लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको पन्ध्रौ क्याम्पस सभा सम्पन्न


बुटवल
लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको पन्ध्रौ क्याम्पस सभा शनिबार सम्पन्न भएको छ । क्याम्पस सभाका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता रहेको क्याम्पस सभामा जिल्ला समन्वय समिति, रुपन्देहीका अध्यक्ष उमाकान्त चपाइँको प्रमुख आतिथ्यता, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको विशिष्ट आतिथ्यता, संस्थापक क्याम्पस प्रमुख महेश्वर प्रसाद श्रेष्ठको स्वागत मन्तव्य, क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायको सञ्चालन रहेको थियो ।

क्याम्पस सभामा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति, रुपन्देहीका अध्यक्ष एवं सभाका पदेन सदस्य उमाकान्त चपाइँले लुम्बिनी वाणिज्य क्याम्पस लुम्बिनी प्रदेशको मात्र नभई देशकै अग्रणी शैक्षिक धरोहर रहेको उल्लेख गर्दै व्यवस्थापन विषयमा विशिष्टिकृत यस क्याम्पस नेपालमै एकमात्र तेस्रोपटक क्यू.ए.ए. प्राप्त गर्ने क्याम्पस हुनु सबैको लागि गौरवको विषय रहेको बताउनुभयो ।
क्याम्पस सभामा निवर्तमान अध्यक्ष मोतिलाल पाण्डे, पूर्व अध्यक्ष निर्मल प्रसाद लाकौल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सभाको अध्यक्षता ग्रहण गर्नुभएका क्याम्पस सभाका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले क्याम्पसको निरन्तर विकास र उपलब्धीमा सबैको सहयोग अपरिहार्य रहेकाले सदैव सहयोगको अपेक्षा गर्दै क्याम्पसको सर्वोपरि हितको लागि सरोकारवाला सबैसंग आवश्यक समन्वय र सहकार्य गरी अगाडि बढिरहेको बताउनुभयो ।

पन्ध्रौ सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभएको अध्यक्षको वार्षिक प्रगति प्रतिवदेन, क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको आ.व. ०८०÷०८१ तथा आ.व. ०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदन तथा आ.व. ०८२÷०८३ को अनुमानित बजेट समेत अनुमोदन गरेको छ भने विधान तथा नियमावली २०६६ संशोधन लगायतका विषयमा छलफल गरि अनुमोदन समेत गरेको छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...