
बुटवल
कलिका आईसीटी क्लब, इन्टर्याक्ट क्लब अफ बुटवल, इन्टर्याक्ट क्लब अफ सेन्ट्रल बुटवल, इन्टर्याक्ट क्लब अफ वाल्मिकी तथा लियो क्लब अफ अल्फा कलिकाको संयुक्त आयोजनामा तीन दिने डिजिटल क्षितिज’ डिजिटल शिक्षा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविर असोज २९, ३० र ३१ गते स्याङ्जाको गिँचौर एकेडेमी र पाल्पाको सनराइज एकेडेमीमा सम्पन्न गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई डिजिटल साक्षरता, इन्टरनेटको सुरक्षित प्रयोग, कम्प्युटरका आधारभूत सीप, तथा आधुनिक प्रविधिको प्रभावकारी प्रयोग सम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
कलिका आईसीटी क्लबका अध्यक्ष सिद्धान्त पन्थीका अनुसार, यो कार्यक्रम क्लबको वार्षिक अध्यक्षीय कार्ययोजना प्रिसिडेण्टल प्लान एक्सन अन्तर्गतको पहिलो चरण हो। उनले आगामी दिनमा फरक–फरक स्थानहरूमा गएर नयाँ–नयाँ विद्यार्थीहरूलाई कम्प्युटर शिक्षा प्रदान गर्ने योजना रहेको जानकारी दिए।
अध्यक्ष पन्थीले भने, “हामीले प्राप्त गरेको डिजिटल ज्ञानलाई सीमित स्रोत र अवसरमा अध्ययन गरिरहेका विद्यार्थीहरूसँग बाँड्दै उनीहरूलाई आधुनिक विश्वसँग जोड्ने हाम्रो प्रयास हो।”
आयोजक क्लबहरूका अनुसार, कार्यक्रमले विद्यार्थीहरूमा डिजिटल सीपप्रतिको रुचि र आत्मविश्वास बढाएको छ र आगामी दिनमा यस्ता गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गरिनेछ।