विविध

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
बुटवल , २४ भदौ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सम्भावित प्रदर्शन, जुलुस र झडपलाई मध्यनजर गर्दै रुपन्देही जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ ( संशोधन सहित ) को दफा ६ को उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा निषेधाज्ञा लागू भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ । यसै गरि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, र सभा जस्ता विरोधका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले यस आदेशको पालना नगर्ने वा अवरोध पुर्‍याउने जो कोहीलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी दिएको छ । ...
आज इन्द्रजात्रा मनाइँदै

आज इन्द्रजात्रा मनाइँदै

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज
काठमाडौंवर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । यसअघि तान्त्रिक विधिद्वारा पूजागरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएक...
फेसबुकसहित सामाजिक सञ्जाल आएनन् दर्ता हुन, राती १२ बजेपछि बन्द हुन्छ: सरकार

फेसबुकसहित सामाजिक सञ्जाल आएनन् दर्ता हुन, राती १२ बजेपछि बन्द हुन्छ: सरकार

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
बुटवल सरकारले फेसबुकसहित सामाजिक सञ्जाल दर्ताका लागि सूचना जारी गरेको म्याद आज सकिँदै छ । सरकारले यही भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य दर्ताका लागि भन्दै सात दिने सूचना निकालेको थियो।सरकारले मन्त्रिपरिषद्‌बाटै निर्णय गरेर सामाजिक सञ्जाललाई दर्ता हुन नआए बन्द गरिदिने चेतावनी दिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दिउँसो पौने ४ बजेसम्म कुनै पनि संस्था सूचीकृत हुन नआएको जानकारी दिए।उनका अनुसार राति १२ बजेसम्म उनीहरूका लागि दिएको समय बाँकी छ। ती संस्थाले एउटा इमेल लेखेर जानकारी दिए भने बन्द नहुने नत्र सर्वोच्चको आदेशअनुसार मन्त्रिपरिषद्ले नै निर्णय गरिसकेको कुरा कार्यान्वयनमा जाने उनले बताए ।सरकारले केही समयअघि टेलिग्रामलाई नेपालमा निष्क्रिय गरिसकेको छ। त्योभन्द...
गोरखाकाे अजिरकाेट केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

गोरखाकाे अजिरकाेट केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार
काठमान्डौगोरखा जिल्लाको अजिरकोट गाउँपालिकालाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार, मंगलबार बिहान ६ बजेर १५ मिनेट जाँदा गोरखा जिल्लाको अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि, भदौ १ गते पनि रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालका विभिन्न भागमा स साना रेक्टरका भूकम्पहरु दोहोरिँदै गएको केन्द्रको भनाइ छ ।भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने आएको छैन । ...
डिजेल र मट्टितेलको घट्यो मुल्य

डिजेल र मट्टितेलको घट्यो मुल्य

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार
काठमाडौंनेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले घटाइएको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले बताए ।यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँले घटेको छ । पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँले घटेको छ ।इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ९६ पैसा, पेट्रोलमा ०.२१ पैसा र हवाई इन्धनमा एक रुपैयाँ ४८ पैसा घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो । डिजेलको मूल्य लिटरको काठमाडौं उपत्यकामा १४४ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ प्रति किलोलिटर ७ डलर घटाएको छ । उपभोक्ता वर्गको हितलाइ ध्यानमा राखी निगमले स्वचालि...
रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा

रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो । उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए ।आकांक्षीहरूमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो । अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएको व्यक्तिलाई उम्मेदवार घोषणा गरेको रास्वपाको दाबी छ । हाल उनी नेसनल न्युरो सेन्टर महाराजगञ्ज काठमाडौंका न्युरोलोजी विभाग प्रमुख हुन् भने नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुन्। ...
रुस युक्रेन युद्ध : हमलामा युक्रेनमा २३ जनाको मृत्यु, ईयूको मुख्यालयमा पनि क्षति

रुस युक्रेन युद्ध : हमलामा युक्रेनमा २३ जनाको मृत्यु, ईयूको मुख्यालयमा पनि क्षति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, समाचार, समाज
काठमाडौंयुरोपेली संघको कार्यकारी आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले जुलाईपछि कीभमा भएको रूसको सबैभन्दा घातक हमलाप्रति आफ्नो आक्रोश व्यक्त गरेकी छन् । उनले रूसले युक्रेनी नागरिकहरूको अन्धाधुन्ध हत्या गरिरहेको बताएकी छन् ।उक्त हमलाले युक्रेनको राजधानीमा रहेको ईयूको प्रतिनिधिमण्डलको कार्यालयमा समेत क्षति पुर्याएको छ ।युक्रेनी अधिकारीहरूका अनुसार सो बमबारीमा चार बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको छ । थुप्रै व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ । एउटा पाँचतले आवासीय भवन पूर्णरूपमा ध्वस्त भएको छ । ईयू मिसन तथा नजिकैको ब्रिटिस काउन्सिलमा क्षति पुगेको छ । कडा शब्दको वक्तव्यमा भोन डेर लेयनले दुईवटा क्षेप्यास्त्र प्रतिनिधिमण्डलको कार्यालयबाट ५० मिटरको दुरीमा प्रहार गरिएका थिए । रूसले लगभग ६०० ड्रोन र ३० भन्दा बढी ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी सेनाल...
भाद्र शुक्ल पञ्चमी : आज सप्त ऋषिको पूजाआराधना गरिँदै

भाद्र शुक्ल पञ्चमी : आज सप्त ऋषिको पूजाआराधना गरिँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
बुटवल भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने भलन छ । कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचनद्र गौतमले बताए । यसरी स्नान गरेपछि अरुन्धत...
आज तिजको दर खाने दिन, यस्तो छ मान्यता

आज तिजको दर खाने दिन, यस्तो छ मान्यता

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपालभरि नारीहरूको महान् पर्वका रूपमा मनाइने हरितालिका तीजको रौनक अहिले देशभरि छाएको छ। भाद्र महिनाको कृष्ण पक्षको तृतीयामा पर्ने यो पर्व विशेष गरी हिन्दु नारीहरूले शिव–पार्वतीको पूजा आराधना गर्दै मनाउँछन्। तर, तीजको अघिल्लो दिन अर्थात् दर खाने दिनलाई पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। दर खाने दिन धार्मिक आस्थासँगै सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको प्रतीकका रूपमा स्थापित भएको छ। तीज भनेको मात्र रातो सारी, हरियो चुरा र नाच–गान मात्रै होइन, यससँगै जोडिएको गहिरो धार्मिक आस्था र सांस्कृतिक परम्पराले यसलाई अझ विशिष्ट बनाएको छ। तीज अघिल्लो दिन अर्थात् दर खाने दिनलाई विशेष महत्वका साथ मनाउने गरिन्छ।दर खाने दिनलाई व्रतको तयारीको दिनका रूपमा लिइन्छ। संस्कृतको ‘दार’ शब्दबाट आएको “दर”को अर्थ शक्ति वा ऊर्जा हुन्छ। तीजको दिन महिलाले निर्जला उपवास बस्छन् । उनीहरू पानीसम्म नखाई शिव–प...
पत्रकार महासंघ रूपन्देहीको तीज मिलन

पत्रकार महासंघ रूपन्देहीको तीज मिलन

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
रूपन्देहीनेपाल पत्रकार महासंघ रूपन्देहीले महासंघमा आवद्ध सदस्यसँगै सञ्चारकर्मीहरूबीच तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ। आइतबार तिलोत्तमा योगीकुटीमा सम्पन्न तीज मिलन कार्यक्रममा मौलिकता, पत्रकारका संगै समाजका दुःख -सुख गीत मार्फत प्रस्तुत गर्दै नाचगान संगै दर खाने कार्यक्रम सम्पन्न भएको हाे। नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल ,वरिष्ठ पत्रकारहरु गुरुदत्त ज्ञवाली ,शम्भुप्रसाद शर्मा, बालकृष्ण चापागाईं ,अर्जुन ज्ञवाली , हरिश ढकाल, सिमानन्द भट्टराई ,कुलमणि ज्ञवाली ,सञ्चार समन्वय परिषद् लुम्बिनी प्रदेश अध्यक्ष मिलन गाहा ,पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष द्वय रामप्रसाद आचार्य र मिना ढकाल, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्य ,संञ्चारिका स...