सुनसरी-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने हर्क साम्पाङको घोषणा


काठमाडौँ
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने घोषणा गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उम्मेदवारी घोषणा गरेका हुन् । साम्पाङले फेसबुकमा लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो! जय देश !’
श्रम संस्कृति पार्टी स्थापना गरपछि उनी राजनीतिक गतिविधिमा सक्रिय छन् । हाल देशका विभिन्न स्थानमा पुगेर उनले संगठन विस्तारलाई तीव्र बनाएका छन् ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सुनसरी–१ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक राई निर्वाचित भएका थिए ।

उक्त निर्वाचनमा राईले १७ हजार ५९ मत प्राप्त गरेका थिए। दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङ रहेकी थिइन्। उनले १६ हजार ६०६ मत पाएकी थिइन् ।

तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)का मुक्सामहाङ सुब्बा थिए । उनले १३ हजार ८७ मत प्राप्त गरेका थिए ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...