दुई दशकपछि गुल्मी ट्राफिकको सेवा आफ्नै भवनबाट
गुल्मीजिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले स्थापना भएको दुई दशकपछि आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय २०६३ सालदेखि विभिन्न सरकारी तथा व्यक्तिगत घरहरु भाडामा लिएर बस्दै आएकाे थियो । अहिले बालमन्दिर र बुढाथोकी बसपार्कको बिचमा आफ्नै भवन निर्माण भएपनि असोज १४ बाट कार्यालय सञ्चालन भएको ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
रेसुङ्गा नगरपालिका, लुम्बिनी प्रदेश सरकार र सङ्घीय बजेटमार्फत ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण भएको हो । तीन तहबाट बजेट व्यावस्थापन गरेर भवन निर्माण गर्दा कामले सोँचे अनुसारको गति लिएको छैन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख ट्राफिक प्रहरी नायब निरीक्षक ज्ञानबहादुर कुँवरका अनुसार अहिले तल्लो भवनको एउटा कोठाबाट कार्यालय सञ्चालनको काम मात्रै भएको छ । भवनको रङ्गरोगन, कम्पाउण्ड र फिनिसिङ्गको काम अझै बाँकी छ ।
...








