गुल्मी रुरुको राष्ट्रपति रनिङ्गशिल्डको विजेता छैठौं पटक पनि जनबोध


गुल्मी
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङ्गशिल्ड जनबोध माविले जितेको छ । अहिलेसम्म जनबोधले लगातार छ पटक राष्ट्रपति रनिङ्गशिल्ड जितेर शिल्ड कब्जा गरिरहेको छ । रुरुक्षेत्र गाउँपालिकाको घ्युबेँसी खेल मैदानमा गत असोज २९ देखि ३१ गतेसम्म सञ्चालन भएको प्रतियोगीतामा १४ स्वर्ण, चार रजत र पाँच कास्य गरेर २३ पदकसहित जनबोध माविले राष्ट्रपति रनिङ्गशिल्ड जितेको हो ।

त्यस्तै, ग्वादी माविले सात स्वर्ण, एक रजत र ११ कास्य गरेर १९ पदकसहित द्वितीय स्थान प्राप्त गरेको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । जनज्योति माविले पाँच स्वर्ण, ११ रजत र तीन कास्य गरेर २१ प्दकसहित तृतीय स्थान प्राप्त गरेको छ । प्रथम जनबोध माविले नगद १० हजार रुपियाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

त्यस्तै, द्वितीय स्थान प्राप्त गरेको ग्वादी माविले नगद सात र तृतीय हुने जनज्योति माविले नगद पाँच हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो । राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीताको प्रमुख अतिथी लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य कमलराज श्रेष्ठले खेल क्षेत्र युवाहरुको चाहाना र भावाना भएकाले राज्यले निरन्तर योजना र लगानीमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले भविष्यका राम्रा खेलाडी उत्पादन हुने पहिलो बिन्दु विद्यालय भएकाले उनीहरुको प्रतिभा पहिचान हुने प्रतियोगीताहरुलाई निरन्तरता दिनुपर्नेमा श्रेष्ठले जोड दिनुभयो । रुरु क्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले जनबोध माविको निरन्तरको सफलताबाट अरु बिद्यालयहरुले पनि प्रतिस्पर्धामा उतार्न जरुरी रहेको बताउनुभयो । जनबोध शिक्षा, पूर्वाधार र खेलक्षेत्रमा समेत अब्बल गाउँपालिकाको नमुना विद्यालय भएको ज्ञवालीले बताउनुभयो ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...