स्थानीय

निरन्तर वर्षा: लुम्बिनी प्रदेशका सडकको के कस्तो छ अवस्था?

निरन्तर वर्षा: लुम्बिनी प्रदेशका सडकको के कस्तो छ अवस्था?

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
बुटवलअविरल वर्षाका कारण पहिरो खस्ने, सडक भासिने र बाढी आउने क्रम बढेपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक यातायात प्रभावित भएको छ । लगातारको वर्षाले प्रदेशका मुख्य राजमार्ग, सहायक मार्ग तथा ग्रामीण सडकहरू अवरुद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन तथा मौसम पूर्वानुमानअनुसार भारी वर्षाको जोखिम बढिरहेका बेला लुम्बिनी प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार अविरल परिरहेकाे बर्षासंगै अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा र प्युठानका विभिन्न सडक खण्ड प्रभावित भएका छन् । कार्यालयबाट प्राप्त विवरणअनुसार सडक अवरुद्ध भएका १० स्थानमध्ये नौ स्थानमा यातायात पूर्ण रूपमा ठप्प छ भने पाल्पाको एउटा सडक खण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । सन्...
काँग्रेस रुपन्देहीको क्षेत्रीय निर्वाचनको मिति फेरबदल

काँग्रेस रुपन्देहीको क्षेत्रीय निर्वाचनको मिति फेरबदल

Breaking news 3, राजनीति, स्थानीय
बुटवलनेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम फेरबदल गरिएको छ । जिल्ला निर्वाचन समितिले यसअघि २०८३ असोज १० गतेका लागि तय गरेको निर्वाचन कार्यक्रम लगातारको वर्षाका कारण एक दिन पर सारिएको छ ।नेपाल सरकार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर केही दिन भारी वर्षा भइ जनजीवन प्रभावित हुन सक्ने सम्भावनाको सूचना जारी गरेको तथा काँग्रेस केन्द्रीय निर्वाचन समितिको असोज ८ गतेको प्रेस विज्ञप्तीसमेतका आधारमा निर्वाचन कार्यक्रमको कार्यतालिका फेरबदल गरिएको जनाएको छ ।नयाँ कार्यतालिकाअनुसार काँग्रेस रुपन्देहीको प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज ११ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १३ गते हुने भएको छ ।जिल्ला निर्वाचन समिति रुपन्देहीले निर्वाचन कार्यक्रमसम्बन्धी जानकारीका लागि उक्त सूचना प्रकाशित गरेको हो । समितिका जिल्ला निर्वाचन अ...
देशभर मनसुनी र पश्चिमी वायु सक्रिय , कुन कुन प्रदेशमा हुनेछ अति भारी वर्षा ?

देशभर मनसुनी र पश्चिमी वायु सक्रिय , कुन कुन प्रदेशमा हुनेछ अति भारी वर्षा ?

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
काठमाडौँहाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिक...
तिनाउमा वहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रका वासिन्दालाई होल्डिङ सेन्टरमा सारियो

तिनाउमा वहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रका वासिन्दालाई होल्डिङ सेन्टरमा सारियो

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, स्थानीय
Screenshot बुटवलबुटवलको तिनाउ नदी किनारको जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका व्यक्तिहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ। तिनाउ नदीको बहाव बढ्दै जानथालेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत अन्तर्गत तिनाउ पुलमूनी नदी किनारमा बसेका १५ जना व्यक्तिहरुलाई होल्डिङ सेन्टरमा सारिएको हो। बुटवल उपमहानगरपालिकाको कार्यालयले कान्ति माध्यमिक विद्यालयमा जोखिमपूर्ण क्षेत्रमा रहेका व्यक्तिहरुको सुरक्षाका लागि होल्डिङ सेन्टर बनाएको छ । खोलाको बहाव बढ्दै गएपछि केही व्यक्तिहरु स्वतःस्र्फूत होल्डिङ सेन्टरमा आउन थालेको समेत इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नेत्र बुढाक्षेत्रीले जानकारी दिए। प्रहरीले बुटवल क्षेत्रमा रहेका प्रमुख नदीहरु तिनाउ र दानवको किनारमा बस्दै आएका व्यक्तिहरुलाई लक्षित गरी सार्वजनिक सूचनाहरु समेत जारी गरिरहेको छ। अहिले तिनाउ नदीको बहाव बढ्दै गइरहेको छ । विहिवारदेखि बुटवल...
भारी वर्षाको जोखिम : सरकारका संयन्त्र परिचालन, उच्च सतर्कता अपनाउन आग्रह

भारी वर्षाको जोखिम : सरकारका संयन्त्र परिचालन, उच्च सतर्कता अपनाउन आग्रह

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौँदेशभर भइरहेको भारी वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, पहिरो तथा अन्य विपद्जन्य जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वतयारी तथा प्रतिकार्यका कामलाई तीव्र बनाएको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले अमेरिका प्रस्थान गर्नुअघि सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन निर्देशन दिएपछि सम्बन्धित मन्त्रालय तथा सरकारी निकायलाई तयारी अवस्थामा राखिएको हो। कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे छलफल गर्दै सम्भावित मानवीय तथा भौतिक क्षति कम गर्न सबै मन्त्रालय र मातहतका निकायलाई उच्च सतर्कतामा राखिएको बताएका छन्। गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा संयन्त्र तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। नदी तथा खोलाका तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराउने, जो...
विद्यालय र उद्योगीबीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न

विद्यालय र उद्योगीबीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
बुटवलरूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा दक्ष श्रमशक्ति उत्पादन, व्यवहारिक शिक्षा र रोजगारीको सुरक्षा सन्दर्भमा समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै वहाँले शिक्षालयमा प्राप्त ज्ञानलाई उद्योगको व्यवहारिक आवश्यकतासँग जोड्न सके मात्रै दक्ष तथा रोजगारमुखी जनशक्ति उत्पादन गर्न सकिने बताए । विद्यार्थीलाई अध्ययनसँगै उद्योगको वास्तविक कार्य वातावरण, प्रविधि र कार्यप्रणालीबारे जानकारी गराउन सके उनीहरूको व्यावसायिक क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे । शिक्षालय र उद्योगबीचको दूरी कम गर्दै विद्यार्थीलाई सीप, अनुभव र रोजगारीको अवसरसँग जोड्न रूपन्देही उद्योग संघले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा पनि यस्तो...
असोज ९ देखि भारी वर्षाको सम्भावना, सतर्क रहन मुख्यमन्त्री आचार्यको अपिल

असोज ९ देखि भारी वर्षाको सम्भावना, सतर्क रहन मुख्यमन्त्री आचार्यको अपिल

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
दाङलुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् ।मुख्यमन्त्री आचार्यले बुधबार अपिल जारी गर्दै सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, भू–क्षय, गेग्रान बहाव तथा तराई र शहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने बताएका हुन । उनले नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने र सडक तथा यातायातसमेत प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरे ।नदी तथा खोला किनार, पहिरोको जोखिम रहेका बस्ती तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचना तथा निर्देशन पालना गर्न मुख्यमन्त्री आचार्यले आग्रह गरे ।धानबाली भित्र्याउने समय भएकाले किसानलाई...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौंमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ बुटवलमा आयोजना हुने भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता यही असोज १२ गतेदेखि १७ गतेसम्म लुम्बिनी प्रदेशको बुटवलमा सञ्चालन हुने जानकारी दिएको हो । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार ‘सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा नेपालका साथै भारत र श्रीलंकाका गरी ८ वटा पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउनेछन् । प्रतियोगितामा नेपालमा ५ र विदेशी ३ टिम हुने अध्यक्ष आचार्यले बताए । उनका अनुसार नेपाल पुलिस क्लब, नेपाल ए.पि.एफ. क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब र गल्कोट भलिबल क्लब नेपालका हुन् । यस्तै गुजरात स्टेट भलिबल एसोसिएस ...
बुटवलमा प्याराग्लाइडिङको सफल परीक्षण उडान

बुटवलमा प्याराग्लाइडिङको सफल परीक्षण उडान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलबुटवलको आकाशमा आज प्याराग्लाइडिङको १४ पटक सफल परीक्षण उडान तथा अवतरण गरिएको छ। पाल्पाको नुवाकोट चुरे पहाडबाट उडान सुरु गरी बुटवल बजारको परिक्रमा गर्दै बडेल पोखरी क्षेत्रमा अवतरण गरिएको हो। लुम्बिनी इगल आई एड्भेन्चर प्रालिका अध्यक्ष डा. किशन थापाका अनुसार सात जना पाइलटले प्याराग्लाइडिङमार्फत १४ पटकसम्म सफल उडान तथा अवतरण गरेका छन्। स्याङ्जास्थित बाबु एड्भेन्चर प्याराग्लाइडिङ प्रालिको प्राविधिक सहयोगमा परीक्षण उडान गरिएको हो। परीक्षण सफल भएपछि अब केही समयभित्रै बुटवलमा व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु गरिने अध्यक्ष थापाले बताए। बुटवलमा प्याराग्लाइडिङ सञ्चालनमा आएपछि यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ। ...
बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलबुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति दुई दिन सारिएको छ। सोमबार बसेको संघको कार्यसमिति बैठकले संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशन असोज २३ गतेदेखि २६ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। यसअघि साधारण सभा तथा अधिवेशन असोज २१ गतेदेखि २३ गतेसम्म गर्नेगरी मिति तय गरिएको थियो। साधारण सभा तथा अधिवेशनको तयारी, कार्यालयबाट गर्नुपर्ने कामको व्यवस्थापनलगायतका कारण पूर्वनिर्धारित मितिमा सामान्य हेरफेर गर्नुपरेको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए। संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले साधारण सभा तथा अधिवेशनको मिति परिवर्तन गर्नुका साथै सदस्यता नवीकरणका लागि पनि दुई दिन समय थप गर्ने निर्णय गरेको छ। अधिवेशनको मिति दुई दिन पर सारिएसँगै सदस्यता नवीकरणको समय पनि दुई दिन थप गरिएको हो। यसअघि सदस्यता नवीकरणका ला...