रुपन्देहीको तिलोत्तमामा नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिसहितको अल्ट्रासाउण्ड सेवा सुरु
बुटवलरुपन्देहीको तिलोत्तमामा नेपालमै पहिलोपटक आधुनिक प्रविधिसहितको अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । डाक्टर राजेन्द्र खनालले नेपालमै पहिलोपटक तिलोत्तमाको, वडा नं ३ ड्राइभर टोलमा निदान अल्ट्रासाउन्ड डाइनेस्टीक एण्ड रिसर्च सेन्टर प्रालि अत्याधुनिक मेसिनसहितको अल्ट्रासाउन्ड सेवा संचालनमा ल्याएका हुन् ।‘आफूले जानेको क्षेत्रमा परिष्कृत प्रविधिबाट खासगरी मातृ शिशु रक्षाको लागि पेटभित्रै भएको बच्चाको स्वास्थ्य कस्तो छ, समग्र रूपमा महिलाको प्रजनन् स्वास्थ्यको अवस्था बुझ्न सामसुङ हेर जीको प्रयोग गर्न खोजिएको हो।’उनले भने ।
अत्याधुनिक फाइभ डी अल्ट्रासाउन्ड मेसिनको प्रयोग नेपालमा पहिलो पटक भएको उनको भनाइ रहेको छ । ‘यो नयाँ प्रविधिको अत्याधुनिक मेशिन हो, मलाई सूचना भएसम्म यो तहको मेशिन नेपालमै पहिलो हो’ उनले भने ।लामो समय सरकारी स्वास्थ्य सेवामा काम गरेका उनले बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा...








