गुल्मी बलेटक्सार- रुपन्देही सम्पर्क समाजको तीज मिलन


बुटवल

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड नं ४ साविक बलेटक्सार गाविसबाट पेशा व्यवसाय तथा बसाईसरी रुपन्देहीमा बसोबास गरेका बलेटक्सार वासिको वनबाटिकामा संस्थाको आठौं साधारण सभा तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।विभिन्न कारणले आफ्नो जन्मस्थान छाडी रुपन्देहीमा रहने वलेटक्सार वासिहरूको एकआपसी सद्भाव ,भातृत्व र तीजको अवसरमा नाचगान गरी मनोरञ्जन दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै रुरु क्षेत्र वार्ड नं ४ का वडा अध्यक्ष मोतीप्रसाद श्रेष्ठले विविध कारणले रूपन्देहीमा आई बसोबास गरेतापनि आफ्नो जन्मस्थानलाई माया गरी आर्थिक ,शैक्षिक ,स्वास्थ्य ,मनोरञ्जन जस्ता माध्यमबाट सहयोग गर्ने गरेकोमा संस्थालाई धन्यवाद दिए। उनले अहिले तीज जस्ता पर्वहरूमा मौलिकता कम हुँदै गएकोमा यस संस्थाले मौलिकतालाई प्राथमिकतामा राख्नेमा विश्वस्त हुँदै शुभकामना दिए। संस्थाका अध्यक्ष कपिल ज्ञवालीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले एक्लैले गरेर कुनै काम योजना सफल हुन नसक्ने हुनाले यी र यस्ता कार्यक्रममा तथा योजनाहरूमा संस्थामा आबद्ध तथा सबैको साथ सहयोग आवश्यक पर्ने औंलाउँदै तीजको शुभकामना दिए ।

संस्थाका पूर्व अध्यक्ष तथा नेकपा एमाले गुल्मी रूपन्देही सम्पर्क मञ्चका अध्यक्ष हेम थापाले संस्थाले आफ्नो जन्मठाउँलाई आर्थिक, शैक्षिक, स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रमा विभिन्न कार्यक्रम मार्फत साथ सहयोग गर्दै आएको र आगामी समयमा थप क्रियाशील रहन संस्थामा आबद्ध तथा सहभागीलाई अनुरोध गरे । संस्थाका संस्थापक अध्यक्ष नारायण ज्ञवालीले आफ्नो योजनामा बनेको संस्थाको प्रगतिप्रति कृतज्ञता प्रकट गरे। महिला तथा पुरुषहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सहभागीहरुले मौलिक गीत र ना नाच प्रस्तुत गर्दै कार्यक्रम रोचक बनाएका थिए। संस्थाका उपाध्यक्ष बुद्धि ज्ञवाली ,महिला उपाध्यक्ष लक्ष्मी ज्ञवाली लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिल्लीराज गौतमले गरेका थिए।

छुटाउनुभयो कि ?

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...
भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

काठमाडौँसामाजिक सञ्जालहरूमा शुक्रबारदेखि लगातार पाँच दिन सार्वजनिक बिदा भनेर प्रचार भइरहेको छ। तर, गृह मन्त्रालयले भने सोमबार...
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...