यी हुन् एमाले-कांग्रेस–जसपा गठबन्धनबाट तय भएका राष्ट्रिय सभाका १८ उम्मेदवार


काठमाडौँ
नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपालले तालमेल गरेर राष्ट्रिय सभामा उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ता अहिले बिहान १० देखि दिउँसो ३ बजेसम्म हुँदै छ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपालबीच नै तालमेल गर्नेबारे छलफल भए पनि नेकपा भने अन्तिम समयमा बाहिरिएको थियो।
नेकपा बाहिरिएपछि कांग्रेस, एमाले र जसपाले क्रमशः ९, ८ र १ सिट लिने गरी तालमेल गरेका छन्।
तदनुसार तीनै दलले उम्मेदवारको टुंगो लगाएका छन्।

कांग्रेसले टुंग्याएको सूची अनुसार कोशी प्रदेश सुनीलबहादुर थापा उम्मेदवार बन्ने भएका छन्। मधेसमा धमेन्द्र पासवास र रञ्जित कर्ण उम्मेदवार बन्ने छन्।

बागमतीमा गीता देवकोटा, गण्डकीमा जगत तिमिल्सिना उम्मेदवार बन्ने भएका छन्। लुम्बिनीमा बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा कर्णालीमा ललितजंग शाही उम्मेदवार तय भएको छ। सुदूरपश्चिमा खम्मबहादुर खाती उम्मेदवार बन्ने भएका छन्।

एमालेबाट कोशीमा रोशनी मेचे र सोमनाथ पोर्तेल उम्मेदवार बन्दै छन्। मधेसबाट रेखा झा, बागमती प्रदेशबाट प्रेम दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा र लुम्बिनी प्रदेशबाट रामकुमारी झाक्री उम्मेदवार बन्ने भएका छन्।

कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीला भण्डारी उम्मेदवार बन्ने भएकी छन्।

जसपा नेपालले भने महन्थ ठाकुरलाई उम्मेदवार बन्ने तय भएको छ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...