पूर्वानुमान कहिलेकाहीँ नमिल्न पनि सक्छ, तर मौसमी सूचनालाई गम्भीर रुपमा लिनुपर्छ
पानी पर्छ कि पर्दैन भन्ने कुरा माथिल्लो वायुमण्डलमा भइरहेका गतिविधिका आधारमा पूर्वानुमान गरिन्छ । तर त्यहाँको अवस्था कहिलेकाहीँ स्पष्ट नहुने भएकाले पूर्वानुमान कहिले मिल्छ कहिले नमिल्न सक्छ ।
त्यही वायुमण्डलीय गतिविधिको अध्ययनले कतिपय ठाउँको मौसम सटिक रूपमा अनुमान गर्न सकिन्छ भने कतिपय ठाउँमा त्यही आधार अपूरो हुन सक्छ । अहिलेको अवस्थासमेत त्यही हो ।
सटेलाइटबाट प्राप्त विभिन्न सूचनाका आधारमा मौसम पूर्वानुमान गरिन्छ । पूर्वानुमानमा थुप्रै सङ्केत (सूचक) प्रयोग गरिन्छ, जसमध्ये एउटा बादलको अवस्था पनि हो । बादल देखिएपछि त्यहाँ पानी पर्न सक्छ भन्ने अनुमान गरिन्छ । तर बादल देखिए पनि त्यो ठाउँमा वर्षा नहुन पनि सक्छ । त्यसैले पूर्वानुमान अनुमानमै आधारित हुने हुँदा कहिलेकाहीँ फरक पर्न सक्छ ।
मौसम पूर्वानुमान प्रणालीलाई कम विश्वसनीय भन्न मिल्दैन । तर जलवायु परिवर्तनका कारण मौसममा छिटो पर...








