लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको पन्ध्रौ क्याम्पस सभा सम्पन्न


बुटवल
लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको पन्ध्रौ क्याम्पस सभा शनिबार सम्पन्न भएको छ । क्याम्पस सभाका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता रहेको क्याम्पस सभामा जिल्ला समन्वय समिति, रुपन्देहीका अध्यक्ष उमाकान्त चपाइँको प्रमुख आतिथ्यता, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको विशिष्ट आतिथ्यता, संस्थापक क्याम्पस प्रमुख महेश्वर प्रसाद श्रेष्ठको स्वागत मन्तव्य, क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायको सञ्चालन रहेको थियो ।

क्याम्पस सभामा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति, रुपन्देहीका अध्यक्ष एवं सभाका पदेन सदस्य उमाकान्त चपाइँले लुम्बिनी वाणिज्य क्याम्पस लुम्बिनी प्रदेशको मात्र नभई देशकै अग्रणी शैक्षिक धरोहर रहेको उल्लेख गर्दै व्यवस्थापन विषयमा विशिष्टिकृत यस क्याम्पस नेपालमै एकमात्र तेस्रोपटक क्यू.ए.ए. प्राप्त गर्ने क्याम्पस हुनु सबैको लागि गौरवको विषय रहेको बताउनुभयो ।
क्याम्पस सभामा निवर्तमान अध्यक्ष मोतिलाल पाण्डे, पूर्व अध्यक्ष निर्मल प्रसाद लाकौल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सभाको अध्यक्षता ग्रहण गर्नुभएका क्याम्पस सभाका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले क्याम्पसको निरन्तर विकास र उपलब्धीमा सबैको सहयोग अपरिहार्य रहेकाले सदैव सहयोगको अपेक्षा गर्दै क्याम्पसको सर्वोपरि हितको लागि सरोकारवाला सबैसंग आवश्यक समन्वय र सहकार्य गरी अगाडि बढिरहेको बताउनुभयो ।

पन्ध्रौ सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभएको अध्यक्षको वार्षिक प्रगति प्रतिवदेन, क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको आ.व. ०८०÷०८१ तथा आ.व. ०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदन तथा आ.व. ०८२÷०८३ को अनुमानित बजेट समेत अनुमोदन गरेको छ भने विधान तथा नियमावली २०६६ संशोधन लगायतका विषयमा छलफल गरि अनुमोदन समेत गरेको छ ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...