स्थानीय

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक–२०८० पारित

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक–२०८० पारित

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – राष्ट्रियसभाले मिडिया काउन्सिल विधेयक–२०८० पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । यो विधेयक तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले २०८१ वैशाख १२ गते मिडिया काउन्सिल विधेयक दर्ता गराउनुभएको थियो । विज्ञ तथा सरोकारवाहरूले उठाउँदै आएको काउन्सिलको नेतृत्वसम्बन्धी मूल विषयलाई यथावत राखेर राष्ट्रिय सभाले विधेयक पारित गरेको हो । सरकारले नियुक्त गरेको व्यक्ति नै काउन्सिलको अध्यक्ष हुने प्रावधानले काउन्सिलका काम कारबाहीमाथि सरकारको छाया कामयै रहने भन्दै विज्ञ तथा सरोकारवालाहरूले आलोचना गर्दै आएका छन् । राष्ट्रियसभाको अर्को बैठक आउँदो फागुन ४ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ । ...
राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी गुल्मीकाे चाैंथाै पुर्ण बैठक सम्पन्न

राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी गुल्मीकाे चाैंथाै पुर्ण बैठक सम्पन्न

Breaking news 2, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी गुल्मीकाे चाैंथाै पुर्ण बैठक एमाले पाटि कार्यालय तम्घासमा सोमबार सम्पन्न भएको छ ।नेकपा एमाले केन्द्रीय कमिटी सदस्य जङ्ग नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा बिशिस्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, विशेषअतिथि प्रेस चाैतारि नेपालका पुर्व केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी का सदस्य कपुर घिमिरे , राष्ट्रिय युवा सङ्घ प्रदेश कमिटीका सचिब सन्ताेस वलि ,प्रदेश कमिटी का काेषाध्यक्ष डेन्जिङ रायमाझी लगाएत काे उपस्थिती रहेको बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले पालिका कमिटीको बैठक फाल्गुन महिनाको पहिलो हप्ताभित्र सम्पन्न गर्ने ,पालिका बैठकले वडा कमिटी गठन गर्ने ,प्रशिक्षण कार्यतालिका र साईवर सर्कल निर्माण गर्ने ,एक पालिका एक रचनात्मक कार्य अनिवार्य गर्ने ,पार्टीकाे ३ महिने वडा क...
नेकपा रुपन्देहीद्वारा  कार्यकर्ता प्रशिक्षण

नेकपा रुपन्देहीद्वारा कार्यकर्ता प्रशिक्षण

Breaking news 3, ताजा अपडेट, समाचार, स्थानीय
विनोद खनाल बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बुटवल र भैरहवामा गरि दुई चरणमा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीको उत्तरीभागका पालिकाहरुको बुटवलमा र दक्षिणीभागका पालिकाहरुको भैरहवामा शुक्रबार र शनिवार गरि दुईदिन पार्टी सदस्य तथा अगुवा कार्याकर्ताहरुलाई समेटेर प्रशिक्षण दिइएको थियो । पार्टीका पोलिटब्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बसन्त सीको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका सयौं अगुवा कार्यकर्ता सहभागी रहेका दुबै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बसन्त सीले नेपालको गणतन्त्रलाई दलाल पुजीपति तथा भ्रष्टहरुले कब्जा गरेको भन्दै पुनः नयाँ खालको आन्दोलन जरुरी रहेको बताए । जनयुद्धबाट प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै समाजवादी गणतन्त्रको लागि जुनसुकै मोर्चाबाट समेत लडाइँ लड्न पार्टी तयार...
प्रेस चौतारी नेपाल गुल्मीको अध्यक्षमा नारायण प्रभात मरासिनी

प्रेस चौतारी नेपाल गुल्मीको अध्यक्षमा नारायण प्रभात मरासिनी

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
गोकर्ण पाण्डे गुल्मी प्रेस चौतारी नेपाल गुल्मी को अध्यक्षमा नारायण प्रभात मरासिनी सर्वसम्मत निर्वाचित भएका छन् । बिहिबार सम्पन्न १०औं जिल्ला अधिवेशनले झण्डै डेढ दशक देखि पत्रकारिता गरिरहेका संचार पत्रका प्रधान सम्पादक समेत रहेका मरासिनीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा अर्जुन भण्डारी, महिला उपाध्यक्षमा अम्बिका आचार्य, सचिवमा सूर्य सुनार, सह-सचिवमा गोकर्ण पाण्डे,महिला सह सचिवमा स्नेहा नेपाली र कोषाध्यक्षमा विष्णु पाण्डे( कोसिस) निर्वाचित भएका हुन् । यस्तै, सदस्यहरूमा रामकृष्ण कँडेल, सज्जन ढकाल,लक्ष्मण सुनार, चिरञ्जीवी ज्ञवाली निर्वाचित भएका छन् । अधिवेशनले ज्ञानबहादुर महतरा र गगनशिला खड्का लाई केन्द्रीय प्रतिनिधि, लोकप्रसाद छन्त्याल, गंगा खड्का प्रदेश प्रतिनिधिमा चयन गरेको छ । ...
प्रेस चौतारी नेपाल रुपन्देहीको अधिवेशन माघ २८ मा हुने

प्रेस चौतारी नेपाल रुपन्देहीको अधिवेशन माघ २८ मा हुने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलप्रेस चौतारी नेपाल रुपन्देहीको आठौं जिल्ला अधिवेशन चार दिन पछि सरेको छ । यसअघि माघ २४ गतेका लागि अधिवेशन तय गरिएकोमा प्राविधिक कारणवश माघ २८ गतेका लागि अधिवेशन गर्ने निर्णय गरिएको संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले बताए । अध्यक्ष पौडेलका अनुसार जिल्ला अधिवेशनका दिन प्रेस चौतारी परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार र प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार गरी दुईवटा पुरस्कार वितरण गरिनेछ । त्यस्तै संस्थाको कल्याणकारी कोषमा २५ हजारदेखि माथि सहयोग गर्ने सहयोगदाताहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले बताए । जिल्ला अधिवेशनको अवसरमा चौतारी सन्देश नामक स्मारिकाको समेत विमोचन गर्ने कार्यक्रम रहेको छ । जिल्ला अधिवेशनको उदघाटन नेपाल सरकारका प्रवक्ता , सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्ने अध्यक्ष पौडेलले बताए । ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
काठमाण्डौ – पूर्वाधार विस्तारका कारण गएको कात्तिकदेखि १४ घण्टा मात्र सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १६ घण्टा सञ्चालनमा आएको छ ।यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान बन्द हुँदै आएको विमानस्थल आजदेखि बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुनेछ । पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएपछि विमानस्थल सञ्चालनको समय दैनिक दुई घण्टा बढाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउनसक्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत भइरहेको काम चैत १८ गतेभित्र सक्ने लक्ष्य राखिएको छ । ...
जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणको लागी श्रीङ्गेश्वर धाममा महायज्ञ हुने

जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणको लागी श्रीङ्गेश्वर धाममा महायज्ञ हुने

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
रुपन्देही रुपन्देहीको तिलोत्तमा स्थित श्रृङ्गेश्वरधाममा रहेको जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माण र विस्तारका लागि सहयोग संकलन गर्ने उदेश्यले महायज्ञ संचालन हुने भएको छ ।यहि माघ २४ गतेदेखि फागुन २ गतेसम्म श्रीमदभागवत ज्ञान बिज्ञान श्रीङ्गेश्वर धार्मिक महा महोत्सव तथा श्रीङ्गारिक महाआरती २०८१ भब्य रुपमा संचालन हुनेछ । महायज्ञमा प्रमुख कथा बाचकको रुपमा पुज्य आचार्य ओमप्रकाश सुवेदीले कथा बाचन गर्नु हुनेछ भने रास्ट्रीय कलाकारहरूको प्रस्तुति रहनेछ। हाल सचालनमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रलाई विस्तार गर्ने र आधुनिक सेवा सुबिधा सम्पन्न भवन निर्माण गर्ने उद्देश्यका साथ उक्त महायज्ञ आयोजना गरिएको हाे । उक्त मिलन केन्द्रले जेष्ठ नागरिकलाई दिनभर ध्यान , ज्ञान , भजनकृतन ,मनोरञ्जन गर्ने कार्यक्रम गर्ने र खाजाको समेत व्यवस्था गरेको छ । जेष्ठ नागरिकलाई घर बाट ल्य्ल्याउने र छोड्न ज...
सामाजिक सन्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने: उपमहासचिव ज्ञवाली

सामाजिक सन्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने: उपमहासचिव ज्ञवाली

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सरकारले संसदमा दर्ता भएको सामाजिक सन्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने बताए । प्रेस चौतारी नेपाल रुपन्देहीले बुटबलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट सबैलाई जोगाउने बताए । साथै उनले देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको बताए सहकारीको बेथिति हटाएको छ, बचत फिर्ता गर्ने पहिलो प्राथमिकता छ। कानुन बमोजिम अघि बढेको छ सरकार । सबै दलमा रहेका आरोपितहरूमाथि छानविन भइरहेको छ’, उनले भने, ‘यसमा पूवाग्रह राख्नुपर्ने होइन । एमालेमाथि आरोप लगाइएको छ, एमालेको प्रतिस्पर्धा रास्वपा होइन, राम्रो गरे जनताले सम्मान गर्छन् यो समस्या गोर्खा मिडियामा हुँदाको हो दलसँगको होइन ।’ यस्तै उपमहासचिव ज्ञवालीले नेकपा एमालेको राजनीतिमा पूर्व राष्ट्रपति ...
सञ्चार ग्राम स्थापना गर्दै सञ्चारकर्मी संरक्षणको काम बुटवलले गरिरहेको छ : नगरप्रमुख पाण्डेय

सञ्चार ग्राम स्थापना गर्दै सञ्चारकर्मी संरक्षणको काम बुटवलले गरिरहेको छ : नगरप्रमुख पाण्डेय

ताजा अपडेट, विविध, समाचार, स्थानीय
बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा सञ्चारग्राम स्थापना गर्दै मिडिया हाउसमा काम गर्ने सञ्चारकर्मीहरुको संरक्षणको काम बुटवलले गर्दै आएको उल्लेख गरेका छन । शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले सञ्चार जगतमा आर्थिक समस्या रहेको अवस्थामा बुटवलले प्रयास गरेको बताए । नगरप्रमु पाण्डेयले बुद्ध सामुदायिक टेलिभिजनलाई बुटवल स्थानीय सरकारले समान खालको व्यवहार गरिरहेको उल्लेख गरे । उनले बुटवल उपमहानगरले पछिल्लो समय गरेका महत्वपूर्ण कार्यहरुको बारेमा बताउदै ज्योतिनगर पहिरो व्यवस्थापनको काम, हाईमास्ट लाईट, ट्राफिक लाईट व्यवस्थापन तथा सिसिक्यामेरा जडान गर्नुका साथै छाडा चौपाया व्यवस्थापनको प्रयास स्वरुप गौशाला सञ्चालन गरेको बताए । उनले युवालाई रोजगारमा जोड्न विभिन्न कार्यक्रमहरुसमेत...
संसद्‍को हिउँदे अधिवेशन कार्यतालिका सार्वजनिक, १८ माघमा पहिलो बैठक

संसद्‍को हिउँदे अधिवेशन कार्यतालिका सार्वजनिक, १८ माघमा पहिलो बैठक

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१५ माघ, काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाले पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।मंगलबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकको निर्णय अनुसार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक गरिएको हो ।सार्वजनिक कार्यतालिका अनुसार १८ माघमा अधिवेशनको पहिलो बैठक बस्नेछ भने त्यसपछि २२, २३, २४, २८,२९ र ३० माघमा बैठक बस्ने छ । ...