लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री बन्ने



बुटवल
लुम्बिनी प्रदेशमा सरकार फेरबदलको तयारी सुरु भएको छ ।
नेकपा एमालेभित्र वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यलाई हटाएर पूर्वमुख्यमन्त्री लीला गिरीलाई सरकारको नेतृत्वमा ल्याउने विषयमा सघन छलफल भइरहेको छ ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच यही साउनमा सत्ता सहकार्य हुँदा मुख्यमन्त्री आचार्यले दुई महिनापछि सत्ताको बागडोर लीला गिरीलाई हस्तान्तरण गर्ने आन्तरिक सहमति भएको थियो ।
सोही सहमतिअनुसार एमालेले लीला गिरीलाई मुख्यमन्त्री बनाउन लागेको हो ।

सरकार परिवर्तनका लागि पार्टीमा आन्तरिक रूपमा छलफल भइरहेको र छिट्टै निष्कर्षमा पुग्ने लीला गिरीले बताए । गिरीका अनुसार अबको बढीमा १० दिनभित्र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुन सक्छ ।

‘तयारी पार्टीले गर्दै छ, पार्टीले मिलाउने हो । अहिले यति दिनभित्रै हुन्छ भनेर म भन्न सक्दिनँ । समय लाग्ला, दुई–चार दिनभित्रै पनि हुन सक्छ, हप्ता–दस दिन लाग्न सक्छ । पार्टीभित्र आन्तरिक रूपमा कुराकानी चलिरहेकै छ, परिस्थितिअनुसार निर्णय हुन्छ,’ गिरीले भने ।

मुख्यमन्त्री चेतनारायण आचार्यले यस विषयमा अहिलेसम्म पार्टीले कुनै आधिकारिक निर्णय नगरेको र पार्टीले छाड्न भने आफू छाड्न तयार नै रहेको बताए । मुख्यमन्त्री आचार्यले आफू पार्टीको सिपाही भएकाले पार्टीले गर्ने आदेशलाई आफूले स्वीकार गर्ने बताए ।

‘पार्टीको कुरा भयो, पार्टीले मलाई छाड्न भन्यो भने त म तयार नै छु । मलाई मुख्यमन्त्री बनाएको पार्टीले हो । पार्टीले बिदा हुन भन्यो भने त बिदा हुनै त पर्‍यो नि । तर, अहिलेसम्म कुनै पनि आधिकारिक कुरा भने आएको छैन । आए म जतिबेला पनि छाड्न तयार नै छु । म पार्टीको सिपाही हुँ । पार्टीले जे आदेश गर्छ, त्यसलाई शिरोधार्य गर्छु,’ कुराकानीमा मुख्यमन्त्री आचार्यले भने ।

छुटाउनुभयो कि ?

चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

बुटवलबङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भा...
लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री बन्ने

लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री बन्ने

बुटवललुम्बिनी प्रदेशमा सरकार फेरबदलको तयारी सुरु भएको छ ।नेकपा एमालेभित्र वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यलाई हटाएर पूर्...
भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायममा ७९ अर्बको क्षति : आयोग

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायममा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार,व्यवसाय,प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्र...
एनपीएल : विराटनगरमाथि चितवनको जित

एनपीएल : विराटनगरमाथि चितवनको जित

बुटवलडविड मलानको उत्कृष्ट ब्याटिङ र कमल ऐरिको कसिलो बलिङमा चितवन राइनोजले नेपाल प्रिमियर लिग ९एनपीएल०मा विजयी सुरुवात गरेको छ...