पार्टीले लज्जास्पद हार बेहोरेपछि आरोप प्रत्यारोपमा उत्रिँदै एमाले नेता


काठमाडौँ
निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि नेकपा एमालेका नेताहरूमा आरोप प्रत्यारोप सुरु भएको छ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेतृत्वले राजीनामा दिनुपर्ने बताएका छन् भने उनलाई कैयौँ नेताहरूले साथ पनि दिइरहेका छन् । तर अध्यक्ष केपी शर्मा ओली पक्षधर भने डिफेन्सिभ देखिएका छन् ।
यसैबिच नेताहरूबिच आरोप प्रत्यारोप पनि सुरु भएको देखिएको छ । एमाले महासचिव शङ्कर पोखरेलले योगेश भट्टराईले चुनावमा महासचिवले जिम्मेवारी नदिएको भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।
उनले भनेका छन्- अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ। अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध पनि गरेको थिएँ। त्यस बेला उहाँले ताप्लेजुङ जानुपर्ने बताउनुभएको थियो। मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ। तर अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट म भने आश्चर्यचकित भएको छु ।

त्यस्तै एमाले नेता गोकुल बास कोटाले अर्का नेता शेरबहादुर तामाङलाई अवसरवादी भनेका छन् । उनले तामाङले आफू र आफ्नी श्रीमतीको पद प्राप्तिको लागि गुट बदलेको आरोप लगाएका छन् ।

उनले भनेका छन्- भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रूपमा जाई लगेछन । म तपाईँ जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन, पटक पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन । ०३८ यताका ईतिहस हेरौँ न ।

निर्वाचनमा पार्टीले नराम्राेसंग पराजय भोगे सँगै याेगेश भट्टराई ले नेतृत्वको आलोचना गर्दे निर्वाचनमा मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृति गरेको भन्दै मूलतः भाद्र २३ र २४ पछि पार्टीले लिएका नीति ठिक नभएको र त्यसमा करेक्सन गरौँ भनेर नेतृत्व र सिंगो पार्टी पंतिलाई बैठक, भेटघाट र महाधिवेशन मार्फत पटक पटक अनुरोध गर्दा तर सफल नभएको बताएका थिए ।

उता निर्वाचन परिणाम आएसंगै गाेकुल बास्काेटाले स्टाटस मार्फत ‘लोकप्रिय छौ भनेको नेताको मात्रै प्रिय भइएछ। समयले सुधारेन भने डाईनोसर बनिएला क्यार्नु त?’ भन्दै कटाक्ष गरेका थिए ।

बास्काेटा र भट्टराइ दुबैलाइ अध्यक्ष ओलीले यस निवार्चनमा टिकट दिएका थिएनन् ।

नेकपा एमालेले भर्खरै सम्पन्न चुनावमा प्रत्यक्षतर्फ ९ सिट जितेको छ भने समानुपातिकमा तेस्रो हुँदै १६ सिट जितेको छ । अघिल्लो चुनावमा समानुपातिकतर्फ एमाले पहिलो दल थियो ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...