नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम
बुटवलनेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । १४औं नमराज–दिलिप स्मृति दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशका सह–इन्चार्ज नारायणप्रसाद भण्डारीले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले एक पोका रगतले पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै उनले रक्तदान जस्तो पवित्र कार्यक्रमको आयोजना गर्ने संगठनप्रति विशेष आभार प्रकट गरे । पेशाकर्मीको हकहितका लागि संगठन स्थापना भएको उल्लेख गर्दै उनले यसलाई अझ सशक्त बनाएर जैजानुपर्ने धारणा राखे । उनले यस्ता रचनात्मक कार्यक्रमहरू निरन्तर गरिरहन संगठनलाई सुझाव दिए ।कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज प्रेमप्रसाद खनालले नयाँ बन्ने सरकारले संघीय निजामती ऐन ल्याउने वि...








