गोरखाकाे अजिरकाेट केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प


काठमान्डौ
गोरखा जिल्लाको अजिरकोट गाउँपालिकालाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार, मंगलबार बिहान ६ बजेर १५ मिनेट जाँदा गोरखा जिल्लाको अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि, भदौ १ गते पनि रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालका विभिन्न भागमा स साना रेक्टरका भूकम्पहरु दोहोरिँदै गएको केन्द्रको भनाइ छ ।
भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने आएको छैन ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...