बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल



काठमाडौं
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र उच्चतहका युरोपेली सुरक्षा अधिकारीहरू रुसी आक्रमणबाट बच्न सफल भएका छन् । उनीहरू सवार रेल छुटेको केही समयपछि युक्रेन–पोल्यान्ड सीमानजिकै एक युक्रेनी रेलमाथि रुसी ड्रोनले आक्रमण गरेको छ ।
याहोदिनमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि कुनै पनि मानवीय क्षति नभएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण हुनुअघि नै सबै यात्रुलाई सुरक्षित रूपमा रेलबाट बाहिर निकालिएको थियो ।
जोन्सन, बेलायती प्रधानमन्त्री कार्यालयका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेललगायत युरोपेली राष्ट्रिय सुरक्षा अधिकारीहरू किभमा आयोजित एक सम्मेलनबाट फर्कने क्रममा अर्कै रेलमार्फत सोही रेलवे लाइन हुँदै गएका थिए ।

रुसले पश्चिमी युक्रेनको ‘रेलवे पूर्वाधार’लाई निशाना बनाएको जनाएको छ । तर, युक्रेनको सरकारी रेलवे कम्पनी उक्रजालिज्निचियाले आक्रमणको निशाना सम्भवतः कूटनीतिक रेल नै हुन सक्ने जनाएको छ ।

कम्पनीले वक्तव्य जारी गर्दै रूसी आक्रमणको खतराका कारण समयतालिकामा गरिएको परिवर्तनले कूटनीतिक रेल अपेक्षाभन्दा अघि नै स्टेसनबाट छुटेको जनाएको छ ।

कम्पनीका अनुसार जेट–सञ्चालित रुसी ड्रोनले आक्रमण गर्नुभन्दा ठीक १५ मिनेटअघि प्रभावित रेलका यात्रुलाई बाहिर निकाल्न आदेश दिइएको थियो ।

रेलवे प्राधिकरणका अनुसार ड्रोन आक्रमणका बेला अमेरिकी गुप्तचर संस्था सीआईएका पूर्वप्रमुख डेभिड पेट्रायस पनि याहोदिन स्टेसनमा रहेको अर्को रेलमा सवार थिए ।

युक्रेन र पोल्यान्डका अधिकारीहरूका अनुसार रुसी ड्रोनले पोल्यान्डको सीमाबाट करिब दुई किलोमिटर टाढा आक्रमण गरेको थियो ।

यात्रुलाई उद्धारका लागि तयार रहन निर्देशन
किभ सम्मेलनमा सहभागी स्विडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्ड्टले बीबीसीलाई बताएअनुसार उनको रेल रोकिएपछि यात्रुलाई उद्धारका लागि तयार रहन भनिएको थियो । केही मिनेटपछि भने अवस्था सामान्य रहेको र यात्रा जारी राख्न सकिने जानकारी दिइएको थियो ।

“म सवार रहेको रेल रोकिएपछि हामीलाई उद्धारको तयारी गर्न आदेश दिइएको थियो । तर केही मिनेटपछि स्थिति सामान्य भएको र अघि बढ्न सकिने जानकारी दिइयो,” उनले भने ।

त्यसपछि उक्त रेल सुरक्षित रूपमा पोल्यान्डको सीमावर्ती डोरोहुस्कस्टेसन पुगेको थियो ।

केही समाचारमा बिल्ड्ट र जोन्सन एउटै रेलमा सवार रहेको दाबी गरिए पनि जोन्सनले यसबारे कुनै विवरण पुष्टि गरेका छैनन् ।

जोन्सनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “आज बिहान पोल्यान्डको सीमामा रोकिएको युक्रेनी लोकोमोटिभलाई उडाउन पुटिनलाई कस्तो विकृत तर्कले प्रेरित गर्‍यो, मलाई थाहा छैन ।”

उनले नागरिक रेलवेमा समेत युक्रेनीहरूले दिनहुँ आक्रमण सहनु परेको भन्दै किभका सहयोगीहरूलाई युक्रेनलाई अत्यावश्यक वायु रक्षा प्रणाली तत्काल उपलब्ध गराउन आग्रह गरेका छन् ।

युक्रेनले तीव्र गतिमा प्रहार गर्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र र जेट–सञ्चालित ड्रोनबाट भइरहेका रुसी आक्रमण रोक्न थप इन्टरसेप्टर उपलब्ध गराउन आफ्ना सहयोगी, विशेषगरी अमेरिकासँग, बारम्बार आग्रह गर्दै आएको छ ।

छुटाउनुभयो कि ?

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौँ‘बालापनको रक्षा: भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । बालमैत्री वातावरणमा ब...
आज हरितालिका तीज: बाढीका कारण छैन रौनक

आज हरितालिका तीज: बाढीका कारण छैन रौनक

काठमाडौँभदौ लागेसँगै गाउँघरमा तीजका गीत घन्किन्थे । दिदीबहिनीहरू माइती जाने तयारीमा जुट्थे । दाजुभाइ चेलीबेटीलाई लिन जाने ...
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल

बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल

काठमाडौंबेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र उच्चतहका युरोपेली सुरक्षा अधिकारीहरू रुसी आक्रमणबाट बच्न सफल भएका छन् । उन...
सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

बुटवलवि.सं.२०२६ सालमा गुल्मीको रुरुक्षेत्र ५ वम्घामा जन्मिएका विष्णुहरी ज्ञवालीले ०५२ सालमा श्री जनबोध उच्च माविबाट शिक्षक से...