भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको आन्दोलनप्रति रुपन्देहीका १२ राजनीतिक दलहरुको एक्यवद्धता


बुटवल
सरकारले बिना विकल्प घरटहरा भत्काएर आफुहरुमाथी अमानवीय व्यवहार गरेको भन्दै भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले गरेको आन्दोलन प्रति रुपन्देहीका राजनीतिक दलहरूले एक्यवद्धता जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी माथि गरेको अमानवीय व्यवहारप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रुपन्देहीमा क्रियाशील १२ वटा राजनीतिक दलहरुले उनीहरुको आन्दोलनप्रति सामुहिक एक्यवद्धता जनाएका हुन्।
मंगलबार बसेको राजनीतिक दलहरुको संयुक्त बैठकले भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि  सरकारको दमनकारी प्रवृतिको विरुद्ध सामुहिक रुपमा लाग्ने निर्णय गरेको हो।
राजनीतिक दलहरुको संयुक्त बैठकपछि जारी गरिएको विज्ञप्तीमा सरकारले भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधान नखोजी एकाएक उनीहरूको घरबस्तीमा डोजर चलाउने, जर्बजस्ती दमन गर्ने, शारीरिक तथा मानसिक यातना दिने एवं संविधान प्रद्धत बाँच्न पाउने मौलिक अधिकारबाट बञ्चित गर्ने काम गरेको उल्लेख छ।
नेपाली जनतालाई सुशासन, शान्ति र सुरक्षित भविष्य दिने भन्दै चुनावका बेला ठूलो आश्वासन दिएर सत्तारुढ भएको झन्डै दुई तिहाई बहुमत प्राप्त सरकारले भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधान नखोजी एकाएक उनीहरूको घरबस्तीमा डोजर चलाउने, जर्बजस्ती दमन गर्ने, शारीरिक तथा मानसिक यातना दिने एवं संविधान प्रद्धत बाँच्न पाउने मौलिक अधिकारबाट नागरिकलाई बञ्चित गर्ने अमानवीय कार्यको घोर भर्सना गर्दछौं, विज्ञप्तीमा उल्लेख छ।
उक्त विज्ञप्तीमा नेपाली काग्रेसका सभापति रामकृष्ण खाँड, नेकपा एमालेका अध्यक्ष यज्ञ गैरे, नेपाली कम्युनिष्ट पार्टीका निर्मल जिसी, श्रम संस्कृति पार्टीका छविलाल गुरुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद श्रेष्ठ, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका लक्ष्मीकान्त पौडेल, नेकपा माओवादीका शरद वली, नेकपा बहुमतका रेखा खनाल, नेकपा (मसाल) का लालचन्द पन्त, राष्ट्रिय जनमोर्चाका इन्दिरा ज्ञवाली, प्रगतिशील लोकतान्त्रिक पार्टीका कृष्णकुमार बञ्जाडे र नेकपा संयुक्तका भिमबहादुर क्षेत्रीले एक्यवद्धता जनाउँदै हस्ताक्षर गरेका छन्।

छुटाउनुभयो कि ?

तिलोत्तमा महोत्सवमा सुरक्षा : प्रहरीदेखि सिसिटिभीको सूक्ष्म निगरानी

तिलोत्तमा महोत्सवमा सुरक्षा : प्रहरीदेखि सिसिटिभीको सूक्ष्म निगरानी

रुपन्देहीरुपन्देहीको तिलोत्तमामा सञ्चालित राष्ट्रिय औद्योगिक व्यापार मेलामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ । मेलामा ...
हिमतालको जोखिमबाट जोगाउन ५० मिलियन डलरको परियोजना

हिमतालको जोखिमबाट जोगाउन ५० मिलियन डलरको परियोजना

काठमाडौँहिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको संरक्षण गर्ने उद्देश्य...
तिलोत्तमाको बाउन्नकोटी सिद्धधाममा ब्रह्मवैवर्त पुराण तथा धनधान्यान्चल महायज्ञ हुदै

तिलोत्तमाको बाउन्नकोटी सिद्धधाममा ब्रह्मवैवर्त पुराण तथा धनधान्यान्चल महायज्ञ हुदै

रुपन्देहीरुपन्देहीको तिलोत्तमा वडानं १४ स्थित बाउन्नकोटी सिद्धधाममा ब्रह्मवैवर्त पुराण सप्ताह तथा धन-धान्यान्चल ज्ञान महायज्ञ...
न्यू होराइजन ३७औं वर्ष प्रवेशसंगै   ३३औं प्रदेश स्तरीय हाजिरीजवाफको आयोजना

न्यू होराइजन ३७औं वर्ष प्रवेशसंगै ३३औं प्रदेश स्तरीय हाजिरीजवाफको आयोजना

बुटवलन्यु होराइजन इङ्लिस बोर्डिङ स्कुलले विद्यालयको ३७औं बार्षिक उत्सवको अवसरमा ३३ औं प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता आय...