बुटवलमा भुमिहिन,सुकुम्वासी,अव्यवस्थित बसोबासीको प्रदर्शन


बुटवल
भुमिहिन,सुकुम्वासी,अव्यवस्थित बसोबासीले बुटवलमा प्रदर्शन गरेका छन् । बुटवलको चौराहाबाट सुरु भएको विरोध प्रदर्शन ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको हो ।
बुटवलका देवीनगर, बुद्धनगर, मजुवा, रानीगन्जलगायतका एक दर्जन स्थानका अव्यवस्थित बस्तीका झण्डै १ सय टोल विकास संस्थामा आबद्ध भएका सुकुम्बासी र अव्यवस्थित बसोवासीले प्रदर्शन गरेका हुन् ।
नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवास संघर्ष समितिको आयोजनामा प्रदर्शन सुरु भएको हो । प्ले कार्ड र ब्यानरसहित प्रदर्शनमा उत्रिएका सुकुमवासीले डोजर आतंक बन्द गर्न माग गरेका छन् ।


पर्दशनमा वोल्दै संघर्ष समिति रुपन्देहीका संयोजक खगेन्द्र पौडेल, सल्लाहकार विरेन्द्र विक,सदस्यहरु विरमान लामा , राजु शाहि,राजकुमार भट्टराईलगायतले वोल्दै प्रधानमन्त्री वालेन शाह नेतृत्वको सरकारले अव्यवस्थित वसोबासीहरुको भोट लिएर सरकारमा जाने र तिनैको उठीबास गराउने तानाशाही प्रबृत्ति स्वीकार गर्न नसकिने वताएका छन्।
उनिहरुले यदि अव्यवस्थित वसोबासी अवैध भए उनिहरूको भोट पाएर वनेको सरकार कसरी वैध हुन्छ जवाफ चाहियो भनि प्रश्न गरेका छन्।
आफ्नो घरवासमा डोजर लगाए आफुहरुले पनि वालेन सरकारको घरवास नछाड्ने चेतावनी दिएका छन्।
पर्दशनमा हजारौंको संख्यामा अव्यवस्थित वसोबासीको सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?

व्यापार संघको वार्षिक साधारणसभा सम्पन्न,देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको वक्ताहरुको गुनासो

व्यापार संघको वार्षिक साधारणसभा सम्पन्न,देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको वक्ताहरुको गुनासो

बुटवलनेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको बताएक...
चीनको दबाबबीच अमेरिकाले ताइवानलाई पठायो दुइटा एफ–१६भी लडाकु विमान

चीनको दबाबबीच अमेरिकाले ताइवानलाई पठायो दुइटा एफ–१६भी लडाकु विमान

काठमाडौंचीनसँग बढ्दो सैन्य तनावबीच अमेरिकाले ताइवानलाई उपलब्ध गराउन लागेको ६६ वटा एफ–१६भी ब्लक ७० लडाकु विमानमध्ये पहिलो दुईव...
चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं: प्रधानमन्त्री कार्यालय

चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं: प्रधानमन्त्री कार्यालय

काठमाडौंनजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा ...
लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमै ७४१ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालमा गएको भाद्र महिनामा नियमित...