सुनसरी-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने हर्क साम्पाङको घोषणा


काठमाडौँ
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने घोषणा गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उम्मेदवारी घोषणा गरेका हुन् । साम्पाङले फेसबुकमा लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो! जय देश !’
श्रम संस्कृति पार्टी स्थापना गरपछि उनी राजनीतिक गतिविधिमा सक्रिय छन् । हाल देशका विभिन्न स्थानमा पुगेर उनले संगठन विस्तारलाई तीव्र बनाएका छन् ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सुनसरी–१ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक राई निर्वाचित भएका थिए ।

उक्त निर्वाचनमा राईले १७ हजार ५९ मत प्राप्त गरेका थिए। दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङ रहेकी थिइन्। उनले १६ हजार ६०६ मत पाएकी थिइन् ।

तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)का मुक्सामहाङ सुब्बा थिए । उनले १३ हजार ८७ मत प्राप्त गरेका थिए ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...