रसुवा भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
काठमाडौँरसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको राससलाई जानकारी दिए । बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ लिङ्ग नखुलेका नागरिक छन् । वेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतीय छन् ।
विभागका अनुसार भारतका १८९ नागरिक वेपत्ता भएका छन् । यसबाहेक अष्ट्रेलियाका ३३, बेलारुसका दुई, क्यानडाका ३०, फिनल्याण्डका एक, फ्रान्स चार, जर्मनी आठ, हङ्गेरी एक, आइरिस दुई, इजरायल एक, लिथ्वानियाका एक, मलेसियाका ५५, नेदरल्याण्डका दुई जना बेपत्ता भएका छन् ।
न्यूजरल्याण्डका पाँच, पोर्चुगलका दुई, रसियाका छ, सिङ्गापुरका नौ, साउथ अफ्रिकाका छ, स्पेनका दुई, युक्रेनका ५४, ब...








