२९ जिल्लामा बाढीको जोखिम


काठमाण्डौ – आज बारा, रौतहट, काठमाण्डौ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिममा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै सङ्खुवासभा, सोलुखुम्बु, काभ्रे, कास्की, पर्वत, गोरखा, लमजुङ, म्याग्दी, बाग्लुङ, रोल्पा, प्युठान, जाजरकोट र कालीकोटमा पनि बाढीको जोखिम छ ।

बाढीको जोखिम भएका जिल्ला तथा आसपासका क्षेत्र भई बहने खोला तथा नदी तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको सुझाव छ ।

आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्नसक्ने महाशाखाको अनुमान छ ।

अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका केही ठाउँहरूमा तथा बाँकी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...