पत्रपत्रिका

नवनिर्वाचित पार्टीका सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

नवनिर्वाचित पार्टीका सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा जारी कार्यक्रममा आज सभापतिको सम्बोधनको तालिका छन् । मंगलबारबाट जारी अभिमुखीकरणमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुन पाएका थिएनन् ।आज सभापति लामिछाने र वरिष्ठ नेता शाह समापनमा सहभागी हुन लागेका हुन् । ...
चलचित्र पत्रकार संघ रुपन्देहीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा भण्डारी

चलचित्र पत्रकार संघ रुपन्देहीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा भण्डारी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलचलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित भएका छन्। मंगलबार बुटवलमा सम्पन्न सातौं साधारण सभा तथा चौथो अधिवेशनले भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कल्पना डुम्रे, सचिवमा प्रकाश पाण्डे, सहसचिवमा राजिव भुसाल र कोषाध्यक्षमा मनोज क्षेत्री चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा हरिलाल बस्याल, रमेश पराजुली, कल्पना घिमिरे, शारदा शाही, यमुना जिसी, सुदिप गौतम, निर्मल थापा र सागर भण्डारी रहेका छन्।नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई मंगलबार नै प्रमाणपत्र प्रदान गर्दै सपथ ग्रहण गराइएको थियो। कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले चैत १० गतेभित्र जिल्ला तथा प्रदेशका अधिवेशन सम्पन्न गर्ने र वैशाख ५ गते केन्द्रीय अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए। उनले चलचित्र पत्...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासङ्घको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासङ्घको माग

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँदेशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको हो । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले गए राति पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले पेट्रोलियम पदार्थको प्रत्यक्ष उपभोग गर्ने आम यातायात व्यवसायी र उपभोक्ता वर्गको हितलाई मध्यनजर नगरी साबिकको मूल्यमा एकाएक भारी मूल्यवृद्धि गर्दा देशभर यातायात सेवा सञ्चालन गर्ने यातायात व्यवसायी एवम् यात्रुमा प्रत्यक्ष असर पर्न गएका बताए ।महासङ्घले नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरी वैज्ञानिक विधि अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष माग गरेको छ । सार्वजनिक यातायात सञ्...
रुपन्देहीमा ग्यासको कृत्रिम अभाव, अनुगमनमा ५०० भन्दा बढी सिलिन्डर फेला

रुपन्देहीमा ग्यासको कृत्रिम अभाव, अनुगमनमा ५०० भन्दा बढी सिलिन्डर फेला

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलरुपन्देहीमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको भेटिएको छ। जिल्लामा आवश्यकताअनुसार ग्यास आयात भइरहे पनि केही व्यवसायीले ग्यास लुकाएर अभावको अवस्था बनाएको अनुगमनबाट खुलेको हो। सोमबार इलाका प्रशासन कार्यालय बुटवलले ग्यास विक्रेता संघ रुपन्देहीको रोहवरमा बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाका विभिन्न ग्यास डिलरमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा व्यवसायीहरूले ग्यास लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा सिलिन्डर फेला परेको इलाका प्रशासन कार्यालय बुटवलका नायब सुब्बा रामप्रसाद शर्माले जानकारी दिए।उनका अनुसार बुटवल र सैनामैना क्षेत्रका १५ वटा ग्यास डिलरमा गरिएको अनुगमनका क्रममा ५०० भन्दा बढी ग्यासका सिलिन्डर लुकाएर राखिएको अवस्थामा फेला परेको हो। हेमानी ग्यास (जितगढी), दिव्य दिवस इन्टरप्राइजेज (झोलुङ्गेपुल), न्यू सफल सप्लायर्स (तामनगर), कृतिका दर्शन (ढवाह), न्य...
ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू : विभाग

ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू : विभाग

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबैमा अनुरोध गरेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको गुनासो बढेको छ । यस्तो कुनै सूचना वा जानकारी भए तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन विभागले आग्रह गरेको हो ।पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको, बढी मूल्य लिएर बिक्रीवितरण गरेको पाइएपछि विभागले आमउपभोक्तालाई निःशुल्क रूपमा उक्त टेलिफोन नम्बरमा फोन गरी सूचना दिन आग्रह गरेको हो । नेपाल आयल निगमले आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्नेगरी आवश्यक व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव कायम छ । विभागले अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।विभागले सञ्चालनमा रहने गरी निःश...
अपराध अभियोग लागेका करिब १३ हजार व्यक्ति अध्यागमनको कालोसूचीमा

अपराध अभियोग लागेका करिब १३ हजार व्यक्ति अध्यागमनको कालोसूचीमा

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँनेपालको अध्यागमन प्रशासनले विभिन्न अपराध अभियोग लागेका करिब १३ हजार व्यक्तिलाई कालोसूचीमा समेटेको छ । नेपालमा अपराध गरेर विदेश भागेका, विदेशमा अपराध गरेर नेपाल छिरेका र विभिन्न अदालतको फैसलापछि सजाय भुक्तान गरिरहेकालाई अध्यागमनको कालोसूचीमा समेटिएको हो । सूचीमा पर्नेहरूमा करिब ८ हजार नेपाली र झन्डै ५ हजार विदेशी नागरिक छन् । ती व्यक्तिहरू अन्तर्राष्ट्रिय विमानस्थल र स्थल नाकाका अध्यागमन ‘चेकप्वाइन्ट’बाट वारपार गर्न पाउँदैनन् । यस्तै, २४ भदौमा भएको प्रदर्शनमा कारागार तथा बन्दीगृह र प्रहरी हिरासत कक्ष फोडेर भागेका ६ सय १२ कैदीबन्दी पनि यो सूचीमा समेटिएका छन् । जेलबाट भागेकामध्ये करिब ५ सय भारतीय र तेस्रो देशका १ सयभन्दा बढी व्यक्ति पक्राउ परेका छैनन् । उनीहरू हवाई माध्यमबाट तेस्रो देश भाग्न सक्ने सम्भावना देखिएपछि गत असोजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित पोखरा र ...
पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो

पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमका अनुसार पेट्रोलमा १५ र डिजल मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आईतबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजल र मट्टीतेलको मूल्य १५१ पुगेको छ ।त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजल–मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।निगमतले अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ...
रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिट ‘हेर्दाहेर्दै’ मा, निर्णय आज

रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिट ‘हेर्दाहेर्दै’ मा, निर्णय आज

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँरास्वपा सभापति रवि लामिछानेलगायतविरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारी बरालको निर्णयविरुद्ध दायर रिट आइतबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । समय नपुगेपछि इजलासले सोमबारका लागि रिटलाई हेर्दाहेर्दैमा राखेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा आइतबार रिट निवेदक र सरकारी वकिलले बहस गरेका थिए । महान्यायाधिवक्ता भण्डारी आफैं बहस गर्न आएकी थिइन् । रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई, दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी र अनुपम भट्टराईलगायतले बहस गरेका थिए । महान्यायाधिवक्ताले अभियोगपत्र संशोधनको आवरणमा मुद्दा फिर्ता लिएको दाबी गर्दै उनीहरूले सर्वोच्चले न्यायिक हस्तक्षेप गर्नुपर्ने तर्क गरेका थिए । यसलाई मान्यता दिँदा महान्यायाधिवक्ताले अधिक...
काँग्रेस सभापति थापासहितका नेताहरुको प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

काँग्रेस सभापति थापासहितका नेताहरुको प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँप्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका सभापति गगन थापासहितको टोलीले भेटवार्ता गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको विषयमा छलफल भएको थियो । सभापति थापाले सो अवसरमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिएका थिए ।सो भेटमा सभापति थापासहित काँग्रेस उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सहभागी थिए भने सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल समेत सहभागी थिए । ...
पार्टीले लज्जास्पद हार बेहोरेपछि आरोप प्रत्यारोपमा उत्रिँदै एमाले नेता

पार्टीले लज्जास्पद हार बेहोरेपछि आरोप प्रत्यारोपमा उत्रिँदै एमाले नेता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँनिर्वाचनमा लज्जास्पद हार बेहोरेपछि नेकपा एमालेका नेताहरूमा आरोप प्रत्यारोप सुरु भएको छ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेतृत्वले राजीनामा दिनुपर्ने बताएका छन् भने उनलाई कैयौँ नेताहरूले साथ पनि दिइरहेका छन् । तर अध्यक्ष केपी शर्मा ओली पक्षधर भने डिफेन्सिभ देखिएका छन् ।यसैबिच नेताहरूबिच आरोप प्रत्यारोप पनि सुरु भएको देखिएको छ । एमाले महासचिव शङ्कर पोखरेलले योगेश भट्टराईले चुनावमा महासचिवले जिम्मेवारी नदिएको भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।उनले भनेका छन्- अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ। अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध पनि गरेको थिएँ। त्यस बेला उहाँले ताप्लेजुङ ...