ट्राफिक कार्यालय बुटवलले सार्वजनिक गर्यो, आन्दोलन र निर्बाचनका वावजुत पनि प्रगतिको विवरण


बुटवल
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले आर्थिक वर्ष २०८२ साउन देखि ८३को
वैशाख सम्मका कामको विवरण सार्वजनिक गरेको छ।
बुधबार बुटवलमा पत्रकार भेटघाट कार्यक्रम मार्फत कार्यविवरण सार्वजनिक गरिएको हो।
कार्यक्रममा वोल्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन, निर्वाचन लगायतका काममा केन्द्रित हुनु परेकोले चाहेजति काम गर्न नसकेको बताउँदै लुम्बनी प्रदेशभर चालुआ.व. २०८२/०८३ वैसाख सम्ममा स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाली संचालन गरेका ५ सय ७२ वटा मोटरसाइकल हरुलाई नियन्त्रणमा लिई थप कारवाहीको लगी यातायात व्यवस्था कार्यालय पठाई ४७ लाख ५८ हजार राजस्व संकलन गरेको
जानकारी दिएका छन्।


चालुआ.व. २०८२।०८३ को हालसम्ममा ओभरलोड रहेका २४हजार २ सय ६६ वटा सवारी साधनहरुबाट ४ करोड १८ लाख२६ हजार ५ सय जरिवाना वापत रकम संकलन गरेको छ।
१ हजार ४सय ४९ वटा ओभरलोड बोकेका सवारी साधन यातायात व्यवस्था कार्यालय पठाईएको र त्यसवापत १ करोड ४३ लाख७० हजार ८सय जरिवाना गराएको उनले बताए।
उनका अनुसार लुम्बिनी प्रदेश अन्तर्गतका ला.प.से. सेवन गरी चलाउने ३९ जना चालकलाई कार्वाहि गरिएको छ। मा.प.से. गरि सवारी साधन चलाएका ४हजार ७ सय ७५ चालकलाई कारवाही गरिएको छ।
आफुखुसी थप सिट मुडा राखि चलाएका ५ सय ८३ वटा सवारी साधनहरुलाई कारवाही गरीएकोछ।
सार्वजनिक तथा निजी सवारीमा आफुखुसी जडान गरेका लाईट ७ सय २३ लाई हटाउन लगाएको छ।
नियम विपरीत जडान गरीएका ८२ वटा सवारी साधनहरुको हुड (छत) हटाईएको छ।
प्रयोजन बिपरीत रातो नम्बर लेटका सवारी साधनले यात्रु बोकेको पाईएको दा थप कार्वाहीको लागि
८ सय ६७ सवारी साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाईएको छ भने १ हजार ५वटा नम्बर प्लेट सुधार गरिएको छ।


लामो समयसम्म नबिकरण नगरी चलाएका १७०सवारी साधन नियन्त्रणमा लिई यातायात व्यवस्था कार्यालय पठाईएको र १५ लाख भन्दा वढी राजस्व संकलन गरेको छ।
यातायात व्यवस्था कार्यालयका प्राविधिक र ट्राफिक प्रहरीको संयूक्त टोलिले सवारी साधनको
इन्जिन तथा मेकािनकल चेकजाँच गराएको जसमा ६२ सवारी साधन नियन्त्रणमा लिईएको जनाएको छ।
विवरण अनुसार २०८१/०८२ मा २ हजार ५ सय २९ रहेको थियो भने २०८२/०८३ मा बढेर ४ हजार ४ सय ८८
पुगेको छ।
मृत्यु हुनेको संख्या ४ सय २४ बाट बढेर ४ सय ९३
पुगेको छ।
घाईते संख्या ४ हजार १ सय ५४ बाट बढेर ७ हजार ५ सय ८
पुगेको छ।
कारवाहीमा १ लाख ३९ हजार १२ बाट घटेर ९४ हजार ८ सय ४१ मा पुगेको छ। प्रहरी कार्यालयले सार्वजनिक गरेको
विवरण अनुसार सवारी चालकको कारण तीब्र गति २ हजार ९ सय ५१
,मा.प.से. ५ सय ६६, निद्रा र थकान ३ जना, मोबाईल फोन प्रयोग १
जना,अनावस्यक ओभरटेक १७,लेन अनशुासन उलंघन ३, चालकको असक्षमता ४ सय ९०, अन्य लापरबाही १सय २
लाई कार्वाही गरिएको जानकारी दिएको छ।
कार्यालयले कारवाही बाट तिब्र गतिमा १० लाख १७ हजार मा.प.से. बाट २५ लाख ६४ हजार ,ला.प.से. ३९ जनालाई चलाईएको, गलत स्थानमा पार्किङ बाट २६ लाख ५२ हजार ५ सय, रातो बत्ती र इसारा उलघंन ४ हजार २ सय ६२ बाट २२ लाख २२ हजार ,लेन अनशुासन उलंघन १ हजार २ सय ६१ बाट ६ लाख ७६ हजार,चालकको असक्षमता ६ हजार ५ सय ६९ जनाबाट १ करोड ३१ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

छुटाउनुभयो कि ?

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

अर्घाखाँचीलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपम...
चीनद्वारा दुईवटा बेली पुल हस्तान्तरण

चीनद्वारा दुईवटा बेली पुल हस्तान्तरण

काठमाडौंचीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकारले बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई दुईवटा बेली पुलका लागि आवश्य...
पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

काठमाडौँनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलि...
बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलउच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रुपन्देह...