लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी अन्तर्गत रिजन १४ का जोनहरुमा प्रि-जोन मिटिङ सम्पन्न
बुटवल
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी अन्तर्गत रिजन१४ का सबै जोन ३०, ३१ र ३२का डिस्ट्रिक्ट गभर्नरको एडभाइजरी कमिटी मिटिङ प्रि-जोन मिटिङ सम्पन्न गरेको छ।
जोन ३० का लागि
८२ असार ३० गते, जोन ३० को प्रि-जोन मिटिङ जोन चेयरपर्सन लायन रितु गुरुङको अध्यक्षतामा दियालो फुड ल्याण्ड, कलिका नगरमा सम्पन्न गरेकाे छ। मिटिङमा एरिया ४ चिफ कोर्डिनेटर लायन प्रबिना घिमिरे तथा रिजन चेयरपर्सन लायन ओम थापाको उपस्थितिमा जोन अन्तर्गतका क्लबहरू एलसीबी मणिउजेश, एलसीबी सिद्धार्थ, एलसी रुपन्देही, एलसी रुपन्देही तुल्सी का अध्यक्ष, उपाध्यक्ष, सचिव ,कोषाध्यक्ष सहभागी भएका थिए। डिस्ट्रिक्टबाट उपलब्ध गराइएका विविध एजेन्डामा छलफल गरी बैठक सम्पन्न गरेकाे छ।
जोन ३१ का लागि
८२ श्रावण ३ गते, जोन ३१ को प्रि-जोन मिटिङ जोन चेयरपर्सन लायन नारायण तिवारीको अध्यक्षतामा अल्फा क्याफे, होराइजन चोकमा ...








