आज हल्का वर्षा, भोलि केही ठाउँमा असिनासहित मध्यम वर्षाको सम्भावना


काठमाण्डौ – आज हिमाली तथा पहाडी भेगका एक, दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भेगका साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशको हिमाली भेगको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराईमा मौसम मुख्यतया सफा रहे पनि अरु ठाउँमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि धेरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भेगको थोरै ठाउँमा मेघगर्जन चट्याङ, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

यस्तै कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भेगको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि धेरै ठाउँमा पानी पर्ने भएकाले धान तथा पराल बेलैमा थन्क्याउन मौसमविदको सुझाव छ 

छुटाउनुभयो कि ?

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

काठमाडौंदुई गठबन्धन दल एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत पाउने सम्भावना नरहेपछि मधेश प्रदेश सरकारका मुख्यमन्त...
पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारबाही गरिन्छ : अध्यक्ष ओली

पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारबाही गरिन्छ : अध्यक्ष ओली

काठमाडौँएमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारबाही गर...
पाठ्यपुस्तक छपाइ तथा वितरणको सूचीकरण सुरु, १५ दिनभित्र विद्यालयमा पुस्तक पुर्‍याउनुपर्ने

पाठ्यपुस्तक छपाइ तथा वितरणको सूचीकरण सुरु, १५ दिनभित्र विद्यालयमा पुस्तक पुर्‍याउनुपर्ने

काठमान्डौँपाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८४ का लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ तथा बिक्रीवितरण गर्न इच्छुक प्रक...
एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एउटा खेल हुँदैछ । आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्...