दिपावली र छठ लक्षित गर्दै बुटवलमा यि स्थानबाट फुलमाला बिक्री हुने


बुटवल
दिपावली र छठ पर्वलाई लक्षित गर्दै बुटवल उपमहानगरपालिकाले नगरका ११ स्थानबाट फुल तथा माला बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ।
बुटवल उपमहानगरपालिकाको आयोजनामा स्थानीय फुल उत्पादक कृषकहरूसँगको छलफलपछि यस वर्षको दिपावली र छठमा बुटवलमै उत्पादन भएका फुलमालाको बिक्री वितरण नगरका विभिन्न स्थानबाट हुने व्यवस्था गरिएको कृषि अधिकृत सन्तोष जिसीले जानकारी दिनुभयो ।
प्लास्टिकजन्य फुलमालाको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै वातावरण प्रदूषण बढाउने भएकाले यसको प्रयोगलाई निरुत्साहित गरिएको उपमहानगरपालिकाले जनाएको छ।
नगर प्रमुख खेलराज पाण्डेयका अनुसार स्थानीय स्तरमा उत्पादन भएका स्वदेशी फुलमालाको प्रयोग बढाउने र उत्पादक कृषक तथा व्यवसायीलाई प्रोत्साहन दिने उद्देश्यले बिक्रीका लागि स्थान तोकिएको हो।

यसले नगरभित्रका फुल उत्पादकलाई आर्थिक बल पुग्नेछ र स्थानीय उत्पादनप्रति नागरिकको आकर्षण पनि बढ्नेछ,नगर प्रमुख पाण्डेयले भन्नुभयो।

कृषि अधिकृत जिसीका अनुसार बुटवलमा प्रत्येक वर्ष दिपावली र छठका अवसरमा करिब ५० देखि ६० हजार मालाको माग हुन्छ। अहिले बुटवलमै उत्पादन भएका फुलबाट करिब ११ हजार माला मौज्दात रहेको बताइएको छ।

यस वर्ष फुलमालाको बिक्री वितरणका लागि तोकिएका ११ स्थानहरूमा

ट्राफिक चोकका दुवै तर्फ, बीपी चोक, अस्पताल लाइन, तिनकुने, सुखा नगर, राजमार्ग चौराहा, होराइजन चोक, देवी नगर, चौपारी, गोलपार्क र बेलबास— रहेका छन्।

हाल बुटवल उपमहानगरपालिका वडा नं. ११, १५, १६ र १७ मा करिब दुई बिघा क्षेत्रफलमा व्यावसायिक फुल खेती भइरहेको छ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...