सुकुम्बासी आन्दोलन चर्किँदै : जेष्ठ ३ गते बुटवलमा बृहत प्रदर्शनसहित राष्ट्रिय सम्मेलनको तयारी


बुटवल
देशभर सरकारले डोजर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी, भूमिहिन सुकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीले आन्दोलनलाई थप चर्काउने भएका छन् । काठमाडौंसहित देशका विभिन्न ठाउँमा सरकारले डोजर लगाएर सुकुम्बासी बस्ती खाली गर्न थालेपछि देशभरका सुकुम्बासीहरु एक भएर आन्दोलन गर्ने भएका हुन् ।
यसै बीच भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति रुपन्देहीले जेष्ठ ३ गते बुटवलमा आयोजना हुने विरोध प्रदर्शन तथा राष्ट्रिय सम्मेलनको बारेमा मँगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । राजमार्ग चौराहबाट ३० हजार बढीको उपस्थितीमा र्यालीसहित ट्राफिक चोकमा पुगेर कोणसभाको आयोजना गरिने संघर्ष समितिका संयाजक खगेन्द्र पौडेलले जानकारी दिए । उक्त प्रदर्शनमा देशका विभिन्न जिल्लाबाट सहभागी हुने प्रतिनिधि तथा रुपन्देहीका १६ वटै स्थानीय पालिकाहरुबाट उपस्थिती रहने उनले बताए ।
संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले जेष्ठ ३ गते आयोजना हुने वृहत प्रदर्शनपछि बुटवलमै राष्ट्रिय सम्मेलनको आयोजना गरी देशव्यापी रुपमा गरिने आन्दोलनको प्रारुप तयार पारिने बताए । राष्ट्रिय सम्मेलनका लागि हालसम्म २२ वटा जिल्लाका प्रतिनिधिहरु सम्पर्कमा आइसकेको र अन्य जिल्लाहरुबाट समेत प्रतिनिधिहरु आउने तयारीमा रहेको उनले बताए । राष्ट्रिय सम्मेलनका लागि विभिन्न उपसमितिहरु गठन गरी तयारी अन्तिम चरणमा पुगेको संघर्ष समितिले जनाएको छ ।
विघठित भूमि आयोगका अनुसार रुपन्देहीमा ७९ हजार बढी घर परिवारले भूमिहिन सकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीका रुपमा नाम दर्ता गराएका थिए । यसैगरी ५२ हजार घर परिवारको जग्गा नापजाँच सम्पन्न भएको छ ।
वर्तमान सरकारले आयोग नै खारेज गरेपछि लालपूर्जा वितरणको काम रोकिएको तत्कालिन आयोगका रुपन्देही अध्यक्ष कुमार थापा मगरले बताए । उनका अनुसार रुपन्देहीमा सुकुम्बासीहरुको संख्या मुलुकमै दोस्रो स्थानमा रहेको छ ।

छुटाउनुभयो कि ?

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

अर्घाखाँचीलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपम...
चीनद्वारा दुईवटा बेली पुल हस्तान्तरण

चीनद्वारा दुईवटा बेली पुल हस्तान्तरण

काठमाडौंचीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकारले बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई दुईवटा बेली पुलका लागि आवश्य...
पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

काठमाडौँनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलि...
बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलउच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रुपन्देह...