आज विश्व जनसङ्ख्या दिवस : प्रजनन दर, शहरीकरण र बसाइँसराइले जनसङ्ख्या वृद्धिमा प्रभाव


काठमाण्डौ – आज विश्व जनसङ्ख्या दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदैछ ।

राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौं वर्ष लाग्यो भने त्यसपछिको दुई सय वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो ।

सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात अर्ब ९० करोड पुगेको छ । जनसङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । सन् २०३० मा आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ ।

जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो zहरीकरण र बसाइँसराइले दूरगामी प्रभाव पारेको एक अध्ययनले देखाएको छ ।

गएको समयको तुलनामा अहिलेको आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेका अध्ययनको निष्कर्ष छ ।

राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले १४ देशका १४ हजारभन्दा बढी मानिससँग गरेको सर्वेक्षण अनुसार प्रजनन उमेरका धेरैजसाे वयस्कले इच्छा अनुसार बच्चा नजन्माउनुका कारण बालबालिकाको हेरचाहमा समस्या, रोजगारीको असुरक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, महामारी, युद्ध र वातावरणीय क्षतिलाई मानिएको छ ।

यो दिवसका अवसरमा मन्तव्य व्यक्त गर्दै महासचिव एन्टोनियो गुटरेसले निष्पक्ष, शान्तिपूर्ण र आशाले भरिएको विश्व निर्माण गर्न युवालाई साथ दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले दिगो विकास, शान्ति र मानव प्रतिष्ठाका लागि उनीहरुका अधिकारको समर्थन आवश्यक भएको बताउनुभएको छ ।

युवाले चाहेको परिवार सिर्जना गर्न उनीहरूलाई सशक्त बनाउने यो वर्षको जनसङ्ख्या दिवसको नारा हो ।

छुटाउनुभयो कि ?

फ्रान्समा फेरि प्रदर्शन हुँदै, ७० हजार सुरक्षाकर्मी परिचालन

फ्रान्समा फेरि प्रदर्शन हुँदै, ७० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौंफ्रान्समा गत साता भएको हिंसा र लुटपाटपछि महँगी तथा सरकारी सेवा कटौतीविरुद्ध शनिबार देशव्यापी प्रदर्शनको तयारी गरिएको ...
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थाला...
मौसम बदलीको संकेत: मंगलबारसम्म धानबाली भित्र्याउन सुझाव, एनपीएलका खेल प्रभावित हुन सक्ने

मौसम बदलीको संकेत: मंगलबारसम्म धानबाली भित्र्याउन सुझाव, एनपीएलका खेल प्रभावित हुन सक्ने

बुटवलजल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम ...
बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बुटवलविजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका र जमरा ग्रहण गरी बडादसैँ मनाइँदैछ । दसैँको मुख्य दिन टीका थाप्न नभ्य...