पत्रपत्रिका

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा, पुग्यो १७५ एक्युआई

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा, पुग्यो १७५ एक्युआई

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ । आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौं स्थानमा सूचीकृत भएको छ । उक्त समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण वायु प्रदूषण बढेको हो । 'औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सिमापार (क्रस बोर्डर) प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको छ,' उनले भने, 'पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना छ ।' सुवेदीले वातावरणमैत्री विकासमा जोड दिन सरोकारवाला निकाय...
विवाहमा भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी : शिविरमार्फत उपचार सुरु

विवाहमा भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी : शिविरमार्फत उपचार सुरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
खोटाङखोटाङको जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङमा विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै जना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ। भोज खाएको १२ घन्टापछि सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको छ।विवाह भोज खाएकाहरूलाई ‘फुडपोइजन’ भएको आशंका गरिएको स्थानीय वीरबल किरातीले जानकारी दिए। यही माघ २१ गते दिप्लुङमा आयोजित विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका थिए। बिरामी परेका स्थानीयको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन्।विवाह भोज खाएका बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधिसहितको जनशक्ति मगाइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए। स्वास्थ्यमा समस्या आएका स...
टी-२० विश्वकप: इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

टी-२० विश्वकप: इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौंआइसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले इङल्याण्डको सामना गर्दैछ । मुम्बईको वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । नेपालले इङल्याण्डविरुद्ध कुनै पनि फर्म्याटमा खेल्न लागेको यो पहिलो पटक हो ।विश्वकप अन्तरगत आज बिहान ११: १५ बजेदेखि समुह डी को अफगानिस्तान र न्यूजील्याण्डबीच खेल हुदैछ भने आजै राति ७: १५ बजेदेखि समुह बि अन्तर्गतको श्रीलंका र आयरल्याण्डबीच खेल हुने तालिका रहेको छ । नेपालले यसअघि २०२४ को विश्वकपमा १० बर्षपछि टी-२० विश्वकपमा कम ब्याक गरेको थियो । नेपालले त्यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेपनि बंगलादेशसँग पराजित हुदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो । गत विश्वकपमा नेपालले ४ खेलमा ३ खेलमा...
मौसम पूर्वानुमान: यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान: यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा हुस्सु÷कुहिरो रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने अन्य भागको मौसम सफा रहने छ। कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। त्यसैगरी आज राति तराई भूभागका केही स्थानहरूमा बादल लाग्ने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने छ र बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। ...
इलाम केन्द्रविन्दु भएर गयो भूकम्प

इलाम केन्द्रविन्दु भएर गयो भूकम्प

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँइलामको नयाँ बजार आसपास केन्द्र विन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ६ बजे ५० मिनेट जादा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
रुपन्देहीमा एमालेको चुनावी अभियान: सबै निर्वाचन क्षेत्रमा जित निकाल्ने दाबी

रुपन्देहीमा एमालेको चुनावी अभियान: सबै निर्वाचन क्षेत्रमा जित निकाल्ने दाबी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीब्र बनाएको छ । सो पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल क्षेत्र नं २, केन्द्रीय नेताहरु दधिराम न्यौपाने क्षेत्र नं १, खिमलाल भट्टराई क्षेत्र नं ५, प्रभावशाली नेताहरु बासुदेव घिमिरे क्षेत्र नं ३ र प्रमोद यादव क्षेत्र नं ४ बाट चुनावी मैदानमा पार्टी र आफ्ना योजनासहित पुगेका छन् ।हरेक क्षेत्रमा अधिकांश वडा तहका निर्वाचन कार्यालय संचालन, विभिन्न भातृसंगठनको भेला, विभिन्न जिल्लामा रहेका सम्पर्क कमिटीहरुको भेला सकेर उनीहरु आन्तरिक तयारीमा लागेका हुन् । सबै क्षेत्रहरुमा निर्वाचन परिचालन कमिटी बनाएर काममा खटाइएको र दैनिक ती कमिटीको योजनामै अब निर्वाचनको पूर्ण तयारीमा लागेको अध्यक्ष यज्ञ गैरे बताउँछन् ।सबैभन्दा धेरै पार्टी सदस्यहरु र नेताहरु रहेको रुपन्देही २ मा पूर्वअर्थमन्त्री रहेका उपाध्यक्ष विष्णुप्रसाद पौड...
कांग्रेसले बोलायो आइतबार कार्यसम्पादन समितिको जुम बैठक, तीन एजेन्डा तय

कांग्रेसले बोलायो आइतबार कार्यसम्पादन समितिको जुम बैठक, तीन एजेन्डा तय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँनेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।आइतबार बिहान ८ः३० बजे जुममार्फत बैठक बस्ने गरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ।बैठकका लागि तीन वटा एजेन्डा तय गरिएको छ। जसअनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल जानकारी दिए । ...
भ्यालेन्टाइन सप्ताह :प्रेमी जोडीहरुको लागि महत्त्वपूर्ण

भ्यालेन्टाइन सप्ताह :प्रेमी जोडीहरुको लागि महत्त्वपूर्ण

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंयो फेब्रुअरी महिना । अंग्रेजी वर्षको दोश्रो महिना अर्थात फेब्रुअरी, प्रेमी जोडीहरुको लागि खास हुने गर्दछ । माया गर्नेहरुको लागि फेब्रुअरी महिनाको दोश्रो सप्ताहमा एक खास प्रकारको परीक्षा नै शुरु हुन्छ, जुन हरेक प्रेमीले आफ्नो प्रेमिकाको लागि दिनु पर्ने हुन्छ ।कतिपय मानिस यस परीक्षाको समयमा उत्साहित हुन्छन् भने कोहि निकै व्याकुल पनि हुन्छन् । वास्तवमा सात दिन सम्म यस परिक्षाको हरेक पेपर उतिर्ण गर्नुपर्ने हुन्छ । सबै भन्दा महत्वपुर्ण भनेको यस परीक्षाको समयमा छल गरेको फेला परेमा कडा सजाय पनि हुन सक्छ । प्रेमको परिक्षामा राम्रोसँग तयार हुन एउटा रुटिन बनाइएको छ, कुन दिन कुन परीक्षा परेको छ ?पहिलो दिन (रोज डे) फेब्रुअरी महिनाको सात तारीखबाट शुरू हुने यस पहिलो परीक्षाको पहिलो दिन रोज डे को नामले प्रख्यात छ । यसको शुरुवात गुलाबको बास्ना र सुन्दरताको साथमा हुन्छ । यस दिन प्रेमी जोडी ...
मतदान गर्न दिनभर हिँड्नूपर्छ डोल्पाका छेप्काबासीलाई

मतदान गर्न दिनभर हिँड्नूपर्छ डोल्पाका छेप्काबासीलाई

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंहिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने छेप्काका बासिन्दालाई मतदान गर्न दिनभर लाग्ने गरेको छ । बस्तीबाट मतदान केन्द्र टाढा पर्ने भएकाले छेप्काबासीलाई मतदान गरेर फर्किनै दिनभर लाग्ने गरेको हो । यहाँका मतदातालाई तापरिजा माध्यामिक विद्यालय साइजलमा रहेको केन्द्र तोकिएको छ । विगतदेखि नै आफ्नो मताधिकार प्रयोग गर्न दिनभर पैदल हिँडेर मतदान केन्द्रमा पुग्नुपर्ने बाध्यता रहेकाे छेप्काका स्थानीय मतदाता नोर्वु लामाले बताए। यो गाउँमा ३० जना हाराहारीमा मतदाता छन् । 'हरेक निर्वाचनमा मतदान गर्न बिहानै हिँडेपछि रातिमात्र घर पुग्न सकिन्छ। बृदबृद्धाले त या अघिल्लो दिनै गएर उतै बस्नु पर्छ नभए मतदान सकेर घर पुग्न सकिँदैन,' लामाले भने । केही बृद्धबृद्धा दिनभर हिँड्न नसक्ने भएकाले मतदान गर्न नजाने गरेको उनले बताए ।छेप्का रेँचीलगायतका गाउँका मतदातालाई समेटेर नजिकमा अर्काे ...
विद्युतिय व्यवसायी संघले गर्यो व्यवसायीविचको भातृत्व वढाउन वनभोज

विद्युतिय व्यवसायी संघले गर्यो व्यवसायीविचको भातृत्व वढाउन वनभोज

Breaking news 3, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतिय व्यवसायी संघले व्यवसायीहरु विचको भातृत्व संगै मनोरञ्जनको उद्देश्य राखेर ११औं वनभोज कार्यक्रम सम्पन्न गरेको छ।शनिबार रुपन्देहीको तिलोत्तमा पार्कमा सम्पन्न कार्यक्रममा वोल्दै नेपाल विद्युतिय व्यवसायी महासंघका तृतिय उपाध्यक्ष तथा पुर्व जिल्ला अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले व्यवसायीहरु आ-आफ्नो व्यस्तताले गर्दा आपसमा जमघटहुने भलाकुसारी गर्ने , सुखदुःख साटासाट गर्ने समय नहुने हुनाले जमघट संगै मनोरञ्जनको उद्देश्यले आयोजना गरिएको वनभोज अत्यन्त उपयोगी रहेको धारणा राखेका थिए।उनले उज्यालोको व्यवसाय गर्ने विद्युतिय व्यवसायीको जिवन पनी उज्यालो रहेको भन्दै नेपालमा विद्युत उत्पादनको प्रसस्त आधार रहेकोले व्यवसायको महत्व वढ्दै जाने धारणा राखेका थिए।उनले महासंघको मुल्यांकनमा जिल्ला शाखाहरुमै उत्कृष्ट हुंदै आएकोमा गर्भ लागेको वताए। उनले महासंघको २०८३ जेष्ठमा इलेक्ट्रोटेक गर...