गुल्मी बलेटक्सार- रुपन्देही सम्पर्क समाजको तीज मिलन


बुटवल

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड नं ४ साविक बलेटक्सार गाविसबाट पेशा व्यवसाय तथा बसाईसरी रुपन्देहीमा बसोबास गरेका बलेटक्सार वासिको वनबाटिकामा संस्थाको आठौं साधारण सभा तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।विभिन्न कारणले आफ्नो जन्मस्थान छाडी रुपन्देहीमा रहने वलेटक्सार वासिहरूको एकआपसी सद्भाव ,भातृत्व र तीजको अवसरमा नाचगान गरी मनोरञ्जन दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै रुरु क्षेत्र वार्ड नं ४ का वडा अध्यक्ष मोतीप्रसाद श्रेष्ठले विविध कारणले रूपन्देहीमा आई बसोबास गरेतापनि आफ्नो जन्मस्थानलाई माया गरी आर्थिक ,शैक्षिक ,स्वास्थ्य ,मनोरञ्जन जस्ता माध्यमबाट सहयोग गर्ने गरेकोमा संस्थालाई धन्यवाद दिए। उनले अहिले तीज जस्ता पर्वहरूमा मौलिकता कम हुँदै गएकोमा यस संस्थाले मौलिकतालाई प्राथमिकतामा राख्नेमा विश्वस्त हुँदै शुभकामना दिए। संस्थाका अध्यक्ष कपिल ज्ञवालीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले एक्लैले गरेर कुनै काम योजना सफल हुन नसक्ने हुनाले यी र यस्ता कार्यक्रममा तथा योजनाहरूमा संस्थामा आबद्ध तथा सबैको साथ सहयोग आवश्यक पर्ने औंलाउँदै तीजको शुभकामना दिए ।

संस्थाका पूर्व अध्यक्ष तथा नेकपा एमाले गुल्मी रूपन्देही सम्पर्क मञ्चका अध्यक्ष हेम थापाले संस्थाले आफ्नो जन्मठाउँलाई आर्थिक, शैक्षिक, स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रमा विभिन्न कार्यक्रम मार्फत साथ सहयोग गर्दै आएको र आगामी समयमा थप क्रियाशील रहन संस्थामा आबद्ध तथा सहभागीलाई अनुरोध गरे । संस्थाका संस्थापक अध्यक्ष नारायण ज्ञवालीले आफ्नो योजनामा बनेको संस्थाको प्रगतिप्रति कृतज्ञता प्रकट गरे। महिला तथा पुरुषहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सहभागीहरुले मौलिक गीत र ना नाच प्रस्तुत गर्दै कार्यक्रम रोचक बनाएका थिए। संस्थाका उपाध्यक्ष बुद्धि ज्ञवाली ,महिला उपाध्यक्ष लक्ष्मी ज्ञवाली लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिल्लीराज गौतमले गरेका थिए।

छुटाउनुभयो कि ?

अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...
जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

काठमाडौँअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहका...
बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँल...