पत्रपत्रिका

राष्ट्रपतिसँग अमेरिकी राजदूतकाे बिदाई भेट: द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी

राष्ट्रपतिसँग अमेरिकी राजदूतकाे बिदाई भेट: द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बिदाई भेट गरेका छन् ।विहिबार शितल निवासमा राष्ट्रपति पौडेलसँग थम्प्सनले बिदाई भेट गरेका हुन् । सो अवसरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।अमेरिकी सरकारले नेपालसहित ३० देशका राजदूत फिर्ता बोलाउने निर्णय लिएसँगै थम्प्सन स्वदेश फर्किन लागेका हुन् । ...
१०औं देवदह महोत्सव सुरु, उद्घाटन र्यालीमा २२५ संघसंस्थाको सहभागिता

१०औं देवदह महोत्सव सुरु, उद्घाटन र्यालीमा २२५ संघसंस्थाको सहभागिता

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
देवदहदेवदहमा १० औं देवदह महोत्सव सुरु भएको छ । 'राष्ट्रिय स्वाधीनताको लागी राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागी राष्ट्रिय औद्योगिककरण तथा व्यापार विविधकरण' भन्ने मूल नारासहित उद्योग व्यापार संघ देवदहको आयोजना रहेको मेलाको एक कार्यक्रम बिच देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले बुधवार उद्घाटन गरे । , देवदह नगरपालिका, नेपाल उद्योग व्यापार महासंघ काठमाडौ र उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेशको सह-आयोजनामा बुधबारदेखी देवदह-९ स्थित प्रस्तावित मण्डपमा मेला सुरु भएको हो। महोत्सवको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले देवदहलाई पर्यटनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने उल्लेख गरे । 'देवदहको समृद्धिको आधार नै पर्यटन हो ।' नगर प्रमुख खरेलले भने, 'बुद्ध मावली स्थलको रुपमा रहेको देवदहमा रहेका ऐतिहासिक तथा पुरातात्त्विक क्ष...
राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआगामी माघ ११ गते हुने राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचनका उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने कार्यतालिका रहेको छ । बुधबार भएको उम्मेदवारी दर्तामा सात प्रदेशका विभिन्न क्लस्टरमा ४४ जनाले उम्मेदवारी दिएका छन् ।आयोगले उम्मेदवारीविरुद्ध आज बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारको विरुद्ध उजुरी दिन सकिने जानकारी दिएको छ । त्यस्तै आयोगले पुस २५ र २६ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारी फिर्ता लिन सक्ने र २८ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको जानकारी दिएको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । सोबमोजिम प्रदेशसभा सदस्य ५४५ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक ...
निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान

निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो ।निर्वाचन सुरक्षामा खटिनेगरी निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् । सार्वजनिक बिदाको दिनपनि दरखास्त लिइने प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागले जनाएको छ ।काठमाडौँ उपत्यका स्थित तीनवटा जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयबाट निर्वाचन प्रहरीको दरखास्त फारम लिन र बुझाउने सकिने छ ।त्यस्तै, निर्वाचन प्रहरीले ४ दिनको लागि दैनिक ३ सयको दरले खाजा खर्च पाउनेछन् । पोसाक बापत छुट्टै रकम प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउने छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिएको छ । ...
विशेष महाधिवेशनका नाममा हुने गतिविधिमा संलग्न नहुन, काँग्रेसको निर्देशन

विशेष महाधिवेशनका नाममा हुने गतिविधिमा संलग्न नहुन, काँग्रेसको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसले विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको बताउँदै त्यस्ता गतिविधिमा संलग्न नहुन नेता-कार्यकर्तालाई निर्देशन दिएको छ ।काँग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते आह्वान गरेको विशेष महाधिवेशन विधान विपरीत रहेको बताउँदै विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट गरेको छ ।काँग्रेसले पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई अपिल गरेको छ । ...
पालिकाकाको सुचना प्रकाशनमा अनियमिता: विज्ञापन एजेन्सीसहित चार जनाविरुद्ध मुद्धा दायर

पालिकाकाको सुचना प्रकाशनमा अनियमिता: विज्ञापन एजेन्सीसहित चार जनाविरुद्ध मुद्धा दायर

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँपर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारसमेत चार जना र बिज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि वीरगन्जविरुद्ध भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको ठेक्कासम्बन्धि सूचना प्रकाशन गर्दा अनियमितता गरेको आरोपमा छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह र तत्कालीन लेखापाल संजयपटेल तथा बिज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि वीरगंज, पर्सा तथा उक्त कम्पनीका संचालक कमल कुमार उपाध्यायविरुद्ध जनही ४ लाख २९ हजार चार सय बराबर बिगो माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको हो । अख्तियारले गाउँपालिकाको ठेक्का सुचना सौर्य दैनिकमा प्रकाशित गरिएको भनिए पनि अनुसन्धान गर्दा सो सुचना भनिएको दिन पत्रिकामा प्रकाशित नभएको पाइएको भन्दै मुद्धा दायर गरेक...
मिग तथा टिग वेल्डिंग तालिमको बुटवलमा समापन

मिग तथा टिग वेल्डिंग तालिमको बुटवलमा समापन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, स्थानीय
बुटवलरुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल टेक्निकल इन्स्टिच्युटको आयोजनामा रूपन्देही आसपासका क्षेत्रमा मेकानिकल सँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि मङ्सिर२१ गतेदेखि सञ्चालन भएको २४ दिने (९६ घण्टे) मिगतथा टिग वेल्डिंग तालिमको बुटवलमा समापन गरिएको छ ।रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा सहभागीहरूलाई बधाई र शुभकामना व्यक्त गर्नुहुँदै, अहिलेको यो आधुनिक प्रविधिमा आधारित सिप आजको निर्माण क्षेत्रमा अत्यन्तै आवश्यक भएको बताउँदै, यस्तो सीपले युवाहरूलाई रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न ठूलो सहयोग पु¥याउने कुरा उल्लेख गर्नुभयो । रुपन्देही उद्योग संघले विभिन्न तालिम प्रदायक संस्थासँग सहकार्य गरेर विभिन्न विषयमा तालिमको आयोजना गर्दै आएको र यस कार्यक्रमले के...
सुनसरी-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने हर्क साम्पाङको घोषणा

सुनसरी-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने हर्क साम्पाङको घोषणा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँश्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उम्मेदवारी घोषणा गरेका हुन् । साम्पाङले फेसबुकमा लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो! जय देश !’श्रम संस्कृति पार्टी स्थापना गरपछि उनी राजनीतिक गतिविधिमा सक्रिय छन् । हाल देशका विभिन्न स्थानमा पुगेर उनले संगठन विस्तारलाई तीव्र बनाएका छन् । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सुनसरी–१ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक राई निर्वाचित भएका थिए । उक्त निर्वाचनमा राईले १७ हजार ५९ मत प्राप्त गरेका थिए। दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङ रहेकी थिइन्। उनले १६ हजार ६०६ मत पाएकी थिइन् । तेस्रो स्थानमा नेकपा (माओवादी...
यी हुन् एमाले-कांग्रेस–जसपा गठबन्धनबाट तय भएका राष्ट्रिय सभाका १८ उम्मेदवार

यी हुन् एमाले-कांग्रेस–जसपा गठबन्धनबाट तय भएका राष्ट्रिय सभाका १८ उम्मेदवार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपालले तालमेल गरेर राष्ट्रिय सभामा उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ता अहिले बिहान १० देखि दिउँसो ३ बजेसम्म हुँदै छ।नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपालबीच नै तालमेल गर्नेबारे छलफल भए पनि नेकपा भने अन्तिम समयमा बाहिरिएको थियो।नेकपा बाहिरिएपछि कांग्रेस, एमाले र जसपाले क्रमशः ९, ८ र १ सिट लिने गरी तालमेल गरेका छन्।तदनुसार तीनै दलले उम्मेदवारको टुंगो लगाएका छन्। कांग्रेसले टुंग्याएको सूची अनुसार कोशी प्रदेश सुनीलबहादुर थापा उम्मेदवार बन्ने भएका छन्। मधेसमा धमेन्द्र पासवास र रञ्जित कर्ण उम्मेदवार बन्ने छन्। बागमतीमा गीता देवकोटा, गण्डकीमा जगत तिमिल्सिना उम्मेदवार बन्ने भएका छन्। लुम्बिनीमा बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा कर्णालीमा ललितजंग शाही उम्मेदवार तय भएको छ। सुदूरपश्च...
राष्ट्रियसभा सदस्यको उम्मेदवारीको मनोनयन आज

राष्ट्रियसभा सदस्यको उम्मेदवारीको मनोनयन आज

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो।आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मंगललबार मतदाता नामावलीमा कुनै दाबी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ ।आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजे...