आजको मौसमः देशैभरि मुख्यतया सफा रहने



काठमाडौं
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।
दिउँसो कोशी र मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति भने कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन । यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

छुटाउनुभयो कि ?

आजको मौसमः देशैभरि मुख्यतया सफा रहने

आजको मौसमः देशैभरि मुख्यतया सफा रहने

काठमाडौंहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देश...
प्रधानमन्त्रीलाई दरिलो आत्मविश्वासका साथ भारतसँग कुरा राख्न प्रदीप ज्ञवालीको सुझाव

प्रधानमन्त्रीलाई दरिलो आत्मविश्वासका साथ भारतसँग कुरा राख्न प्रदीप ज्ञवालीको सुझाव

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई लक्षित गर्दै नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्...
ठगी तथा संगठित अपराधको कसुरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

ठगी तथा संगठित अपराधको कसुरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

काठमाडौँठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा नेपाल प्रहरीले पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय...
भाेलीदेखि तिलोत्तमामा औद्योगिक व्यापार मेला

भाेलीदेखि तिलोत्तमामा औद्योगिक व्यापार मेला

बुटवलरुपन्देहीको तिलोत्तमामा भाेली मंसिर ३ गतेदेखि चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला सञ्चालन हुंदै छ।तिलोत्तमा उद्योग वाणि...