प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने मागसहितको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै


काठमाडौं
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर भएको रिटमा सुनुवाइ हुँदैछ ।

सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत २४ जना द्वन्द्व पीडितहरूले दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो ।

प्रचण्डले २०७६ माघ १ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार मध्ये पाँच हजार हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए । सोही अभिव्यक्तिका आधारमा निवेदकहरूले आफ्ना परिवारका सदस्य मारेको अभिव्यक्ति दिने दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन माग गर्दै रिट दायर गरेका थिए ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...