स्थानीय

अहिलेको सरकारलाई चुनाव गराउने अधिकार छैन : ओली

अहिलेको सरकारलाई चुनाव गराउने अधिकार छैन : ओली

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग चुनाव गराउने पनि अधिकार नभएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग चुनाव गराउने पनि अधिकार नभएको बताएका हुन् ।तपाईंसँग चुनाव गराउने पनि अधिकार छैन,’ ओलीले भनेका छन् ।साथै, उनले कार्की आगजनी गरेर, लुटपाट गरेर, विश्वंस मच्चाएर मात्रै सरकारमा पुगेको आरोप लगाए ।अहिले शासन विधिको त कुरै छाडिदिउँ, व्यक्ति त अनधिकृत व्यक्ति, उत्पातबाट सिर्जना भएको सरकार बनेको छ । तपाईंहरू लोकतन्त्रमा विश्वास गर्नुहुन्छ कि हुन्न बताउनुस् ? यही हो लोकतन्त्र ?,’ ओलीले भनेका छन् । ...
रुपन्देहीको पडसरीमा ‘ट्याक्टर हस्पिटल’,संचालनमा, सबै ब्रान्डका ट्रयक्टरको आत्यधुनिक मरम्मत अब एकै ठाउमा

रुपन्देहीको पडसरीमा ‘ट्याक्टर हस्पिटल’,संचालनमा, सबै ब्रान्डका ट्रयक्टरको आत्यधुनिक मरम्मत अब एकै ठाउमा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, स्थानीय
बुटवल विगत डेढ दशक लामो समयदेखि रुपन्देही लाई आधार बनाएर व्यवसायीक यात्रामा रहेको मनमित ग्रुपले रुपन्देहीमा आत्याधुनिक ट्याक्टर हस्पिटल सञ्चालनमा ल्याएको छ । रुपन्देहीका प्रमुख दुई व्यापारिक शहर भैरहवा र बुटवललाई केन्द्रमा पारेर आज शुक्रबारबाट ओमसतिया–२ पडसरीमा ट्याक्टर हस्पिटल सञ्चालनमा ल्याईएको हो । आधुनिक प्रविधिको प्रयोग गर्दै ट्याक्टर सम्बन्धी सम्पूर्ण समस्याहरुको समाधानका लागि मर्मत सम्भारका गर्न ग्यारेज स्थापना गरिएको मनमित ग्रुपका अध्यक्ष उदयकुमार सिंहले जानकारी दिए । ७ कट्ठा क्षेत्रफलमा फराकिलो स्पेसहित सेवाग्राहीका लागि विश्राम कक्ष सहिता व्यवस्थित रुपमा सञ्चालनमा ल्याइएको यस ग्यारेजले रुपन्देहीसहित पाल्पा, नवलपरासी तथा कपिलवस्तुसम्म अन स्पोट समेत सेवा उपलब्ध गराउने समेत अध्यक्ष सिंहले बाताए । एकसाथ ६ वटासम्म ट्याक्टर मर्मतको काम गर्न सकिनेगरी अत्याधुनिक उपकरण जडा...
मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन, २१ गतेदेखि २७ गतेसम्म त्रुटि सच्याउन मिल्ने

मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन, २१ गतेदेखि २७ गतेसम्म त्रुटि सच्याउन मिल्ने

Breaking news 1, ताजा अपडेट, विविध, स्थानीय
काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन हो । यसअघि कात्तिक मसान्तसम्म समयसीमा रहेकोमा निर्वाचन आयोगले आजसम्मको समय थप गरेको थियो । राष्ट्रिय परिचयपत्र नम्बर भएमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी आयोगले व्यवस्था मिलाएको छ । जैविक तथ्याङ्क अर्थात बायोमेट्रिकका लागि राष्ट्रिय परिचयपत्रसँग लिंक गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउन सकिन्छ । अहिलेसम्म सात लाखभन्दा धेरै नयाँ मतदाता थपिएका आयोगले जनाएको छ । यसैबीच निर्वाचन आयोगले मतदाता नामावलीको त्रुटि सच्याउन यही मङ्सिर २१ देखि २७ गतेसम्मको समय तोकेको छ । नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएकोमा एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन तथा ज्...
प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा जेनजीको ज्ञापनपत्र

प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा जेनजीको ज्ञापनपत्र

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको अपेक्षा पूरा गर्न नसकेको भन्दै जेनजी समूहले फिर्ता बोलाउन माग गरेका छन् । बिहीबार २३ जेनजी समूहले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाउँदै नयाँ सरकार गठनमा मध्यस्थता गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएका छन् ।भदौ २३ र २४ गते भएको जेनजी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारबाट ठूला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन गर्नुपर्नेमा त्यसो नभएको जेनजी समूहहरूको तर्क छ । यस्तै आन्दोलनमा दमन गर्नेमाथि कारबाही, घाइतेको उपचार र शहीद परिवारलाई उचित क्षतिपूर्ति दिनेबारे न्यूनतम अपेक्षा समेत पूरा नभएको भन्दै कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाएर आफूहरूको नेतृत्वमा सरकार बनाउन मध्यस्थता गरिदिन राष्ट्रपति ...
विद्युतीय व्यावसायी महासंघको अधिवेशन सम्पन्न, रुपन्देहीका पाण्डे उपाध्यक्षमा निर्वाचित

विद्युतीय व्यावसायी महासंघको अधिवेशन सम्पन्न, रुपन्देहीका पाण्डे उपाध्यक्षमा निर्वाचित

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, स्थानीय
बुटवलनेपाल विद्युतीय व्यवसायी महासंघको कार्तिक २९ गते सम्पन्न १६औं वार्षिक साधारण सभा एवं छैठौं महाधिवेशनबाट दिलिप कुमार अग्रवालको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित भएको छ। महासंघको तृतीय उपाध्यक्षमा विद्युतिय व्यवसायी संघ रूपन्देहीका पुर्व अध्यक्ष प्रकाश चन्द्र पाण्डे निर्वाचित भएका छन्। रुपन्देहीबाटै सचिवमा लोकनाथ पोखरेल र कार्यसमिति सदस्य लुम्बिनी प्रदेशबाट दिपक पौडेल निर्वाचित भएका छन्। देशको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गिण विकाश तथा विद्युत क्षेत्रसंग प्रत्यक्ष संलग्न भई विद्युतिय क्षेत्रसंग प्रत्यक्ष रुपमा संलग्न पेशागत व्यवसायीहरुको संस्था नेपाल विद्युतिय व्यवसायी महासंघ हो। नेपाल भरमा जिल्ला, नगर संघहरु एवं एसोसिएट सदस्यहरु रहेको विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको सातौं कार्यकालका (आगामि तिन बर्षको) लागि १९ सदस्यी...
बुटवलमा हिरो एक्सचेन्ज मेला सञ्चालनमा

बुटवलमा हिरो एक्सचेन्ज मेला सञ्चालनमा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीबुटवलमा हिरो मोटरसाइकल तथा स्कुटरका ग्राहकका लागि विशेष एक्सचेन्ज क्याम्प सुरु भएको छ।सिजी मोटर्स अन्तर्गतको हिमालयन अटो ट्रेडिङले सञ्चालन गरेको यो क्याम्पमा पुरानो सवारी साटेर नयाँ हिरो मोडेलमा आकर्षक छुट, बोनस तथा विशेष सुविधा प्रदान गरिँदैछ। हिरो एक्सचेन्ज तथा इभल्भ’ नामक विशेष क्याम्प मार्फत कम्पनीले पुरानो सवारी साट्दा कम्तीमा २५ हजार रुपैयाँसम्मको न्यूनतम मूल्यांकन प्रदान गर्ने घोषणा गरेको छ।जसले विभिन्न वर्षका तथा विभिन्न अवस्थामा रहेका सवारी धनीका लागि सहज र आकर्षक अवसर सिर्जना गरेको छ। पुरानो सवारीको वास्तविक मूल्यभन्दा बाहेक थप १० हजार रुपैयाँ बोनस प्रदान गरिने भएपछि धेरै ग्राहकले पुरानो मोडेल परिवर्तन गरी नयाँ हिरो मोडेल रोज्ने वातावरण बनाइएको छ। एक्सचेन्ज नगरी सोझै नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकका लागि पनि ८ हजार रुपैयाँ नगद छुट उपलब्ध गराइएको छ,...

दृष्टिविहीन महिला टी–२० विश्वकप : नेपालले अमेरिकालाई १० विकेटले हरायाे

Breaking news 1, खेलकुद, ताजा अपडेट, स्थानीय
काठमाण्डाै – भारतमा चलिरहेको दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले अमेरिकालाई १० विकेटले हराएको छ । अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले ४ बलमै १ विकेट पनि नगुमाई भेटायो । नेपालकी दिल्लीसरा धमलाले १२ रन बनाइन् । नेपालले ६ रन अतिरिक्त पायो । यसअघि बेङ्गलुरुमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ९ ओभर ४ बलमा १७ रन बनाउँदा सबै विकेट गुमायो । अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अमेरिकाले १३ रन अतिरिक्त पाएको थियो । नेपालकी दिल्लीसरा धमलाले ३ विकेट लिइन् । प्रतियोगितामा नेपालको यो तेस्रो जीत हो । यसअघि नेपालले अस्ट्रेलियालाई ८ विकेट र श्रीलङ्कालाई ९ विकेटले हराएको थियो भने भारतसँग ८५ रनले पराजित भएको थियो । ...
शेयर बजार २ हजार ५ सय ४० विन्दुमा झर्‍याे

शेयर बजार २ हजार ५ सय ४० विन्दुमा झर्‍याे

Breaking news 2, विविध, समाचार, स्थानीय
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव १५ अङ्कले घटेर २ हजार ५ सय ४० दशमलव ५७ विन्दुमा झरेको छ । आज होटल, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ६८ वटा कम्पनीको शेयर घटेकोमा ७५ वटाको बढेको छ । यस्तै १४ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । नेप्से घटेको दिन सागर डिस्टिलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३ सय ३७ वटा कम्पनीका ७९ लाख ५७ हजार कित्ता शेयर ३ अर्ब ८९ करोड रुपैयाँमा किनबेच भएको छ । ...
मुलुकको भाग्य र भविष्य वदल्ने पार्टी एमाले हो: रुपन्देहीको जागरण सभामा वक्ताहरु

मुलुकको भाग्य र भविष्य वदल्ने पार्टी एमाले हो: रुपन्देहीको जागरण सभामा वक्ताहरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेले शनिबार ७७ वटै जिल्लामा जागरण सभा सम्पन्न गरेको छ। जस अन्तर्गत रूपन्देहीको बुटवलमा पनि जागरण सभा सम्पन्न भएको छ।सभालाई सम्वोधन गर्दै वक्ताहरुले मुलुकको भाग्य र भविष्य वनाउने पार्टी एमाले भएको वताएका छन्।सभामा वोल्दै नेकपा एमाले केन्द्रीय कमिटी सचिव छविलाल विश्वकर्माले संविधान र लोकतान्त्रको रक्षा गर्न एमालेले देशभर जागरण सभाको आयोजना गरेको वताए।विश्वकर्माले भदौ ‌२३ वेलुका र २४ गते भएको जनधन र सार्सार्वजनिक सम्पत्तिको क्षति गर्ने लाई कारवाहीको माग एमालेले उठाएको वताए।उनले अन्यथा अस्थिरता चाहनेले द्वन्द्व निम्त्याउने सक्रिय भईरहने र मुलुक द्वन्द्व र अस्थिरतामा रहिरहने वताए।मुलुक लयमा फर्काउन संसद पुनःस्थापना र आवस्यक नितिनियम संसोधन गरि अगाडि बढ्नुपर्ने धारणा राखे।उनले अहिलेको सरकारले छुट्टयाईएका योजना हरूको पनि वजेट कटौती गरेकोमा खेद प्रकट गरे। एमालेका पोलिटब्य...
रुपन्देही व्यापार संघको १३ औं अधिवेशन, अस्थिर राजनीतिले व्यवसायमा गम्भीर असर परेको ठहर

रुपन्देही व्यापार संघको १३ औं अधिवेशन, अस्थिर राजनीतिले व्यवसायमा गम्भीर असर परेको ठहर

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीआर्थिक क्षेत्रमा देखिएको असहज अवस्थाको सहि पहिचान गरि त्यसको समाधानका लागि बृह्त दिगो कार्ययोजना बनाउन आग्रह गरिएको छ । राजनीतिक रुपमा आएको नया परिवेशले सबैलाई समिक्षाको लागि दवाव दिएको बताउदै नया ढंगले अगाडी बढ्न नसकेमा धाराशाही बन्ने स्थिती उत्पन्न भएको भन्दै चेतावनी दिइएको छ ।बुटवलमा शुक्रवार आयोजित रुपन्देही व्यापार संघको २४ औं बार्षिक साधारणसभा तथा १३ औं अधिवेशनको उद्दघाटन सत्रमा बोल्ने बक्ताहरुले उद्योग वाणिज्य क्षेत्रमा जेनजी आन्दोलनपछि नया अवस्था र समस्या सिर्जना भएको उल्लेख गर्दै त्यसमा आत्मसमिक्षा गर्दै सामुहिक रुपमा सामना गर्नुको विकल्प नभएको बताएका छन् । जनताको चाहाना र सरकारको कामको काममा तारतम्य मिल्न नसक्दा समाजमा वितृष्णाको वातावरण सिर्जना भएको उनीहरुको भनाई थियो ।उनीहरुले गत भदौ २३ र २४ गतेको आन्दोलनपछि कायम राजनीतिक अस्थिरताको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्...