनि केन्द्रीय समिति सदस्यमा मनोनित गरेको थियो ।नयाँ मनोनित केन्द्रीय सदस्यमा बालेन शाह, सुनिल लम्साल, भूपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, डा. नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन् । आजै मनोनित गरि...
एमाले र कांग्रेसले रुपन्देहीबाट सिफारिश गरेका यी हुन् उम्मेदवारहरु

एमाले र कांग्रेसले रुपन्देहीबाट सिफारिश गरेका यी हुन् उम्मेदवारहरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलआगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले रूपन्देहीबाट उम्मेदवारहरु सिफारिश गरेका छन्। रूपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस गरिएको छ।आइतबार बसेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले उपाध्यक्ष पौडेलको नाम एकल रूपमा सिफारिस गरेको हो। एमाले रूपन्देही प्रचार विभाग प्रमुख मीनप्रसाद पौडेलका अनुसार पार्टीभित्र कुनै मतभेद नदेखिएको र सबै तहबाट पौडेलको नाममा सहमति जुटेको हो।पौडेल २०५६ सालदेखि निरन्तर रूपमा यही क्षेत्रबाट चुनावी मैदानमा उत्रँदै आएका नेता हुन् । एमालेले रूपन्देहीका अन्य निर्वाचन क्षेत्रहरूमा पनि उम्मेदवार सिफारिस गरेको छ। क्षेत्र नम्बर ५ बाट केन्द्रीय सदस्य खिमलाल भट्टराईको नाम सर्वसम्मत रूपमा एकल स...
लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको पन्ध्रौ क्याम्पस सभा सम्पन्न

लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको पन्ध्रौ क्याम्पस सभा सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी वाणिज्य क्याम्पस बुटवलको पन्ध्रौ क्याम्पस सभा शनिबार सम्पन्न भएको छ । क्याम्पस सभाका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता रहेको क्याम्पस सभामा जिल्ला समन्वय समिति, रुपन्देहीका अध्यक्ष उमाकान्त चपाइँको प्रमुख आतिथ्यता, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको विशिष्ट आतिथ्यता, संस्थापक क्याम्पस प्रमुख महेश्वर प्रसाद श्रेष्ठको स्वागत मन्तव्य, क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायको सञ्चालन रहेको थियो । क्याम्पस सभामा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति, रुपन्देहीका अध्यक्ष एवं सभाका पदेन सदस्य उमाकान्त चपाइँले लुम्बिनी वाणिज्य क्याम्पस लुम्बिनी प्रदेशको मात्र नभई देशकै अग्रणी शैक्षिक धरोहर रहेको उल्लेख गर्दै व्यवस्थापन विषयमा विशिष्टिकृत यस क्याम्पस नेपालमै एकमात्र तेस्रोपटक क्यू.ए.ए. प्राप्त गर्ने क्याम्पस हुनु सबैको लागि गौरवको विषय र...
केपी शर्मा ओलीसँग जाँचबुझ आयोगले लियो लिखित बयान

केपी शर्मा ओलीसँग जाँचबुझ आयोगले लियो लिखित बयान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंजेन–जी आन्दोलनमाथि दमनको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जाँचबुझ आयोगले बयान लिएको छ। आइतबार उनको गुन्डुस्थित निवासमै पुगेर आयोगको टोलीले बयान लिएको हो।ओलीले लिखित बयान दिएको आयोगका एक अधिकारीले बताए। यसअघि ओलीले बयान नदिने धम्की दिँदै आएका थिए। प्रश्नसहित आयोगको टोली उनको निवास पुगेकोमा ओलीले पहिले नै तयार गरेर राखेको लिखित विवरण दिएको आयोगका एक अधिकारीले बताए। २३ भदौमा भ्रटाचारविरुद्ध जेन-जीले गरेको आन्दोलनमा सरकारले चरम दमन गरेको थियो। प्रहरीको गोली लागेर बानेश्वरमा मात्र १७ जनाको मृत्यु भएको थियो भने एक सयभन्दा धेरै घाइते भएका थिए। त्यसको विरोधमा भोलिपल्ट देशैभरि आन्दोलन भएपछि स्थिति सम्हाल्न नसकी ओलीले राजीनामा दिएका थिए। सेनाले उनलाई हेलिकोप्टरमार्फत प्रधानमन्त्रीनिवासबाट उद्धार गरेको थियो। ...
एमाले गुल्मी क्षेत्र नम्बर १ मा प्रदीप ज्ञवालीको एकल उम्मेदवारीको सिफारिश, २ मा ६ जनाको नाम प्रस्तावित

एमाले गुल्मी क्षेत्र नम्बर १ मा प्रदीप ज्ञवालीको एकल उम्मेदवारीको सिफारिश, २ मा ६ जनाको नाम प्रस्तावित

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
गुल्मी नेकपा एमाले गुल्मीले २ निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवारको सिफारिश गरेको छ। क्षेत्र नम्बर १ बाट प्रदीप ज्ञवालीको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ मा केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्ट, नेतृ रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाम प्रस्तावित छ। गोकर्ण विष्टको एकल सिफारिश गर्ने गरी तयारी भएपनि थप ५ जनाले आकांक्षा व्यक्त गरेपछि निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिशको टुंगो लागेको छैन।एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले क्षेत्र नम्बर १ मा नेता ज्ञवालीको एकल नाम क्षेत्रबाट आएको बताए। उनले क्षेत्र नम्बर २ बाट ६ जनाको नाम छलफलमा रहेपनि टुंगो नलागेको जानकारी दिए। नेतृ रामकुमारी झाँक्री, राजेन्द्र अर्याल, जीवन खरेल, कृष्णप्रसाद आचार्यले आकांक्षा राखेपछि विष्टको एकल सिफारिश भएन। डाक्टर नगेन्द्र अर्यालले ...
उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा पन्थी

उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा पन्थी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलउद्योग व्यापार संघ बुटवलको अध्यक्षमा लोकनाथ पन्थी निर्वाचित भएका छन् । संघको सातौं साधारणसभा तथा चौथो अधिवेशनबाट यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पन्थी नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हुन् । संघको वरिष्ठ उपाध्यक्षमा पदम जिसी ,उद्योग उपाध्यक्षमा केशव श्रीस मगर ,वाणिज्य उपाध्यक्षमा यमलाल मरासिनी, महिला उपाध्यक्षमा माया पाण्डे, महासचिवमा बिजय आचार्य, कोषाध्यक्षमा दिलिप शर्मा , सचिवमा सौरभ भुसाल र सहकोषाध्यक्षमा बिनोद आचार्य निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत दामोदर घिमिरेले जानकारी दिए ।यस्तै कार्यसमिति सदस्यहरू कृष्णप्रसाद भुसाल न्याजुद्धिन मियाँ,नारायण प्रसाद पाण्डे, बिनोद खाती, बिशाल पन्थी, प्रशान्त बन्जाडे जीवन बुढाथोकी, भरत अधिकारी, केशव पौडेल, तिलकराम पाण्डे,लक्ष्मण ज्ञवाली, प्रकाश भण्डारी, भविश्वर ढकाल र छविलाल खनाल निर्वाचित भएका छन् ।संघका नवनिर्व...