स्थानीय

सहिद बेपत्ता स्मृति प्रतिष्ठानको आयोजनामा बुटवलमा बृहत् सरसफाइ अभियान

सहिद बेपत्ता स्मृति प्रतिष्ठानको आयोजनामा बुटवलमा बृहत् सरसफाइ अभियान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
विनोद खनालबुटवल‘स्वच्छ बुटवल–हरित बुटवल, ऐतिहासिक बुटवल–पर्यटकीय बुटवल’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको बुटवल बृहत् सरसफाइ अभियान–२०८२ दोस्रो दिन शुक्रबार पनि व्यापक सहभागिताका साथ सम्पन्न भएको छ।पौष १८ गते बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले अभियानको औपचारिक उद्घाटन गरेका थिए। सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपाल, रुपन्देहीको आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन भइरहेको अभियान अन्तर्गत आज दोस्रो दिनको सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो।दोस्रो दिनको कार्यक्रम अक्सफोर्ड माध्यमिक विद्यालय, बुटवलका प्रधानाध्यापक दिनेश भुसालको संयोजकत्वमा सुरु गरिएको हो। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पाण्डेले बुटवललाई स्वच्छ, हरित र सुन्दर सहर बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर...
लगानीको सुरक्षा राज्यको जिम्मेवारी होः मुख्यमन्त्री आचार्य

लगानीको सुरक्षा राज्यको जिम्मेवारी होः मुख्यमन्त्री आचार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायमैत्री वातावरण बनाउने जिम्मेवारी राज्यको भएको बताउनुभएको छ । भदौ २४ गते आन्दोलनको नाममा उद्योग, व्यवसाय तथा होटलहरूमा आगजनी गरी व्यवसायीको मनोबल गिराएको घटनाले प्रदेशको व्यावसायिक वातावरण समेत प्रभावित बनेको भन्दै उहाँले यसमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभएको हो । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको ९ औं वार्षिक साधारणसभाको बिहिवार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले शान्ति सुरक्षा र लगानीको संरक्षण व्यवसायिक वातावरणको आधार भएको बताउनुभयो । ‘नियतवश होटल, क्याटरिङ व्यवसाय, उद्योग तथा पसलहरूमा आगो लगाइयो । यस्तो अपराध गर्नेलाई अविलम्ब कारबाही गर्नैपर्छ’उहाँले भन्नुभयो,‘लगानीको सुरक्षा राज्यको जिम्मेवारी हो । राज्य कमजोर हुन हुँदैन ।’उहाँका अनुसार र...
अपाङ्ग कलस्टरबाट उम्मेदवारी दिएका घिमिरेविरुद्ध उजुरी

अपाङ्ग कलस्टरबाट उम्मेदवारी दिएका घिमिरेविरुद्ध उजुरी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलआउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट उम्मेदवारी दिएका बासुदेव घिमिरे जङ्गलीको उम्मेदवारीमाथि उजुरी परेको छ । कांग्रेस–एमाले गठबन्धनको तर्फबाट अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएका घिमिरे गैरअपाङ्ग भएको दाबी गर्दै उनको उम्मेदवारी खारेज गर्न माग गरिएको हो ।प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरका अनुसार नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएका सर्जन विकले उजुरी दर्ता गराएका हुन् । उनका अनुसार उजुरीमाथि छानबिन तथा कारबाही प्रक्रिया सुरु भइसकेको छ र यसको अन्तिम निर्णय अन्तिम नामावली सार्वजनिक हुँदा जानकारी गराइनेछ । अपाङ्गता क्लस्टरका उम्मेदवार घिमिरे ‘घ’ वर्गको अपाङ्गता भएको दाबी पारिवारिक स्रोतले गरेको छ । निर्वाचन कार्यालयले कानुनी प्रक्रिया अनुसार प्रमाणको अध्ययनपछि निर्णय लिने जनाएको छ ...
लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यको सपथ

लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यको सपथ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यले सपथ ग्रहण गर्नुभएको छ । नव नियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले बिहिवार प्रदेश प्रमुख कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, मुख्य न्यायाधिवक्ता यमलाल खनालको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारी समक्ष सपथ ग्रहण गर्नुभएको छ । यस्तै नव नियुक्त सदस्य ताराप्रसाद भुसालले नव नियुक्त लोक सेवा आयोगका अध्यक्ष हरिप्रसाद बस्याल समक्ष सपथ ग्रहण गर्नुभएको हो ।नेपालको संविधानको धारा २४४ तथा प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ३ बमोजिम नियुक्त आयोगका अध्यक्षले दफा ७ अनुसार कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष सपथ ग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनियुक्त अध्यक्ष बस्यालले सपथ ग्रहण...
१०औं देवदह महोत्सव सुरु, उद्घाटन र्यालीमा २२५ संघसंस्थाको सहभागिता

१०औं देवदह महोत्सव सुरु, उद्घाटन र्यालीमा २२५ संघसंस्थाको सहभागिता

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
देवदहदेवदहमा १० औं देवदह महोत्सव सुरु भएको छ । 'राष्ट्रिय स्वाधीनताको लागी राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागी राष्ट्रिय औद्योगिककरण तथा व्यापार विविधकरण' भन्ने मूल नारासहित उद्योग व्यापार संघ देवदहको आयोजना रहेको मेलाको एक कार्यक्रम बिच देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले बुधवार उद्घाटन गरे । , देवदह नगरपालिका, नेपाल उद्योग व्यापार महासंघ काठमाडौ र उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेशको सह-आयोजनामा बुधबारदेखी देवदह-९ स्थित प्रस्तावित मण्डपमा मेला सुरु भएको हो। महोत्सवको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले देवदहलाई पर्यटनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने उल्लेख गरे । 'देवदहको समृद्धिको आधार नै पर्यटन हो ।' नगर प्रमुख खरेलले भने, 'बुद्ध मावली स्थलको रुपमा रहेको देवदहमा रहेका ऐतिहासिक तथा पुरातात्त्विक क्ष...
मिग तथा टिग वेल्डिंग तालिमको बुटवलमा समापन

मिग तथा टिग वेल्डिंग तालिमको बुटवलमा समापन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, स्थानीय
बुटवलरुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल टेक्निकल इन्स्टिच्युटको आयोजनामा रूपन्देही आसपासका क्षेत्रमा मेकानिकल सँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि मङ्सिर२१ गतेदेखि सञ्चालन भएको २४ दिने (९६ घण्टे) मिगतथा टिग वेल्डिंग तालिमको बुटवलमा समापन गरिएको छ ।रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा सहभागीहरूलाई बधाई र शुभकामना व्यक्त गर्नुहुँदै, अहिलेको यो आधुनिक प्रविधिमा आधारित सिप आजको निर्माण क्षेत्रमा अत्यन्तै आवश्यक भएको बताउँदै, यस्तो सीपले युवाहरूलाई रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न ठूलो सहयोग पु¥याउने कुरा उल्लेख गर्नुभयो । रुपन्देही उद्योग संघले विभिन्न तालिम प्रदायक संस्थासँग सहकार्य गरेर विभिन्न विषयमा तालिमको आयोजना गर्दै आएको र यस कार्यक्रमले के...
बुटवलमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु

बुटवलमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा नियमित चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सहायक हवल्दार नागेश्वर पाल कारको ठक्करबाट मृत्यु भएका छन्। पश्चिम नवलपरासीबाट बुटवलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००३ च ००७७ नम्बरको कारले बुटवल रामनगरस्थित पूर्व–पश्चिम राजमार्गको धागो कारखानानजिकै चेकजाँच खटिएका प्रहरीलाई ठक्कर दिएको थियो।प्रहरीका अनुसार तीव्र गतिमा आएको कारले दुई ट्राफिक प्रहरीमध्ये पाललाई मध्य सडकमै ठक्कर दिएको थियो। उनको तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। घटनापछि चालक, रेसुंगा नगरपालिका–२, तम्घास, गुल्मी का ५६ वर्षीय जितेन्द्रसिंह थापा, र कार नियन्त्रणमा लिइएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्र रानाका अनुसार कारको तीव्र गति नै दुर्घटनाको मुख्य कारण भएको र थप अनुसन्धान जारी रहेको छ। ...
जेष्ठ नागरिकको स्वास्थ्य जाँच्न बुटवलका घरदैलोमा शिविर

जेष्ठ नागरिकको स्वास्थ्य जाँच्न बुटवलका घरदैलोमा शिविर

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा जेष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण र उपचारको उदेश्य सहित बाआमासँग नगरप्रमुख कार्यक्रम सञ्चालित छ। २०८० माघमा बुटवलमा शुरु भएको बाआमासँग नगरप्रमुख कार्यक्रमअन्तरगत चालु आर्थिक वर्षमा समेत निरन्तर छ।ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनका अनुसार बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन तय गरेका योजनाहरु कार्यान्वयन गरिएको हो।चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवद्र्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमितरूपमा सञ्चालन भइरहेको उनले बताए। उनले घरबाहिर निस्किन नसक्ने र फरक क्षमत...
एमाले र कांग्रेसले रुपन्देहीबाट सिफारिश गरेका यी हुन् उम्मेदवारहरु

एमाले र कांग्रेसले रुपन्देहीबाट सिफारिश गरेका यी हुन् उम्मेदवारहरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलआगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले रूपन्देहीबाट उम्मेदवारहरु सिफारिश गरेका छन्। रूपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस गरिएको छ।आइतबार बसेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले उपाध्यक्ष पौडेलको नाम एकल रूपमा सिफारिस गरेको हो। एमाले रूपन्देही प्रचार विभाग प्रमुख मीनप्रसाद पौडेलका अनुसार पार्टीभित्र कुनै मतभेद नदेखिएको र सबै तहबाट पौडेलको नाममा सहमति जुटेको हो।पौडेल २०५६ सालदेखि निरन्तर रूपमा यही क्षेत्रबाट चुनावी मैदानमा उत्रँदै आएका नेता हुन् । एमालेले रूपन्देहीका अन्य निर्वाचन क्षेत्रहरूमा पनि उम्मेदवार सिफारिस गरेको छ। क्षेत्र नम्बर ५ बाट केन्द्रीय सदस्य खिमलाल भट्टराईको नाम सर्वसम्मत रूपमा एकल स...
लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको पन्ध्रौ क्याम्पस सभा सम्पन्न

लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको पन्ध्रौ क्याम्पस सभा सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी वाणिज्य क्याम्पस बुटवलको पन्ध्रौ क्याम्पस सभा शनिबार सम्पन्न भएको छ । क्याम्पस सभाका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता रहेको क्याम्पस सभामा जिल्ला समन्वय समिति, रुपन्देहीका अध्यक्ष उमाकान्त चपाइँको प्रमुख आतिथ्यता, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको विशिष्ट आतिथ्यता, संस्थापक क्याम्पस प्रमुख महेश्वर प्रसाद श्रेष्ठको स्वागत मन्तव्य, क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायको सञ्चालन रहेको थियो । क्याम्पस सभामा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति, रुपन्देहीका अध्यक्ष एवं सभाका पदेन सदस्य उमाकान्त चपाइँले लुम्बिनी वाणिज्य क्याम्पस लुम्बिनी प्रदेशको मात्र नभई देशकै अग्रणी शैक्षिक धरोहर रहेको उल्लेख गर्दै व्यवस्थापन विषयमा विशिष्टिकृत यस क्याम्पस नेपालमै एकमात्र तेस्रोपटक क्यू.ए.ए. प्राप्त गर्ने क्याम्पस हुनु सबैको लागि गौरवको विषय र...