२५ वर्षदेखि एउटै पदमा उनै प्रतिष्पर्धी !
गुल्मी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्य पदमा २५ वर्ष अघिकै प्रतिष्पर्धी उम्मेदवार बनेका छन् ।
गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को प्रदेश सभा (क) मा उम्मेदवार बनेका नेकपा एमालेका डिल्लीराज भुसाल र नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ बीच २५ वर्ष अघिबाट एउटै पदमा प्रतिष्पर्धा हुँदै आएको हो । तत्कालिन तम्घास गाविसको अध्यक्ष पदका लागि २०५४ सालमा सम्पन्न स्थानीय निकाय निर्वाचन गाविस अध्यक्ष पदमा भुसाल र श्रेष्ठ बिच प्रतिस्पर्धा भएको थियो ।
त्यस्तै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा कांग्रेसबाट श्रेष्ठ र एमालेबाट भुसालबीच प्रतिष्पर्धा भएको थियो । ०५४ सालको निर्वाचनमा त्यतिबेलाको गाविस अध्यक्षमा कांग्रेसका श्रेष्ठ निर्वाचित भएका थिए । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख...








