गुल्मी रुरुको राष्ट्रपति रनिङ्गशिल्डको विजेता छैठौं पटक पनि जनबोध


गुल्मी
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङ्गशिल्ड जनबोध माविले जितेको छ । अहिलेसम्म जनबोधले लगातार छ पटक राष्ट्रपति रनिङ्गशिल्ड जितेर शिल्ड कब्जा गरिरहेको छ । रुरुक्षेत्र गाउँपालिकाको घ्युबेँसी खेल मैदानमा गत असोज २९ देखि ३१ गतेसम्म सञ्चालन भएको प्रतियोगीतामा १४ स्वर्ण, चार रजत र पाँच कास्य गरेर २३ पदकसहित जनबोध माविले राष्ट्रपति रनिङ्गशिल्ड जितेको हो ।

त्यस्तै, ग्वादी माविले सात स्वर्ण, एक रजत र ११ कास्य गरेर १९ पदकसहित द्वितीय स्थान प्राप्त गरेको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । जनज्योति माविले पाँच स्वर्ण, ११ रजत र तीन कास्य गरेर २१ प्दकसहित तृतीय स्थान प्राप्त गरेको छ । प्रथम जनबोध माविले नगद १० हजार रुपियाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

त्यस्तै, द्वितीय स्थान प्राप्त गरेको ग्वादी माविले नगद सात र तृतीय हुने जनज्योति माविले नगद पाँच हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो । राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीताको प्रमुख अतिथी लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य कमलराज श्रेष्ठले खेल क्षेत्र युवाहरुको चाहाना र भावाना भएकाले राज्यले निरन्तर योजना र लगानीमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले भविष्यका राम्रा खेलाडी उत्पादन हुने पहिलो बिन्दु विद्यालय भएकाले उनीहरुको प्रतिभा पहिचान हुने प्रतियोगीताहरुलाई निरन्तरता दिनुपर्नेमा श्रेष्ठले जोड दिनुभयो । रुरु क्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले जनबोध माविको निरन्तरको सफलताबाट अरु बिद्यालयहरुले पनि प्रतिस्पर्धामा उतार्न जरुरी रहेको बताउनुभयो । जनबोध शिक्षा, पूर्वाधार र खेलक्षेत्रमा समेत अब्बल गाउँपालिकाको नमुना विद्यालय भएको ज्ञवालीले बताउनुभयो ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...