
कृष्ण पन्थी
बुटबल
जापानको न्यागोया स्याङ्गगा विश्वविधालयको वातवरणविदहरुको टोली र तिलोत्तमा न पा वडा नं २ मा अवस्थित श्री शंकरनगर दुर्गादत्त मा वि विच वातावरणीय स्वास्थ्य, कार्बन उत्सर्जन, जलवायु परिवर्तन र हरियाली प्रवर्द्धन सम्बन्धि सहकार्य अगाडि बढाइएको छ।
जापानी वातावरण विज्ञ ओकामुरा कियोशी र अनुसन्धानकर्ताहरु भानुभक्त पुरी, संंयोग पौडेल र पुजा अधिकारीको टोलीलाई विधालयमा स्वागत गरिएको थियो । उक्त अनुसन्धान टोलीले काठमाडैको SOS विधालय, पोखराको अमरसिंह मा वि संग यस भन्दा पहिलेनै सहकार्य गरेको र रुपन्देहीमा शंकरनगर दुर्गादत्त मा वि लाई छनोट गरेको प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेयले बताउनु भयो।