बुटवलमा २४ दिने महामेला सुरु, मेलाले बजार चलायमान बनाउने अपेक्षा ,
बुटवल । बुटवल–११ देवीनगरस्थित रंगशालामा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित २४ दिने महामेला सुरु भएको छ। आइतबार साँझ आयोजित उद्घाटन समारोहमा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय ले मेलाको औपचारिक उद्घाटन गरेका हुन्।उद्घाटन कार्यक्रममा बोल्दै मेयर पाण्डेयले बुटवलको बजारलाई चलायमान बनाउन यस्ता मेला–महोत्सवहरू निरन्तर आयोजना हुन आवश्यक रहेको बताए। उनले मेला सञ्चालन गर्दा उपभोक्ताको हित र सुरक्षालाई प्राथमिकतामा राख्न आयोजकलाई आग्रह गर्दै उपमहानगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए।महामेलाको आयोजना फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालि ले गरेको हो। आयोजक कम्पनीका अध्यक्ष गोबिन्द भुसाल का अनुसार चैत १ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने मेलाको मुख्य उद्देश्य बुटवलको व्यापार–व्यवसायलाई चलायमान बनाउनुका साथै दर्शकलाई मनोरञ्जन प्रदान गर्नु रहेको छ।महामेलामा दैनिक र...








