७४औं अन्तर्राष्ट्रिय भन्सार दिवस सम्पन्न: विश्वभर अवैध अन्तरदेशीय निकासी नियन्त्रण गर्ने उद्देश्य
रुपन्देहीभन्सार कार्यालय रुपन्देहीले ७४औं अन्तर्राष्ट्रिय भन्सार दिवस सम्पन्न गरेको छ।सोमबार सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी माधव पोखरेलले भन्सारको अवैध अन्तरदेशीय निकासी नियन्त्रण गर्ने र राज्यकोष बृद्धि गर्नू मुल उद्देश्य रहेको वताएका छन्।उनले भन्सार राज्यकोष बृद्धि गर्ने प्रमुख निकाय र अवैध निकासी पैठारी नियमन गर्ने महत्वपूर्ण निकाय रुपन्देही भैरहवा भन्सार कार्यालयले दुवै विषयमा उल्लेखनीय काम गरि प्रमुख भन्सार अधिकृत सहित धेरै कर्मचारी सम्मानित गर्न पाउदा खुशीलागेको वताएका छन्।उनले भनेका छन् "भन्सार संगठनले तय गरेको नाराले भन्सार प्रशासन केवल राजस्व संकलन गर्ने निकाय मात्र नभई सामाजिक सुरक्षा, उपभोक्ता हित संरक्षण, अवैध कारोबार नियन्त्रण तथा राष्ट्रिय हितको संवाहक संस्था भएको स्पष्ट रूपमा प्रमाणित गर्दछ । अबका दिनमा भन्सारले राजस्वको दृष्टिकोणसँगै सामाजिक सुरक्षाको...








