तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा
रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि होटल तथा रेष्टुरेन्ट व्यवसायमा आबद्ध रामबहादुर न्यौपानेले नयाँ व्यवस्थापन र थप सुविधासहित रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
शुक्रबार एक कार्यक्रमका बीच रेष्टुरेन्टको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले मुलुकको अर्थतन्त्र चलायमान बनाउन होटल तथा रेष्टुरेन्ट व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताए । ‘होटल व्यवसायमा हजारौँ युवाले रोजगारी पाएका छन्,’ उनले भने, ‘यस क्षेत्रको विकासले रोजगारी सिर्जनासँगै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग गरेको छ ।’नगरप्रमुख खाणले होटल तथा रेष्टुरेन्ट व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न सकिने वातावरण बनाउनुपर्नेमा जोड दिए । ग्राहकलाई अनावश्यक दुःख दिने गरी होटल तथा रेष्टुरेन्टमा प्रहरीबाट छापा ...








