स्थानीय

तीनकुने क्षेत्रमा केहीबेरमा कर्फ्यु लाग्दै

तीनकुने क्षेत्रमा केहीबेरमा कर्फ्यु लाग्दै

Breaking news 1, ताजा अपडेट, स्थानीय
१५ चैत, काठमाडौं । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् । भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् ।तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रणमा आइसकेको छ । तर उनीहरु सर्वसाधारणका घर तथा सम्पत्तिमा आक्रमण प्रयास गरिरहेका छन् । ...
प्रतिनिधिसभाकाे बैठक आइतवार बस्ने

प्रतिनिधिसभाकाे बैठक आइतवार बस्ने

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डाै – प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक पर्सि आइतवार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।यसअघि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो सवा १ मा बस्नेगरी संसद् सचिवालयले सूचना टाँस गरेको थियो । त्यस्तै सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग सभामुख देवराज घिमिरेले छलफल पनि गर्नुभएको थियो । तर सहमति जुट्न सकेन । प्रतिपक्ष दलहरूले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी ओलीको जवाफ माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् । ...
औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हट्यो, अब सबै क्षेत्रमा २४ सै घन्टा बिजुली

औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हट्यो, अब सबै क्षेत्रमा २४ सै घन्टा बिजुली

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
https://www.onlinekhabar.com/markets/components/trending औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हट्यो, अब सबै क्षेत्रमा २४ सै घन्टा बिजुली 0 2.5KShares  अनलाइनखबर  २०८१ चैत १५ गते १०:४० १५ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हटाएको छ । अब सबै प्रकारका ग्राहकहरुकहाँ २४ सै घन्टा विद्युत् आपूर्ति गरिने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलले बताए । भारतले  १५ मार्चदेखि सन् आवर अर्थात् बिहान ६ बजेदेखि अपराह्न ५ बजेसम्म मात्रै बिजुली आयात गर्न दिन थालेपछि प्राधिकरणले दैनिक १२ घन्टासम्म लोडसेडिङ गर्दै आएको थियो । स्थानविशेष अनुसार ६ घन्टादेखि १२ घन्टासम्म लोडसेडिङ हुँदै आएकोमा अब पूर्णरुपमा औद्योगिक लोडसेडिङ हटाइएको शाक्यले बताए । तर औद्योगिक क्षेत्रका ग्राहकहरु...
चैत्र कृष्ण चतुर्दशी : पाहाँचह्रे मनाइँदै, जात्रालाई अवरोध हुने गरी प्रदर्शन नगर्न आग्रह

चैत्र कृष्ण चतुर्दशी : पाहाँचह्रे मनाइँदै, जात्रालाई अवरोध हुने गरी प्रदर्शन नगर्न आग्रह

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – काठमाण्डौ उपत्यकाका नेवार समुदायले दशैँपछिको ठूलो पर्वका रूपमा मनाउने पाहाँचह्रे पर्व आज मनाउँदै छन् । यसलाई पासाचह्रे पनि भन्दछन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको भित्तेपात्रोअनुसार चौधौँ दिनलाई भनिन्छ । यस चाडका दिन खाइने मुख्य खाद्यवस्तु लसुन भएकाले कसैकसैले यसलाई ‘लसुने चाड’ पनि भन्ने गरेको संस्कृतिविद्को भनाइ छ । यो चाडलाई काठमाण्डौमा नेवार समुदायले दशैँ र तिहारजस्तै मनाउँदै आएका छन । यस दिन बालबालिका, युवायुवती, वृद्धवृद्धा बिहानै सूर्योदयभन्दा अघि उठी मध्याह्नसम्म हर्षोल्लासका साथ भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी आदि पीठका देवी, भैरव, गणेश आदि देवताको दर्शन तथा पूजा गर्छन् । दिउँसोदेखि बेलुकीसम्म आआफ्ना घरमा परिवारसँग बसी विविध प्रकारका खानेकुरा खाने गरिन्छ । पाँहाचह्रेका दिन मुख्यतया समयबजी खाइन्छ । यस...
बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्राधिकरणको प्रस्ताव

बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्राधिकरणको प्रस्ताव

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्रस्ताव गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले न्यूनतम २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताको सेवा शुल्कमा ५० प्रतिशत रकम छुट दिने प्रस्ताव गरेको हो । अहिले २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताले सेवा शुल्कबापत मासिक ३० रुपैयाँ तिर्नुपर्दछ । अब १५ रुपैयाँ मात्रै तिर्नुपर्ने गरी प्राधिकरणले त्यसको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिश गर्ने निर्णय गरेको छ । नियमन आयोगले स्वीकृति दिएपछि यो निर्णय लागू हुनेछ । साना विद्युत प्रयोगकर्ताको मिटर रिडिङ ३ महिनामा एक पटक गर्ने पनि बैठकले निर्णय गरेको छ । अहिले मासिक रूपमा रिडिङ हुने गरेको छ ।  ...
कोशी र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

कोशी र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ । अहिले कोशी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी धेरै ठाउँको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध छ । महाशाखाका अनुसार अरु प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै राति पनि केही ठाउँमा आंशिक बदली रही देशका धेरै ठाउँको मौसम सफा रहनेछ ।  ...
अर्घाखाँचीमा बस दुर्घटना मुतककाे सङ्ख्या ४ पुग्याे

अर्घाखाँचीमा बस दुर्घटना मुतककाे सङ्ख्या ४ पुग्याे

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मुत्यु हुनेमा नवलपरासी पश्चिम भुमहिकि ४५ बर्षिय उमा न्यौपाने रुपन्देही कि ५५ बर्षिय जमुना बस्याल नबल परासी वर्दघाटका ४५ बर्षिय गाडि चालक मदन कुमार बिक र एक जना नाम थर नखुलेकि महिलाको ज्यान गएको निमित्त प्रहरी प्रमुख बिष्णु प्रसाद पौडेलले जानकारी दिए । प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए ।दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि बुटबल रेफर गरिएको उनले बताए ।लु २ ख ३०३ नम्बरको बस अर्घाखाँचीबाटबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गरेको थियो । भुवनपाटा ओरालोबाट करिब दुई सय मिटर तल खसेको थियो । ...
कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्लादहन

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्लादहन

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१२ चैत, काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा विद्यार्थीहरुले पुत्ला जलाएका हुन् ।एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् । प्रदर्शनको नेतृत्व एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले गरेका थिए । जलिरहेको पुत्ला बोकेर विद्यार्थीहरु अगाडि बढेपछि प्रहरीले खोसेको थियो । विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै पराजुलीले सरकारले दलाल, माफिया र भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरोप लगाए । ‘यो सरकारलाई उज्यालो मन पर्दैन, कालो धन, अँध्यारो मनपर्छ,’ पराजुलीले भने, ‘त्यसैले सरकारले भ्रष्टाचारलाई पक्षपोषण गरेको छ ।’उनले सरकारविरुद्...
त्रिशूलीमा ट्रक खस्दा चालकको ज्यान गयो, सहचालक घाइते

त्रिशूलीमा ट्रक खस्दा चालकको ज्यान गयो, सहचालक घाइते

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडी प्रहरी चौकी नजिक त्रिशूली नदीमा कोइला बोकेको ट्रक खस्दा चालकको ज्यान गएको छ । आज बिहान साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको हो । दुर्घटनामा ट्रक ३०/३५ वर्षीय रामनारायण यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिनुभयो । दुर्घटनामा सहचालक रौतहटकाे गरुडा नगरपालिका वडा नम्बर ५ बस्ने असुन्द्रकुमार यादव घाइते हुनुभएको छ । उहाँको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको डीएसपी खनालले बताउनुभयो । नदीमा ट्रक डुबेको अवस्थामा रहेको र निकाल्ने प्रयास चलिरहेको प्रहरीले जनाएको छ ...
आज विश्व मौसम विज्ञान दिवस : पूर्वसूचनालाई प्रभावकारी बनाउनुपर्नेमा जोड

आज विश्व मौसम विज्ञान दिवस : पूर्वसूचनालाई प्रभावकारी बनाउनुपर्नेमा जोड

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – आज विश्व मौसम विज्ञान दिवस मनाईंदैछ । जलवायुसम्बन्धी समस्याबाट नागरिक र समाजलाई सुरक्षित राख्न चेतनामूलक कार्यक्रम गरी आज विश्वभर मौसम विज्ञान दिवस मनाउने गरिन्छ । सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा दिवस मनाउन थालिएको हो । शरुआतमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएकोमा विगत केही वर्षयता जलवायु परिवर्तन र यसले मानव सभ्यता र विश्वलाई नै पार्ने सङ्कटपूर्ण परिस्थितिलाई ध्यानमा राखेर कार्यक्रम गर्न थालिएको छ । संयुक्त राष्ट्रसङ्घले यो वर्ष जलवायुजन्य समस्या समाधान गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र जोखिम घटाउन सूचना प्रवाहमा जोड दिएको छ ...