बुटवल कान्ति माविमा व्यवस्थापन समिति चयनकाे निर्वाचन सम्पन्न, मतगणना जारी
बुटवल
सहमति नजुटेपछि बुटवलको कान्ति मावि व्यवस्थापन समितिको शनिबार निर्वाचन भएको छ। चार सदस्यीय पदका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको हो। २०८१ वैशाख पहिलो साता नै व्यवस्थापन समितिको समय सकिए पनि शनिबार निर्वाचन भएको हो।
नगर शिक्षा ऐन २०७४ अनुसार विद्यालय व्यवस्थपन समितिको समय सकिन एक महिना अगाडि नै प्रक्रिया शुरु गर्नुपर्ने भनिए पनि सहमति नहुंदा १५ महिनापछि अन्ततः निर्वाचनबाटै व्यवस्थापन समिति गठन हुन लागेको हो।
३ हजार ९ सय ७७ जना मतदाता रहेकोमा १२ सयमात्रै मत खसेको छ। ५ हजार ७ सय विद्यार्थी रहेको विद्यालयमा एक अभिभावकले एक मताधिकार पाउने गरी निर्वाचन गराइएको निर्वाचन अधिकृत झविन्द्र भुसालले बताए। उनका अनुसार खुल्लातर्फ २ सदस्यका लागि ९ जना र २ महिला सदस्यका लागि ७ जनाको उम्मेद्वारी रहेको छ।
गत वैशाखमा समय सकिएलगत्तै अभिभावक भेला गराएर व्यवस्थापन समिति गठन गर्न खोजिए पन...








