उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा पन्थी


बुटवल
उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा लोकनाथ पन्थी निर्वाचित भएका छन् । संघको सातौं साधारणसभा तथा चौथो अधिवेशनबाट यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पन्थी नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा पदम जिसी ,उद्योग उपाध्यक्षमा केशव श्रीस मगर ,वाणिज्य उपाध्यक्षमा यमलाल मरासिनी, महिला उपाध्यक्षमा माया पाण्डे, महासचिवमा बिजय आचार्य, कोषाध्यक्षमा दिलिप शर्मा , सचिवमा सौरभ भुसाल र सहकोषाध्यक्षमा बिनोद आचार्य निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत दामोदर घिमिरेले जानकारी दिए ।
यस्तै कार्यसमिति सदस्यहरू कृष्णप्रसाद भुसाल न्याजुद्धिन मियाँ,नारायण प्रसाद पाण्डे, बिनोद खाती, बिशाल पन्थी, प्रशान्त बन्जाडे जीवन बुढाथोकी, भरत अधिकारी, केशव पौडेल, तिलकराम पाण्डे,लक्ष्मण ज्ञवाली, प्रकाश भण्डारी, भविश्वर ढकाल र छविलाल खनाल निर्वाचित भएका छन् ।
संघका नवनिर्वाचित अध्यक्ष पन्थीले ‘स्वाधीन अर्थतन्त्र निमाृणका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’लाई केन्द्रमा राखेर सदस्यता विस्तार,सचिवालय भवनका लागि जग्गा प्राप्ति र निर्माण तथा आगामी वर्षको पुस पहिलो हप्तादेखि बुटवल मण्डपमा राष्ट्रियस्तरको औद्योगिक व्यापार मेला आयोजना आफ्नो प्राथमिकतामा रहेको बताए ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...