स्थानीय

विकास,सम्बृद्धि र सुशासनमा उल्लेख्य काम भएका छन् : बुनपा ८का वडाध्यक्ष पंगेनी

विकास,सम्बृद्धि र सुशासनमा उल्लेख्य काम भएका छन् : बुनपा ८का वडाध्यक्ष पंगेनी

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिका वडा नं. ८ ले पछिल्लो चार वर्षमा सम्पन्न गरेका विकास निर्माण तथा सेवा प्रवाहबारे सार्वजनिक गरेको छ ।कार्यक्रममा वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले २०७९ जेठ ९ गते पदभार ग्रहण गरेएता शिक्षा, स्वास्थ्य, पूर्वाधार, विद्युत, खानेपानी, खेलकुद, रोजगार तथा राजश्व संकलनका क्षेत्रमा वडावासीको माग अनुसार काम गरिएको बताएका छन्। वडाध्यक्ष पंगेनीका अनुसार वडा कार्यालय भवन १० महिनामै निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा सहयोग गरेको भन्दै पूर्व वडाध्यक्ष भीम बहादुर श्रेष्ठ प्रति उनले आभार व्यक्त गरे ।पूर्वाधार विकासतर्फ जे.वि हरित पार्क निर्माण, विभिन्न टोलमा सडक पिच मर्मत, खुला व्यायामशाला निर्माण तथा सञ्चालन, जनता माध्यमिक विद्यालय परिसरमा ब्लक टायल बिछ्याउने काम सम्पन्न गरिएको उनले जानकारी दिए । साथै सडक बोर्डको सहयोगमा सडक मर्मत तथा मि...
लुम्बिनीमा पहिलोपटक उद्योग संघको आयोजनामा सीप च्याम्पियनसिप सम्पन्न

लुम्बिनीमा पहिलोपटक उद्योग संघको आयोजनामा सीप च्याम्पियनसिप सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिएको छ।प्रदेशभका १२ जिल्लाका करिब १ हजारभन्दा बढी सीपमूलक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीसहित उद्योगी–व्यवसायी तथा अवलोकनकर्ताहरुलाई सरोकारवाला निकायसँग एकै मन्चमा राखेर यस्तो कार्यक्रम आयोजना गरिएको हो । रुपन्देही उद्योग संघको आयोजना तथा सामाजिक विकास मन्त्रालय लुम्बिनीको समन्वयमा रुपन्देहीको तिलोत्तममा शुक्रबार आयोजित लुम्बिनी सीप च्याम्पियनसिप कार्यक्रम अटो मेकानिकल, आईटी तथा होटल म्यानेमेन्टमा अध्ययन गर्ने विद्यार्थीहरुलाई फिल्डमै प्रतिस्पर्धा गराइएको थियो भने स्वदेशमा उत्पादन भएका विभिन्न उद्योगहरुले आफ्नो प्रदर्शनी गरेका थिए । दक्ष जनशक्ति उत्पादन, रोजगारी अवसर प्रवद्र्धन तथा स्वदेशमै सम्मान...
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः आगामी बर्षको नीति तथा कार्यक्रम स्वीकृत

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः आगामी बर्षको नीति तथा कार्यक्रम स्वीकृत

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८३\०८४ को बार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार बसेको बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । सरकारले आगामी जेठ ११ गते नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ । बैठकले निता पोख्रेल अर्याललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा इञ्जिनियर छविराज पोख्रेललाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ । ...
लुम्बिनीमा बजेटका सिद्धान्त प्रस्तुत : उत्पादन, रोजगारी र क्रमागत पूर्वाधारलाई प्राथमिकतामा दिइने

लुम्बिनीमा बजेटका सिद्धान्त प्रस्तुत : उत्पादन, रोजगारी र क्रमागत पूर्वाधारलाई प्राथमिकतामा दिइने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने बताएको छ ।आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बजेट ल्याइने बताए ।उनले चालु खर्च नियन्त्रण गर्दै पुँजीगत खर्चको प्रभावकारिता बढाइने, सार्वजनिक खर्चमा मितव्ययिता अपनाइने तथा वित्तीय अनुशासन कायम गरिने जनाए । प्रदेश सरकारको दोस्रो आवधिक योजना, दिगो विकास लक्ष्य, संविधानको समाजवाद उन्मुख अवधारणा तथा ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को दीर्घकालीन सोचलाई बजेट निर्माणको मुख्य आधार बनाइएको उनले उल्लेख गरे । मन्त्री कार्कीले कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधार ...
लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्षमा सुमन रश्मी श्रेष्ठ

लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्षमा सुमन रश्मी श्रेष्ठ

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलबुटवलमा रहेको लायन्स क्लब अफ बुटवल खस्यौली ले वर्ष २०२६/०२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ । क्लबको १७औँ अधिवेशनबाट सुमन रश्मी श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।नयाँ कार्यसमितिअनुसार प्रथम उपाध्यक्षमा सन्तोष नेपाल, द्वितीय उपाध्यक्षमा महेश पौडेल क्षेत्री तथा तृतीय उपाध्यक्षमा कृष्ण श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सचिवको जिम्मेवारी रेशम न्यौपानेले पाएका छन् भने कोषाध्यक्षमा प्रदीप ढकाल चयन भएका छन् ।क्लबले विभिन्न विभागीय जिम्मेवारी समेत तोकेको छ । एलसीएफ कोअर्डिनेटरमा सन्दीप पौडेल, मेम्बरसिप चेयरम्यानमा राजन पाठक, जनसम्पर्क अधिकारी (पीआरओ) मा ओसिन श्रेष्ठ तथा सर्भिस चेयरम्यानमा तारा पुरी चयन भएको निर्वाचन आयुक्त राजु खत्रीले जानकारी दिए । अधिवेशन कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष मुक्ती प्रसाद श्रेष्ठ, पूर्व अध्यक्षहरू बाबुराम बोहोरा, गोपाल पाण्डे र विष्णु उपाध्यायलगा...
मौसम पूर्वानुमान: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। साथै बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ। । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भैरहेको छ ।आज दिउँसो कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भू-भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा, मधेश प्रदेश तथा ल...
प्राविधिक शिक्षामा युवाको आकर्षण बढाउन ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना हुँदै

प्राविधिक शिक्षामा युवाको आकर्षण बढाउन ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना हुँदै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलयुवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमै पहिलो पटक ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिने भएको छ । ‘प्राविधिक शिक्षामा जोड, रोजगारीको अवसरमा नयाँ मोड’ भन्ने मूल नारासहित रुपन्देही उद्योग संघले कार्यक्रम आयोजना गर्न लागेको हो ।रुपन्देही उद्योग संघले बुधबार पत्रकार सम्मेलन गर्दै यही जेठ ८ गते बिहान १० बजेदेखि तिलोत्तमास्थित Hotel Bodhi Villa मा कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको हो । कार्यक्रम सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशको समन्वय तथा ‘विगी तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर दोस्रो चरण)’ को सहयोगमा आयोजना हुन लागेको जनाइएको छ ।पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले हाल उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको माग र बजारमा उपलब्ध जनशक्तिको सीपबीच...
प्रथम बुटवल स्काउट क्याम्प सम्पन्न, ७२ विद्यार्थी सहभागी

प्रथम बुटवल स्काउट क्याम्प सम्पन्न, ७२ विद्यार्थी सहभागी

ताजा अपडेट, विविध, समाचार, स्थानीय
बुटबल ४ , रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ सुख्खानगरस्थित सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालय मा स्थानीय स्काउट कार्यालय बुटवलको आयोजनामा प्रथम बुटवल स्काउट क्याम्प सम्पन्न भएको छ। बुटवल उपमहानगरपालिका को आर्थिक सहयोगमा जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन भएको तीन दिन दुई रातको क्याम्पमा बुटवलका ६ वटा सामुदायिक तथा ४ वटा संस्थागत विद्यालयका गरी ७२ जना विद्यार्थीको सहभागिता रहेको थियो।नयाँ स्काउट सदस्य प्रवेश गराउने तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय ले प्रमाणपत्र, अक्स्फोर्ड माध्यमिक विद्यालय ले खाना प्रतियोगिताका लागि सहयोग तथा न्यू होराइजन आवासीय माध्यमिक विद्यालय ले सांस्कृतिक नृत्य प्रतियोगिताका पुरस्कार सौजन्य गरेको थियो।क्याम्पको पहिलो दिन सहभागी विद्यार्थीहरूलाई मङ्की ब्रिज, टनेल क्रसिङ, ओमेगा जम्प,...
मोटरसाइकल दुर्घटनाबाट गुल्मीमा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनाबाट गुल्मीमा २ जनाको मृत्यु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
गुल्मीगुल्मीको काली गण्डकी कोरिडोर अन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा जिल्ला कालिगण्डकी गाउँपालिका –३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्षीय गिरमान सिंह राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गङ्गा बहादुर सारुले जानकारी दिएका छन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राति करिब १० बजे सत्यवती गाउँपालिका –१ ठुलाबगर छल्दी स्थित रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका थापाको टाउकोमा गम्भीर चोट लागेको थियो भने रानाको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । उनीहरू दुवै जनाको उपचारको...
बुटवलमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

बुटवलमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलभूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय भेला बुटवलमा सुरू भएको छ। सरकारले व्यवस्थापन बिना नै आफूहरूका घर टहरामा डोजर चलाएर हटाउन खोजेको भन्दै देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित भएका छन्। सोही क्रममा आइतबार बुटवलमा राष्ट्रिय भेला आयोजना गरेका हुन्। आइतबार दिउँसो बुटवलको राजमार्ग चौराहाबाट र्‍याली सहितको प्रदर्शन गरेका थिए। विभिन्न प्रदेश र २२ वटा जिल्लाबाट सहभागी भएका भूमिहीन सुकुम्बासीहरूको उक्त र्‍याली ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो।चर्को गर्मीबीच छाता ओढेर महिला तथा वृद्धवृद्धाहरू समेत उक्त र्‍यालीमा सहभागी भएका थिए। उनीहरूले सरकारले विकल्प बिना आफूहरूका घर टहरामा डोजर चलाएर हटाउने, लखेट्ने कार्य गरेकाले विरोधमा प्रदर्शन गरिएको बताए। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीका सल्लाहकार वीरेन...