अर्घाखाँचीमा जिप दुर्घटना १ काे मृत्यु ९ घाइते


बुटवल
अर्घाखाँची शितगंगा नगरपालिका हिलेखोला नजिकै डवल क्याप जिप दुर्घटना हुदा एक जनाकाे मृत्यु भएको छ । यस्तै दुर्घटनामा ९ जना घाइते भएका छन । मृत्युु हुनेमा छ्त्रदेव ५ टुनिचौर ६५ का रामप्रसाद पन्थी रहेको प्रहरी जनाएको छ । अर्घाखाँचीकाे छत्रदेव गाउँपालिकावाट बुटवल जाँदै गरेकाे लु.१.ज ४७६३ नम्बरकाे डबल क्याप जिप आफै अनियन्त्रित भई सडकवाट करिव १ सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ । गाडिमा चालक सहित १० जना सवार रहेका बताईएकाे छ । दुर्घटनामा परि छत्रदेव ५ का ४० बर्षिय चुरा बहादुर खत्री,बर्ष ४० की साबित्रा बि.क. साेहि स्थानकै २४ बर्षिय अनिता परीयार उनकाे २० महिनाको छाेरा प्रयन्स परीयार बर्ष  ४२ की गीता आचार्य  बर्ष १७ की दीक्षा पौडेल,बर्ष ४४ की कमला अधिकारी
बर्ष  ७ की अनुष्का पंथी र हालसम्म ठेगाना नखुलेको बर्ष  २६ की बिष्णु थापा घाइते भएका छन । घाइते अधिकाशंकाे टाउकाे,ढाड,कान र खुट्टामा चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक हवल्दार यम बहादुर महतले जानकारी दिएका छन । घाइते सवैकाे ठाडामा सामान्य उपचार पछि बुटवल रिफर गरिएको छ ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...