तीन दिने ‘डिजिटल क्षितिज ‘डिजिटल शिक्षा शिविर सम्पन्न


बुटवल

कलिका आईसीटी क्लब, इन्टर्याक्ट क्लब अफ बुटवल, इन्टर्याक्ट क्लब अफ सेन्ट्रल बुटवल, इन्टर्याक्ट क्लब अफ वाल्मिकी तथा लियो क्लब अफ अल्फा कलिकाको संयुक्त आयोजनामा तीन दिने डिजिटल क्षितिज’ डिजिटल शिक्षा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविर असोज २९, ३० र ३१ गते स्याङ्जाको गिँचौर एकेडेमी र पाल्पाको सनराइज एकेडेमीमा सम्पन्न गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई डिजिटल साक्षरता, इन्टरनेटको सुरक्षित प्रयोग, कम्प्युटरका आधारभूत सीप, तथा आधुनिक प्रविधिको प्रभावकारी प्रयोग सम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

कलिका आईसीटी क्लबका अध्यक्ष सिद्धान्त पन्थीका अनुसार, यो कार्यक्रम क्लबको वार्षिक अध्यक्षीय कार्ययोजना प्रिसिडेण्टल प्लान एक्सन अन्तर्गतको पहिलो चरण हो। उनले आगामी दिनमा फरक–फरक स्थानहरूमा गएर नयाँ–नयाँ विद्यार्थीहरूलाई कम्प्युटर शिक्षा प्रदान गर्ने योजना रहेको जानकारी दिए।

अध्यक्ष पन्थीले भने, “हामीले प्राप्त गरेको डिजिटल ज्ञानलाई सीमित स्रोत र अवसरमा अध्ययन गरिरहेका विद्यार्थीहरूसँग बाँड्दै उनीहरूलाई आधुनिक विश्वसँग जोड्ने हाम्रो प्रयास हो।”

आयोजक क्लबहरूका अनुसार, कार्यक्रमले विद्यार्थीहरूमा डिजिटल सीपप्रतिको रुचि र आत्मविश्वास बढाएको छ र आगामी दिनमा यस्ता गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गरिनेछ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...