राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष केसीको निधन

रूपन्देही
राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टान बहादुर केसीको निधन भएको छ। घरमै तिहार मनाई रहेका केसीको आज ह्दयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

तिहारको टिका लगाए पछि घरमै दिदी बहिनी सँग नाच गान गरेका केसी अचानक बेहोस भएका थिए। घरमा नाचगान भइरहेको थियो अचानक ढल्नु भयो उपचारका लागी ल्याउँदा ल्याउँदै निधन भयो पारिवारिक श्रोतले भन्यो।
जनमोर्चा निकट प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेलले घरमा बेहोस भएर लडेका केसीलाई उपचारका लागि बुटवलको बुटवल अस्पताल प्रालिमा ल्याइएको थियो। अस्पताल ल्याई पुर्‍याएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

अर्घाखाँची जन्मेका केसी पछिल्लो २५ वर्ष यता बुटवल उपमहानगरपालिका वडा नं १९ नहरपुरमा बसोबास गर्दै आएका थिए।

५१ वर्षीय केसीका श्रीमती र ३ छोरा छन्। केसीको शुक्रवार बिहान अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...