अब्बल शैक्षिक संस्था बुटवलको ‘दीप बोर्डिङ हाई स्कुल’


बुटवल
अब्बल शैक्षिक संस्था बुटवलको दीप बोर्डिङ हाई स्कूल २०३७ सालमा स्थापना भएको लुम्बिनी प्रदेशको एक अग्रणी संस्थाका रुपमा स्थापित पुरानो शैक्षिक संस्था हो । आफ्नो झण्डै आधा सताब्दीको यो यात्रामा हजारौ हजार विद्यार्थीलाई दीक्षित मात्र बनाएर उनीहरुलाई भविष्यको उज्यालो शैक्षिक प्रकाश दिन सफल पनि भएको छ । धेरै विद्यार्थीको रोजाइका रुपमा स्थापित भएको विद्यालयले आफ्नो ४५औँ वार्षिकोत्सव समेत मनाई सकेको छ । रुपन्देहीको मुख्य केन्द्रविन्दु बुटवल र बुटवलको मुटु सुख्खानगरमा स्थापना भएको विद्यालय आफैमा मात्र उज्यालो छैन, धेरै अभिभावक र तिनका बालबालिका (विद्यार्थी) हरुको उज्ज्वल भविष्यको मार्गदर्शकका रुपमा स्थापित यस क्षेत्रकै पुरानो शैक्षिक संस्था हो ।
यसवर्षमात्र यस विद्यालयको पुर्वप्राथमिक तहदेखि १२ कक्षासम्म दुई हजार छ सयबढी विद्यार्थीहरुले अध्ययन गर्दै आइ रहेका छन् ।
अहिले दीपको कक्षा ११ र १२ का दुई कक्षामा विज्ञानतर्फ बायोलोजी र कम्प्युटर साईन्स, र ब्यवस्थापनतर्फ फाइनान्स र होटल ब्यवस्थापनतर्फ गरी ५ सय ६० हरुले अध्ययन गरि रहेका छन् । विद्यालयमा आकर्षक ल्याव, प्रयोगशाला, ब्यवस्थित कक्षाकोठा, असल र दक्ष शिक्षक/कर्मचारी छन् ।

विद्यार्थीको रोजाइ र गन्तब्यका रुपमा उदाएको दीपले धेरै विद्यार्थीहरुलाई दीक्षित र आफ्नो उज्यालोले धेरै विद्यार्थीको भविष्यलाई उज्ज्वल पारेको छ । धेरैकुरामा जान्ने बनाउन विद्यार्थीहरुलाई प्रविधि र संस्कारयुक्त शिक्षा, सीप, गरीखाने बनाउनकालागि त्यसैलाई प्राथमिकता दिदैँ शैक्षिक गुणस्तरलाई अझै वृद्धि गर्दै लैजाने योजनाकासाथमा गएको वर्षदेखि दीपले काठमाण्डौ युनिभर्सिटी (केयु) सँग गुणस्तरीय शिक्षा अभिवृद्धिकालागि तीन वर्षकालागि सहकार्य गरेको छ । केयुको मातहतमा शैक्षिक प्रमुख नियुक्त गरेर गुणस्तरीय शैक्षिक गतिविधिलाई अगाडि बढाएको छ । स्थापनादेखिनै शैक्षिक तथा अन्य क्रियाकलापमा आफुलाई अब्बल राख्दै आएको विद्यालयले २०४४ सालदेखि एसएलसीमा विद्यार्थीहरुलाई सहभागि बनाउन सुरु गरेको इतिहास छ । पहिले एसएलसी र पछिको एसईई परीक्षामा सत्प्रतिशत नतिजा दिदै आएको दीपले प्लस टु का विभिन्न संकायमा अध्ययन गरेका दुई हजारबढी विद्यार्थीहरु उत्तीर्ण भएर विभिन्न उच्च तहका पदमा कार्य सम्पादन गरि रहेका छन् ।
२०७२ सालदेखि ११ र १२ का कक्षा संचालनको शुरुवात गरेको दीपले एउटै परीक्षाबाट २०८० सालमा एकैवर्ष प्लसटुमा २ सय ३२ र २०८० मा १८० जना विद्यार्थीलाई उत्कृष्ट नतिजा सहित उत्तीर्ण गराउन सफल भएको छ । २०८२ सालमा प्लस टुमा ३ दशमलव ९६ जीपीए ल्याएर सञ्जोग राजभण्डारी नेपाल प्रथम र उत्सवराज भट्टराईले ३ दशमलव ९५ अंक ल्याएर नेपाल द्वितीय भएका हुन् ।
यस्तै २०८२ सालको एसईई परीक्षामा विद्यालयका ७ जना विद्यार्थीले ४.० जीपीए ल्याएका छन् । विद्यार्थी आशिका पाण्डे, बृशिका थापा क्षेत्री, दिम्पी केशरी, साहिल मण्डल, साम्पारन के.सी., सोमिन पिया र रिजन पोखरेलले गएको एसईई परीक्षामा चार जीपीए ल्याएभने विद्यालयले १३४ जना विद्यार्थीलाई परीक्षामा उत्तीर्ण गराई सत् प्रतिशत नतीजा हासिल गरेको छ ।

एसएलसी र एसईईमा सर्वाेत्कृष्ट नतिजा ल्याउदै आएको विद्यालयबाट अध्ययन गरी एसएलसी र एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुले आईओएम, आईओई लगायत विभिन्न प्राविधिक विषयमा समेत पुर्ण छात्रवृत्ति हासिल गरेका छन् ।


दिप वोर्डिङ हाई स्कूल बाट अध्ययन पुरा गरेका विद्यार्थीहरु राजनितिज्ञ, वैज्ञानिक,डाक्टर , इन्जिनियर, शिक्षक,उद्यम, निजी तथा निजामति सेवामा उच्च तहमा कार्यरत रहेका छन् , हरेक क्षेत्र, विधामा सफलता हासिल गरेको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले जानकारी दिए । उनले भने” विद्यालयको गरिमा उच्च भएको छ भने यहाँ अध्ययन गरेका विद्यार्थीहरुले गुणस्तरीय र राम्रो शिक्षा पाएर उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएर माथिल्ला कक्षामा अध्ययन गर्न उनीहरुलाई सहज भएको छ । “

छुटाउनुभयो कि ?

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

काठमाडौँनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलि...
बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलउच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रुपन्देह...
प्रधानमन्त्री मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

प्रधानमन्त्री मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाह बालेनको पहिलो औपचारिक विदेश भ्रमण भारत हुने भएको छ । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भ...
४ दशमलव ८२ अंकले घट्यो सेयर कारोबार

४ दशमलव ८२ अंकले घट्यो सेयर कारोबार

काठमाडौंधितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४ दशमलव ८२ अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स...